स्विस बैंकमा पाँच अर्ब कालो धन लुकाउने ८ नेपालीको खोजी

काठमाण्डु टुडे २०७१ फागुन ३ गते ३:४० मा प्रकाशित

HSBC bankकाठमाण्डु, ३ फागुन– व्यवस्थापिका– संसदको अर्थ समितिले नेपालबाट कर छलेर स्विस बैंकमा लुकाइएको पाँच अर्ब ४० करोड रुपैयाँ कसको हो भन्नेबारे सरकारसँग जवाफ मागेको छ ।

जवाफका लागि समितिले अर्थमन्त्री रामशरण महत र राष्ट्रबैंकका गभर्नर युवराज खतिवडालाई बोलाएको छ । समितिको बैठक बिहान ११ बजेपछि सिंहदरबारमा बस्ने सभापति प्रकाश ज्वालाले जानकारी दिए ।

अन्तर्राष्ट्रिय पत्रकारको संस्था आइएफजेले हालै खुलासा गरेको प्रतिवेदनमा आठ नेपालीले स्विजरल्यान्डको एचएसबिसि बैकमा पॉंच अर्ब ४० करोड लुकाएको उल्लेख छ । तर प्रतिवेदनमा ती नेपाली को हुन् भन्ने खुलाइएको छैन ।

ज्वालाले सरकारले औपचारिक आग्रह गरे स्विजरल्याण्डले सो रकम फिर्ता पठाउन सक्ने बताए ।

बैठकमा विवादास्पद व्यापारी अजयराज सुमार्गीको नाममा विदेशबाट आएको स्रोत नखुलेको तीन अर्ब रुपैयाँका बारेमा समेत सरकारको धारणा माग गर्ने ज्वालाले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us