अर्थ

सहकारीको बचत ६ अर्बभन्दा बढी

२०७२ साउन २४ गते १४:२५

चितवन, २४ साउन-चितवनका सहकारी संस्थाले आव २०७१/७२ मा छ अर्ब पाँच करोड रकम बचत गरेका छन् ।   अघिल्लो आवभन्दा यो पटक जिल्लाका सहकारीले दुई अर्ब ३९ करोड बढी रकम बचत गर्न सफल भएका छन् । सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयका अनुसार आव २०७०/७१...

मुलुकभित्रै स्वरोजगार गराउन अनुदान

२०७२ साउन २४ गते १४:१९

भद्रपुर, २४ साउन-जिल्ला कृषि विकास कार्यालय झापाले गएको आवमा किसानलाई तीन करोड ७४ लाख ९९ हजार विभिन्न शीर्षकमा अनुदान वितरण गरेको छ ।   युवा जनशक्तिलाई कृषिमा आकर्षण गरेर मुलुकभित्रै स्वरोजगार गराउने उद्देश्यले सरकारले अनुदान रकम वितरण गरेको हो । कार्यालयका प्राविधिक सहायक शालिकराम...

नलसिंहगाड परियोजनाको परियोजना प्रतिवेदन निर्माण सुरु

२०७२ साउन २४ गते ११:२०

जाजरकोट, २४ साउन – उत्तरी पूर्व क्षेत्रमा अवस्थित नलसिंह गाड जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन निर्माण तयारी सुरु हुने भएको छ । आयोजना पहिचान भएको २७ वर्षपछि प्रतिवेदन निर्माणको काम सुरु हुने भएको आयोजनाका अध्यक्ष शेरबहादुर शाहीले जानकारी दिए । आयोजना विकास समितिले चालु...

गोरखा सङ्ग्रहालयमा आन्तरिक पर्यटक बढे

२०७२ साउन २३ गते १७:०१

गोरखाबजार, २३ साउन-गोरखा सदरमुकामको गोरखा सङ्ग्रहालय अवलोकन गर्ने पर्यटक बढेका छन् ।   गत आवको तुलनामा २० प्रतिशतले आन्तरिक पर्यटक बढेका हुन् । यस वर्ष ६३ हजार ६६ जनाले सङ्ग्रहालय अवलोकन गरेको सङ्ग्रहालय प्रमुख करुणा राईले जानकारी दिए ।   गत वर्ष ५६ हजार...

नेप्से छ अङ्कले बढ्यो

२०७२ साउन २३ गते १५:२९

काठमाण्डु, २३ साउन-साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ६.२२ अङ्कले बढेको छ । गत साता पहिलो दिनको तुलनामा २५.९७ अङ्कले घटेको थियो ।   सो साताको अन्तिम दिन परिसूचक १०४०.३६ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।   यस साता स्टक एक्सचेन्जमा १७२...

भूकम्पपीडितका लागि ल्याइएको दाल खानयोग्य

२०७२ साउन २३ गते १४:११

चितवन, २३ साउन-कैफियतको आशङ्कामा रत्ननगरमा सिल गरिएको ठूलो परिमाणको दाल खानयोग्य रहेको जिल्ला खाद्य निरीक्षण इकाई चितवनले जानकारी दिएको छ ।   भूकम्पपीडितका लागि विश्व खाद्य कार्यक्रम (डव्लुएफपी) ले ल्याएको दाल कैफियत रहेको आशङ्कामा नमुना परीक्षण गरिएको थियो । परीक्षणपछिको प्रतिवेदनले बजारमा पाइने भन्दा...

मालपोतको राजस्व दुई सय बहत्तर प्रतिशतले वृद्धि

२०७२ साउन २३ गते १४:०७

चितवन, २३ साउन-चितवनमा नगरपालिका थप भएसँगै मालपोत कार्यालयमा सङ्कलन हुने राजस्वमा वृद्धि भएको छ ।   कार्यालयले दिएको जानकारीअनुसार गत आवमा घरजग्गा दर्ता दस्तुरबाट करिब १६ करोड ४८ लाख लक्ष्य लिएकोमा करिब ४४ करोड ८० लाख सङ्कलन भएको छ । त्यो लक्ष्यको २७१.७४ प्रतिशत...

जग्गाधनीलाई ६२ करोड मुआब्जा वितरण

२०७२ साउन २२ गते १७:३३

पोखरा, २२ साउन- पोखराको छिनेडाँडामा निर्माण गर्न लागिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि जग्गाधनीलाई आजसम्म करिब ६२ करोड मुआब्जा वितरण गरिसकिएको छ ।   पहिलो र दोस्रो चरणमा गरी अहिलेसम्म १४५ जना जग्गाधनीलाई मुआब्जा वितरण गरिएको हो । पहिलो चरणमा ८० रोपनी जग्गाको मुआब्जा वितरणका...

वन जोगाएर वार्षिक दश लाख आम्दानी

२०७२ साउन २२ गते १६:५५

मोरङ, २२ साउन-मोरङको पथरी शनिश्चरे नगरपालिकामा रहेको हरियाली सामुदायिक वन उपभोक्ता समूहले वनभित्रै नयाँ वनस्पति रोपेर फाइदा लिइरहेका छन् ।   आम्दानीको नयाँ बाटो पहिल्याउँदै वन उपभोक्ता समूहले वनमा बाँस, अम्लिसो, मरिच र तेजपात लगाएका छन् । यस्तै, जडीबुटीको रुपमा प्रयोग गरिने काउलोको समेत...

प्यूठानमा पहिलोपटक पानी उद्योग सुरु

२०७२ साउन २२ गते १६:२७

प्यूठान, २२ साउन-जिल्लामै पहिलोपटक यहाँका चार युवकले ३५ लाखभन्दा बढीको लगानीमा पानी उद्योग सुरु गरेका छन् ।   जिल्लाको प्रमुख व्यापारिक केन्द्र बिजुवारको जुम्रिमा ती युवाले संयुक्त लगानीमा झिमरुक शुद्ध पिउने पानी उद्योग सञ्चालनमा ल्याएका हुन् । विनोदविक्रम शाह, कमल श्रेष्ठ, प्रमोद खड्का र...

दुई लाख बराबरको शैक्षिक सामग्री वितरण

२०७२ साउन २२ गते १५:४३

दमौली, २२ साउन-साथी नेपाल पोखराले तनहुँको जामुने गाविस–१ को कोलडाँडास्थित विजय निमाविका १२० जना विद्यार्थीलाई शुक्रबार दुई लाख बराबरको शैक्षिक सामग्री वितरण गरेको छ ।   ती विद्यार्थीलाई स्कुल ब्याग, कापी, कलमलगायतका शैक्षिक सामग्री संस्थाकी अध्यक्ष विनु गुरुङले वितरण गरेकी हुन् । आर्थिक अवस्था...

अर्काको चेकमा नक्कली हस्ताक्षर गरेर ३ लाख झिकेपछि….

२०७२ साउन २२ गते १५:२७

काठमाण्डु, २२ साउन– प्रहरीले शुक्रबार काठमाण्डुको डल्लुबाट बैंकिङ कसुर गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । अर्काको चेकमा आफै दस्तखत गरेर तीन लाख निकालेर ठगी गरेको आरोपमा काभ्रे जिल्ला कोशीदेखा– ८ का ४० वर्षीय लुंगबहादुर लामा पक्राउ परेका हुन् ।   टिस्टुङ– ७ मकवानपुरका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us