काठमाण्डु, २८ साउन– बिहिबार नेप्से परिसुचक ११ दशमलव २३ अंकले बढेको छ । बजार खुलेदेखि उकालो लागेको नेप्से परिसुचक अन्तमा १ हजार ८८ दशमलव ८२ अंकमा पुगेर अडिएको छ । गत बर्ष साउन ५ गतेको १ हजार ८३ अंकको रेकर्ड तोडेर बिहिबार १ हजार...
डोल्पा, २८ साउन-यस वर्ष मूल्यमा कमी आएकाले सयौं किलो यार्सागुम्बा सङ्कलकको घरमै थन्किएको छ । सङ्कलन गरेको यार्सागुम्बाको सङ्कलकले मूल्य नपाएपछि डोल्पाली जनतामा निराशा छाएको छ । गाउँघरमा व्यापारी नआएपछि यहाँका व्यापारी छिमेकी राष्ट्र चीन पुगेका छन् । यार्सागुम्बा बेच्न चीन पुगेका यार्चा...
मेलम्ची, २८ साउन-नेपाल बैंक लिमिटेड मेलम्ची शाखाले तीन वर्षको अवधिमा १८ करोड निक्षेप सङ्कलन गरेको छ । शाखाले यस अवधीमा १० करोड कर्जा लगानी गरेको छ । उक्त शाखाका प्रबन्धक चन्द्रबहादुर श्रेष्ठका अनुसार गतवर्ष सो शाखाले ३६ लाख मुनाफा गरेको थियो । भूकम्पपछि...
म्याग्दी, २८ साउन-यहाँको एक सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षित गर्ने र टिकाइराख्ने उद्देश्यले २० लाखको अक्षयकोष स्थापना गरिएको छ । बेनी नगरपालिका–९ गलेश्वरमा रहेको जडभरत प्राविमा नियमित विद्यालय उपस्थित हुने विद्यार्थीलाई प्रोत्साहनका लागि छात्रवृत्तिको व्यवस्था गर्न उक्त अक्षयकोष स्थापना गरिएको हो । अक्षयकोषको...
काठमाण्डु, २७ साउन – परिमार्जनसहित संविधानसभासमक्ष पेस गरिएको संविधानको प्रारम्भिक मस्यौदाले निजी क्षेत्रलाई निरास बनाएको व्यवसायीहरुले गुनासो गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर्स अफ कमर्सले बुधबार संयुक्त रुपमा पत्रकार सम्मेलन गरी संविधानमा निजी क्षेत्रलाई बेवास्ता गरिएको जनाएको...
कालीकोट, २७ साउन– जिल्लामा पहिलो चरणमा एकै पटक ४० वटा सिँचाइ आयोजना बन्ने भएका छन् । जिल्ला विकास समितिको समन्वयमा यस वर्ष ती सिँचाइ आयोजना बनाउन लागिएको हो । नेपाल सरकारको ३८ प्रतिशत, स्विडेन सरकारको ५८ प्रतिशत र उपभोक्ताको पाँच प्रतिशत गरी छ करोड...
मुस्ताङ, २७ साउन – हिउँ र चिसोले चार हजार पशुचौपाया मरेपछि घाटा व्यहोरेका उपल्लो मुस्ताङका किसानले अझैसम्म पनि क्षतिपूर्ति पाउन सकेका छैनन् । असोजदेखि फागुनसम्म पटकपटक परेको हिमपातसँगै बढेको चिसाले लोमान्थाङ, छोसेर, छोण्हुप, घमी, चराङ र झोङ गाविसमा किसानले पालेका तीन हजार ९ सय...
पाल्पा, २७ साउन– जिल्ला प्रशासन कार्यालय पाल्पाले आव २०७१\७२ मा रु तीन करोड ८४ लाख ८७ हजार ८२५ राजस्व संकलन गरेको छ । राहदानी दस्तुरबाट सबैभन्दा बढी तीन करोड ७७ लाख ५५ हजार राजस्व संकलन भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यस्तै दण्ड...
जापान– विश्व पर्वतारोही तथा अल्ट्रा धाबक संजय पण्डितलाई राप्ती समाज जापानले ४० हजार सहयोग गरेको छ । मंगलबार टोकियो इस्तित एवेरेस्ट रेस्टुरेन्टमा आयोजित कार्यकममा समाजका महासचिब अशोक पुरी तथा बरिष्ट सदस्य युवराज रेग्मीले उक्त रकम हस्तान्तरण गरेका हुन् । राप्ती, मध्यपश्चिम क्षेत्र तथा नेपालबाटै...
मुगु, २६ साउन-चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले बर्सेनि साउनको अन्तिम सातामा सीमावर्ती जिल्लाका लागि हाटबजार लगाउने परम्परा मुताविक यस वर्षको हाटबजार मंगलबारदेखि सुरु भएको छ । तिब्बतसित जोडिएका जिल्लासँग व्यापारका लागि सामान आयात–निर्यात तथा जडीबुटी बिक्री गर्न वर्षौंदेखि अस्थायी रुपमा एक हप्ताका लागि...
काठमाण्डु, २६ साउन-एसियाली विकास बैंकले नेपाल सरकारलाई बजेटरी सहयोगस्वरुप दुई अर्ब ७५ करोड ऋण स्वीकृत गरेको छ । हालैको भूकम्पबाट नेपालको आर्थिक विकासका पूर्वाधार तहसनहस भएका तथा नेपाल सरकारलाई बजेटरी सहयोग अत्यावश्यक भएकाले बैंकले ऋण रकम उपलब्ध गराउने निर्णय गरेको फिलिपिन्सको राजधानी मनिलास्थित...
काठमाण्डु, २६ साउन-विषयको गाम्भीर्यता र संवेदनशीलताको ख्याल नगरीकन पाठक, दर्शक, स्रोतालाई आकर्षित गर्नेगरी समाचार सम्प्रेषण गर्न नहुने सम्बन्धित क्षेत्रका जानकारहरुले बताएका छन् । सञ्चारमाध्यम तथा विपद्पछिको अर्थतन्त्रका विषयमा मंगलबार आयोजना गरिएको छलफलमा उनीहरुले देशको आर्थिक तथा सामाजिक विकास र स्थायित्वका पत्रकारले जिम्मेवार भएर...