काठमाण्डु, ३० साउन-ट्रेड युनियन आन्दोलनका अगुवाले संविधानको अन्तिम मस्यौदा तयार गरिरहँदा ११ वटा ट्रेड युनियनबाट पटक पटक संयुक्त रुपमा उठाई राजनीतिक नेतृत्वसमक्ष ध्यानाकर्षण गराइएका बुँदालाई संविधानमा समावेश गराउन माग गरेका छन् । संविधानमा ‘श्रम’को स्पष्ट व्याख्या र परिभाषा, श्रमिकको प्रतिनिधित्व (गाउँ विकास समितिदेखि...
पर्सा, ३० साउन-नेपालका लागि वीरगन्जमा रहेको भारतीय महावाणिज्य दूतावासले शनिबार एक कार्यक्रम बीच एम्बुलेन्स हस्तान्तरण गरेको छ । भारतको ६९औँ स्वतन्त्रता दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा महावाणिज्य दूतावास वीरगन्जले प्राथमिक उपचार केन्द्र चितवनलाई एक थान एम्बुलेन्स सहयोगस्वरुप हस्तान्तरण गरेको हो । महावाणिज्य दूतावासकी...
पर्वत, ३० साउन-भूकम्पपीडितका लागि विशेष आयआर्जन कार्यक्रम यहाँ सुरु भएको छ । भूकम्पपीडित परिवारको आयआर्जन बढाउनका लागि मध्य दक्षिण पर्वतका आठ गाउँ विकास समितिमा विशेष कार्यक्रम सुरु भएको हो । पर्वतका कुर्घा, ठानामौला, भङ्गारा, बालकोट, भोक्सिङ, लुङ्खु, पाखापानी र होस्राङ्गदी गाविसमा कृषकको...
काठमाण्डु, २९ साउन-विश्व बैंकले वित्तीय क्षेत्र सुधार कार्यक्रम र अवास पुनःनिर्माण परियोजना कार्यान्वयन गर्न ३१ अर्ब सहुलियत ऋण उपलब्ध गराउन सहमत भएको छ । अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा अर्थसचिव सुमनप्रसाद शर्मा र नेपालका लागि विश्व बैंकका निर्देशक जोहानेस जुटले सम्झौतामा हस्ताक्षर गरे...
झापा, २९ साउन- नेपालमै पहिलोपल्ट झापाको बुधबारेमा सुपारीको खबटा (पात) बाट थाल बटुका (प्लेट)बनाउने उद्योग खुलेको छ । बुधबारे–५ का नारायण रिजालले नेपाल सुपारीखेती विकास संस्थाको सहयोगमा सात महिनाअघि आफ्नै घरमा उद्योग स्थापना गरेका हुन् । भारतको केरलाबाट २० लाखमा मेसिन खरिद...
काठण्डु, २९ साउन-उच्च बेरुजु रहेको र आर्थिक अनुशासन कायम गर्न नसकेको भन्ने आलोचना व्यहोर्दै आएको गरिबी निवारण कोषले गतवर्ष लक्ष्यभन्दा बढी बेरुजु फछ्र्योट गरी प्रशंसापत्र प्राप्त गरेको छ । आ.व. २०७१/७२ मा विगत वर्षदेखि कायम रहेको बेरुजु नियमित गर्ने कार्यमा सरकारले तोकेको ८५...
काठमाण्डु, २९ साउन-एसियाली विकास बैंक (एडिबी) का देशीय निर्देशक केनिची योकोयामाले पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत नियुक्तिसँगै पुनःनिर्माणका काम शीघ्र प्रारम्भ हुने र त्यसले नेपालको आर्थिक विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् । राजधानीमा शुक्रबार केही आर्थिक पत्रकारसँगको छलफलमा उनले नेपालको सामाजिक...
धनगढी, २९ साउन-लगातारको बन्दपछि कैलालीको टीकापुर क्षेत्रमा तरकारीको अभावसँगै यसको मूल्य पनि वृद्धि भएको छ । प्रादेशिक सीमाङ्कनको विरोधमा विगत एक हप्तादेखि थरुहटरथारुवान पक्षधरले गरेको बन्दका कारण टीकापुर नगर क्षेत्रमा दैनिक उपभोगमा आउने तरकारीको अभाव भएको छ । मूल्य वृद्धि भएर एक हप्ता...
म्याग्दी, २९ साउन- पश्चिम म्याग्दीमा निर्माण हुन लागेको २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणका योजना अनुगमन निर्देशनालयका कामु उपकार्यकारी निर्देशक राजीव शर्मा र धौलागिरि कालिका हाइड्रो प्रालिका सञ्चालक दिनुप्रताव पाण्डेले हस्ताक्षर गरेको...
काठण्डु, २९ साउन-व्यवस्थापिका–संसद्को शुक्रबारको बैठकमा विनियोजन विधेयक, २०७२ अन्तर्गत सहरी विकास, सिँचाइ, ऊर्जा, सूचना तथा सञ्चार, शिक्षा, वन तथा भू–संरक्षण मन्त्रालयमाथिको छलफल सुरु भएको छ । संसद्को शुक्रबारको बैठकमा ती शीर्षकमाथिको छलफलमा भाग लिँदै नेपाली काँग्रेसका चन्द्रकान्त भण्डारीले मुलुकको शिक्षा प्रणालीलाई सुधार गरेर...
काठमाण्डु, २८ साउन-कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ ९क्यान महासङ्घ० द्वारा आठौँ क्यान सफ्टेक–२०१५ आयोजना गरिने भएको छ । भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा ‘कन्भर्जिङ् टु इ—लाइफ’ भन्ने मूल नाराका साथ आगामी भदौ १७ देखि २० सम्म उक्त क्यान सफ्टेक प्रदर्शनी सुरु हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा महासङ्घका...
मुम्बई, २८ साउन-भारतको एक चर्चित चाउचाउ म्यागीमाथि सरकारले लगाएको प्रतिबन्धलाई अदालतले उल्टाइदिएको छ । भारतीय बहुचर्चित कम्पनी नेस्ट्लेको उत्पादन म्यागी चाउचाउमा अखाद्य वस्तु मिसिएको भन्दै सरकारले गत महिनादेखि उक्त चाउचाउ उत्पादन र बिक्री वितरणमा प्रतिबन्ध लगाएको थियो । सरकारको सो निर्णयका विरुद्ध...