अर्थ

पर्यटनबाट २१ करोड संकलन

२०७२ साउन ३२ गते १७:१८

भक्तपुर, ३२ साउन– भक्तपुर नगरपालिकाले आव २०७१\७२ मा पर्यटक शुल्कबाट २१ करोड ३४ लाख ३५ हजार ४०० रकम संकलन गरेको छ । भक्तपुरको सम्पदा हेर्न आउने सार्क राष्ट्र तथा चिनियाँ पर्यटकसँग १०० र अन्य देशबाट आउने पर्यटकसँग एक हजार ५०० शुल्क लिँदै आएको नगरपालिकाले...

नेपाल बन्दले गरायो औद्योगिक करिडोरमा ३० करोडको नोक्सान

२०७२ साउन ३२ गते १७:०९

मोरङ, ३२ साउन– नेपाल बन्दका कारण हिजो र सोमबार मोरङ–सुनसरी आद्यौगिक करिडोर क्षेत्रमा ३० करोड घाटा भएको उद्योग सङ्गठन मोरङले जनाएको छ । उद्योग सङ्गठनका कार्यकारी सचिव सोम अधिकारीले सवारी साधन नचलेपछि उद्योगमा काम गर्ने मजदुर नआएको बताउनुभयो । बन्दकर्ताले उद्योगमै गएर बन्द गर्न...

भक्तपुरमा पर्यटन क्षेत्रबाट एक्काइस करोड संकलन

२०७२ साउन ३२ गते १६:२८

भक्तपुर, ३२ साउन-भक्तपुर नगरपालिकाले आव २०७१/७२ मा पर्यटक शुल्कबाट २१ करोड ३४ लाख ३५ हजार ४०० रकम सङ्कलन गरेको छ ।   भक्तपुरको सम्पदा हेर्न आउने सार्क राष्ट्र तथा चिनियाँ पर्यटकसँग १०० र अन्य देशबाट आउने पर्यटकसँग एक हजार ५०० शुल्क लिँदै आएको नगरपालिकाले...

बन्दको विकल्प खोज्न उद्योगी व्यवसायीको माग

२०७२ साउन ३२ गते १६:०६

काठमाण्डु, ३२ साउन-बारम्बार हुने बन्दबाट औद्योगिक तथा व्यावसायिक क्षेत्रमा दैनिक करोडौँको नोक्सानी हुने गरेकाले यस्ता घटनाबाट मुलुकको अर्थतन्त्रमा नकारात्मक असर पर्न नदिन बन्दको विकल्प खोज्न माग गरिएको छ ।   रिपोर्टर्स क्लबले सोमबार आयोजना गरेको अन्तरक्रियामा सहभागी अर्थशास्त्री तथा उद्योगी व्यवसायीले देशको आर्थिक वृद्धिको...

कर्णालीमा स्याउ पाक्यो, डोल्पालीलाई विस्मात

२०७२ साउन ३२ गते १५:३८

डोल्पा, ३२ साउ-कर्णालीलाई नेपालमै गुणस्तरीय एवम् स्वादिलो स्याउ उत्पादन हुने अञ्चलका रुपमा चिनिने गर्छ । कर्णालीका डोल्पा, हुम्ला, जुम्ला, मुगुलगायतका जिल्लामा हरेक वर्ष लाखौँ किलो स्याउ उत्पादन हुने गर्छ ।   तर, कर्णालीमा यातायातको राम्रो पहुँच नहुँदा प्रत्येक वर्ष लाखौँको स्याउ बोटमै कुहिने गर्छ...

देवघाट धार्मिक सहर बन्दै

२०७२ साउन ३२ गते १४:०३

चितवन, ३२ साउन-चितवनको पवित्र तीर्थस्थल देवघाटधाम अव्यवस्थित हुँदा पनि धार्मिक पर्यटकको आगमन भने बढ्दो छ ।   देवघाट क्षेत्र विकास समितिका सदस्य टङ्कनाथ पौडेलका अनुसार वार्षिक झन्डै १० लाख पर्यटकले देवघाट घुम्ने गरेका छन् । देवघाटमा मुख्यगरी साउन महिना र माघे सङ्क्रान्तिमा भक्तजन अत्यधिक...

जाजरकोटमा एक करोड बढीको व्यापार घाटा

२०७२ साउन ३२ गते १३:१७

जाजरकोट, ३२ साउन-लगातारको बन्दले गर्दा यहाँका व्यवसायीहरुले करिब करोड भन्दा बढीको व्यापार घाटा बेहोरेका छन् । जिल्लामा भित्रिने र बाहिरिने यातायातका साधनमार्फत खाद्यान्न, जडीबुटीलगायतका वस्तु आयात र निर्यात नहुँदा एक करोडभन्दा बढीको व्यापार घाटा लागेको उद्योग वाणिज्य सङ्घ जाजरकोटमा कोषाध्यक्ष वसन्तप्रसाद शर्माले जानकारी दिए...

करिव एक अर्ब रुपैयाँको कारोबार हुँदा नेप्से २३ अंकले बढ्यो

२०७२ साउन ३१ गते १७:२३

काठमाण्डु, ३१ साउन– साताको पहिलो दिन आइतबार नेप्से कारोबारमा रुपमा बृद्धि भएको छ । आइतबार ९८ करोड ८६ लाख ३४ हजार ५ सय २० रुपैँया बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । बजार बन्द हुनु अघिसम्मको कारोवारमध्ये माछापूच्छ्रे बैँक लिमिटेडको ११ करोड ८१ लाख...

सुपारी उत्पादन क्षेत्रलाई पकेट क्षेत्रको रुपमा विकास गर

२०७२ साउन ३१ गते १६:५७

मोरङ, ३१ साउन-मोरङ, झापा र इलाममा सुपारीको उत्पादनको सम्भाव्यता अधिक भएकाले यी जिल्लालाई पकेट क्षेत्र बनाउन र स्वदेशी उत्पादन बढाउन किसानले सरकारसँग माग गरेका छन् ।   किसान, उद्योगी तथा व्यवसायीले अवैध रुपमा भारततर्फ हुने सुपारीको निकासी रोक्नुपर्ने र नगदेबालीका रुपमा सुपारी खेतीलाई विस्तार...

बोल बमको प्रभावले व्यापार पाँच गुणा बढ्यो

२०७२ साउन ३१ गते १६:१७

काठमाण्डु, ३१ साउन- साउनमा लाग्ने बोल बम मेलाका कारण गौशाला–सुन्दरीजलसम्मको क्षेत्रमा व्यापार वृद्धि भएको छ ।   मेलाका समयमा पाँच गुणासम्म व्यापारमा वृद्धि भएको व्यापारीले बताएका छन् । २० वर्षदेखि सुन्दरीजलमा कपडा पसल चलाउँदै आएका राजेन्द्र श्रेष्ठ साउनमा पाँच गुणासम्म व्यापार वृद्धि भएको बताउछन्...

चितवनमा एक हजार उद्योग थपिए

२०७२ साउन ३१ गते १६:०५

चितवन, ३१ साउन-चितवनमा यो वर्ष एक हजारभन्दा बढी उद्योग थपिएका छन् ।   वाणिज्यतर्फ पनि एक हजारभन्दा बढी फर्म दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय चितवनले जानकारी दिएको छ । यो वर्ष जिल्लामा घरेलुतर्फ २६ र साना उद्योगतर्फ ९८३ गरी कुल एक हजार...

लुम्बिनी विकास कोषका कर्मचारी आन्दोलनमा

२०७२ साउन ३१ गते १५:०५

रुपन्देही, ३१ साउन-लुम्बिनी विकास कोषमा कार्यरत पुराना कर्मचारीहरुलाई बेवास्ता गरी नयाँ कर्मचारी भर्ना गरिएको विरोधमा त्यहाँको कर्मचारी युनियनले आन्दोलन सुरु गरेको छ ।   आन्दोलनका कारण कोषको प्रशासनिक काम पूर्णरुपमा ठप्प भएको छ । सङ्ग्रहालय, सूचना तथा पदाधिकारी कार्यालयमा ताला लगाइएको छ ।  ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us