इलाम, ४ भदौ-कुहिने रोग र खुम्रेको प्रकोपमा कमी आएपछि इलाममा अदुवाको उत्पादन वृद्धि भएको छ । आव २०७१/७२ मा दुई अर्ब ९४ करोड ३६ लाखबराबरको अदुवा निकासी भएको छ । खेती व्यवस्थापन र क्षेत्र विस्तार भएपछि अदुवा शुन्य दशमलव २ प्रतिशतले उत्पादनसमेत बढेको...
काठमाण्डु, ४ भदौ-एसियाली विकास बैंकले भूकम्पपछिको आपत्कालीन सहायता परियोजना कार्यान्वयन गर्न २० अर्ब ऋण सहयोग उपलब्ध गराउने भएको छ । भूकम्पबाट बिग्रे भत्केका सार्वजनिक पूर्वाधार सेवाको पुनःस्थापनाका लागि उपलब्ध गराइने ऋण सहायतासम्बन्धी सम्झौतापत्रमा शुक्रबार अर्थमन्त्रालयमा हस्ताक्षर भयो । यहाँस्थित एसियाली विकास बैंकका...
विराटनगर, ४ भदौ-तेरापन्थ प्रोफेसनल फोरमको आठौँ वार्षिकोत्सवको अवसरमा विराटनगरमा नयाँ बजार प्रविधिबारेमा दुइदिने छलफल कार्यक्रम हुने भएको छ । नयाँ बजार प्रविधि ई–कमर्शबारे जानकारी गराउने उद्देश्यले शनिबार र आइतबार हुने उक्त कार्यक्रममा नेपाल र भारतका विभिन्न सहरबाट पाँचसय सहभागी हुने तेरापन्थी प्रोफेसनल फोरमका...
चितवन, ३ भदौ-दैनिक ५० पैसा सङ्कलन गरेर सुरु भएको गैँडाकोटको विकु बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २५ वर्ष पूरा गर्दैगर्दा एक अर्ब २५ करोड ४६ लाखको सम्पत्ति जोड्न सफल भएको छ । वि.सं २०४८ मा २६ जना सदस्य मिलेर स्थापित सहकारीले दैनिक...
वीरगन्ज, ३ भदौ-आयातित भारतीय चामलसँग प्रतिस्पर्धा गर्न नसक्दा स्वदेशी चामल उद्योग सङ्कटमा पर्न थालेका छन् । स्वदेशी चामल उद्योगको संरक्षणका लागि धान आयातमा लाग्ने भन्सार दर न्यून गर्नुपर्ने माग यस क्षेत्रका उद्योगी व्यवसायीहरुको छ । भारतीय सीमान्त बजारसँग प्रतिस्पर्धा गर्न भारतबाट आयात हुने...
काठमाण्डु, ३ भदौ-सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा घोषणा गरेको मेची काली रेलमार्गको कामले अपेक्षित गति लिन सकेको छैन । सरकारले प्राथमिकताका साथ राष्ट्रिय गौरवको आयोजनाका रुपमा घोषणा गरे पनि सरोकारवाला भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चासो नदिँदा रेलमार्गको कामले गति लिन नसकेको हो ।...
तनहु, ३ भदौ – जिल्ला पशु सेवा कार्यालय तनहुँले जिल्लामा हालसम्म एक हजार ५ सय ७ पशुको बीमा गरेको छ । पशु कार्यालयका अनुसार ४२७ गाई, ६९ भैंसी, ९८ बाख्रा र ६८ वटा बंगुरको बीमा गरिएको हो । जसअन्तर्गत पशुको पशुधन बीमाअन्तर्गत पाँच करोड...
विराटनगर, ३ भदौ – लामो समयपछि वर्षा भएपछि पूर्वी क्षेत्रका किसान बिहिबार बिहानैदेखि धानबालीको रोपाइँमा व्यस्त भएका छन् । बुधबार अपराह्न धान रोपाइँ गर्न सकिने खालको वर्षा भएकाले विराटनगर आसपासका किसानहरु रोपाइँमा व्यस्त भएका हुन् । पूर्वी क्षेत्रको सप्तरी र सिरहामा पचास प्रतिशतभन्दा बढी...
कञ्चनपुर, २ भदौ –कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले आव २०७२÷७३ को पहिलो महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । साउन महिनामा मासिक लक्ष्य ८८ लाख ६८ हजार रुपैयाँ राखिएको भए पनि एक करोड तीन लाख रुपैयाँ राजस्व संकलन गरेको छ । कञ्चनपुर भन्सार कार्यालयका...
विराटनगर, २ भदौ– संयुक्त मधेसी मोर्चाको लगातारको बन्दका कारण विराटनगर भन्सार कार्यालय पनि प्रभावित भएको छ । उक्त भन्सार कार्यालयको परिसरमा करिब ३०० मालबाहक ट्रक थन्किएका छन् र भारतीय क्षेत्रको सडक किनारमा सयौँ त्यस्ता गाडी लामबद्ध अवस्थामा छन् । दैनिक सरदर रु छ करोडको...
म्याग्दी, २ भदौ– म्याग्दीमा एकै मौसममा करोडभन्दा बढी मूल्यबराबरको आलु उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार एक हजार २५ हेक्टर क्षेत्रफलमा आलुखेती भएकोमा १० हजार ५०६ मेट्रिक टन उत्पादन भएको कार्यालयका बागवानी विकास अधिकृत वासुदेव पौडेलले जानकारी दिए । जिल्लामा...
काठमाण्डु, २ भदौ – बुधबार नेप्सेले सात वर्षयताकै रेकर्ड तोडेर नयाँ किर्तिमान कायम गरेको छ । बजार खुल्ने बित्तिर्क बढ्न थालेको नेप्से परिसूचक ३१.९९ अंकको बृद्धिसँगै १ हजार १ सय ९१ दशमलव ९२ अंकमा पुगेको छ । बुधबार सबै समूहका शेयर हरिया भएका छन्...