एक हजार पाँच सय सात पशुको बीमा

काठमाण्डु टुडे २०७२ भदौ ३ गते १०:३४ मा प्रकाशित

Money
तनहु, ३ भदौ – जिल्ला पशु सेवा कार्यालय तनहुँले जिल्लामा हालसम्म एक हजार ५ सय ७ पशुको बीमा गरेको छ ।
पशु कार्यालयका अनुसार ४२७ गाई, ६९ भैंसी, ९८ बाख्रा र ६८ वटा बंगुरको बीमा गरिएको हो ।

जसअन्तर्गत पशुको पशुधन बीमाअन्तर्गत पाँच करोड ६८ लाख २५ हजार रुपैयाँ पशुधन संरक्षण गरिएको कार्यालयका पशु चिकित्सक बाबुराम जम्मरकट्टेलले बताए ।

गाईका लागि चार करोड ६७ लाख ९५ हजार रुपैयाँ, भैंसीका लागि ४० लाख ३० हजार रुपैयाँ, बाख्राका लागि ५३ लाख ८८ हजार रुपैयाँ र बंगुरका लागि ६ लाख १२ हजार रुपैयाँ मूल्य बराबरको बीमा गरिएको पशु सेवा कार्यालय तनहुले जनाएको छ ।

कृषकले गाईका लागि ६ लाख ६० हजार ९ सय रुपैयाँ र सहकारीले २३ लाख ३९ हजार ७५० रुपैयाँ, भैंसीका लागि कृषकले ५६ हजार ९२३रुपैयाँ र सहकारीले दुई लाख एक हजार ५ सय रुपैयाँ सहकार्य गरेको पशु चिकित्सक जम्मरकट्टेलले जानकारी दिए ।

जम्मरकट्टेलका अनुसार बाख्राका लागि कृषकले ७६ हजार एक सय रुपैयाँ र सहकारीले दुई लाख ६९ हजार रुपैयाँ र बंगुरका लागि कृषकले आठ हजार ६४४ रुपैयाँ र सहकारीले ३० हजार ६०० रुपैयाँ सहकार्य गरिएका छन् ।

पशुको बीमापश्चात पशुको मृत्यु भएमा पशुपालक कृषकले पशु मरेको १५ दिनभित्र आवश्यक दाबी पत्रसहित पेस गरेको खण्डमा ८० प्रतिशत रकम सदस्य संस्थामार्फत् सम्बन्धित पशुपालक कृषकलाई भुक्तानी दिनुपर्ने प्रावधान रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us