वर्षा भएपछि किसान रोपाइँमा व्यस्त

काठमाण्डु टुडे २०७२ भदौ ३ गते १०:२४ मा प्रकाशित

ropain
विराटनगर, ३ भदौ – लामो समयपछि वर्षा भएपछि पूर्वी क्षेत्रका किसान बिहिबार बिहानैदेखि धानबालीको रोपाइँमा व्यस्त भएका छन् ।

बुधबार अपराह्न धान रोपाइँ गर्न सकिने खालको वर्षा भएकाले विराटनगर आसपासका किसानहरु रोपाइँमा व्यस्त भएका हुन् ।

पूर्वी क्षेत्रको सप्तरी र सिरहामा पचास प्रतिशतभन्दा बढी खेतमा रोपाइँ हुन सकेको छैन । यो वर्षा ती दुई जिल्लाका किसानलाई बढी फाइदा पुग्ने विश्वास गरिएको छ ।

साथै झापा, मोरङ, सुनसरीका साथै पूर्वी पहाडी क्षेत्रका किसान पनि वर्षाबाट लाभान्वित भएका छन् ।

यसअघि रोपाइँ भएका धानबाली सुक्ने अवस्थामा पुग्न लागेको समयमा यो वर्षाले धानबालीलाई फाइदा पु¥याएको किसान रामधनी यादवले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us