अर्थ

बन्दका नाममा व्यापारीको कालोबजारी बढ्यो

२०७२ भदौ ९ गते १३:५३

उदयपुर, ९ भदौ-बन्दको मौका छोपेर सदरमुकाम गाईघाटका व्यापारीले व्यापक कालोबजारी गर्न थालेका छन् ।   बन्दको बहानामा विभिन्न उपभोग्य वस्तुको अभाव देखाउँदै स्थानीय व्यापारीले वस्तुको मूल्य दुई हप्ताअघिको भन्दा तेब्बरले वृद्धि गरेका छन् । व्यापारीको कालोबजारीका कारण अहिले सदरमुकाम गाईघाटलगायत त्रियुगा नगरक्षेत्रका उपभोक्ता ठगिने...

दिगो विकासका लागि विज्ञान र प्रविधिको विकास अनिवार्य: पोख्रेल

२०७२ भदौ ८ गते १८:३२

काठमाण्डु, ८ भदौ-राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेलले मुलुकको दिगो विकासका लागि विज्ञान र प्रविधिलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।   विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयको आव २०७१/७२ को वार्षिक प्रगति समीक्षा गर्न मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले गत आवमा...

सीमामा सयौँ मालवाहक गाडी थन्किए

२०७२ भदौ ८ गते १७:५५

वीरगन्ज, ८ भदौ-सीमाङ्कनप्रति असन्तुष्टि जनाउँदै दश दिनदेखि जारी बन्दले गन्तव्यसम्म जान नपाएपछि मुलुकको प्रमुख भन्सार नाका वीरगन्जनजिकै भारतीय सीमामा सयौँको सङ्ख्यामा मालवाहक गाडी थन्किएका छन् ।   भारतबाट मालसामान लिएर वीरगन्ज नाकामा आइपुगेका मालवाहक गाडी मधेसी मोर्चा लगायतका दलले अह्वान गरेको अनिश्चितकालीन बन्दका कारण...

नेपालको बन्दका कारण भारतीयलाई यस्तो टेन्सन र पीडा

२०७२ भदौ ८ गते १७:३४

जनकपुरधाम– केही दिनयता निरन्तर रुपमा भइरहेको बन्दका कारण सीमावर्ती भारतीय बजार प्रभावित भएकाले त्यहाँको अर्थतन्त्रमा प्रत्यक्ष असर परेको भारतीय व्यापारीहरुले बताएका छन् । संयुक्त मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन बन्दको असर सीमावर्ती भारतीय बजार जयनगर, उमगाम, देउधा, हरिणे, हर्लाखी, बासोपट्टि, मधवापुर, भिठ्ठामोड, सुरसण्डमा प्रत्यक्ष...

ज्याला वृद्धिको माग चिया मजदुर आन्दोलित

२०७२ भदौ ८ गते १६:३३

झापा, ८ भदौ-चिया क्षेत्रमा कार्यरत मजदुर पुनः आन्दोलित भएका छन् ।   विभिन्न पाँच सूत्रीय माग राख्दै चिया बगानमा कार्यरत मजदुर आन्दोलित भएका हुन् । नेपाल चिया बगान श्रमिक सङ्घ, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घ र अखिल नेपाल चिया मजदुर सङ्घसँग आबद्ध...

बाँकेमा तीस सहकारी खारेज

२०७२ भदौ ८ गते १५:२९

बाँके, ८ भदौ-बाँके जिल्लामा निष्क्रिय रहेका ३० वटा सहकारी संस्था खारेजीमा परेका छन् ।   सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय बाँकेका प्रमुख प्रकाश पौडेलका अनुसार गएको असार २२ गतेसम्म सक्रिय रहेको आधार प्रमाण प्रस्तुत गर्न नसकेपछि ३० वटा सहकारी खारेज भएका हुन् ।  ...

युनिसेफले गोरखामा बाँड्यो नौ करोड

२०७२ भदौ ८ गते १२:५९

गोरखाबजार, ८ भदौ-भूकम्पपीडित गोरखाका वृद्धवृद्धालाई युनिसेफले राहत रकम वितरण गरेको छ ।   जिल्लाभरका ३० हजार भूकम्पपीडितलाई तीनरतीन हजार रुपैयाँका दरले रकम वितरण गरेको हो । भूकम्पअघिदेखि सामाजिक सुरक्षा भत्ता लिँदै आएका र भूकम्पले गर्दा घरबारविहीन भएका वृद्धवृद्धा, एकल महिला, अपाङ्गलगायत लक्ष्यित वर्गलाई राहत...

नेप्सेमा सामान्य गिरावट, ४६ करोड ८० लाखको कारोबार

२०७२ भदौ ७ गते १६:५०

काठमाण्डु, ७ भदौ– सोमवार सेयर बजार २ दशमलव ९२ अंकले ओरालो लाग्दा ४६ करोड ८० लाख ८६ हजार ८ सय ३५ रुपैँया बराबरको नेप्से कारोबार भएको छ । आइतबार ५८ करोड ३१ लाख बराबरको कारोबार गरेकोमा सोमबार नेप्से कारोबार रकम घटेको हो । सोमबार...

अब प्याज काट्दा मात्र हैन किन्दापनि आँशु आउने

२०७२ भदौ ७ गते १५:३६

काठमाण्डु, ७ भदौ– केही हप्तादेखि प्याजको मूल्य लगातार बृद्धि भएपछि सर्वसाधारण मर्कामा परेका छन् । भारतीय बजारमा प्याजको मूल्य बढेको र प्याजको मागअनुसार आपूर्ति हुन नसकेकपछि नेपाली बजारमा प्याजको मूल्य आकासिएको हो । नेपालमा उत्पादन हुने प्याजले बजारको एक प्रतिशत माग पनि पूरा नगर्ने...

३० महिना अघि नै काम सक्ने गरी पेट्रोलियम पाइपलाइन संझौतामा हस्ताक्षर

२०७२ भदौ ७ गते १४:५६

सोमबार वाणिज्य मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल थापा र भारतीय पेट्रोलियम मन्त्री धमेन्द्र प्रधानबीच सहमति पत्रमा हस्ताक्षर भएको हो । संझौतापत्रमा हस्ताक्षर भएसँगै भारतले तोकिएको निर्माण अवधी भन्दा अघि नै नेपाल भारत पेट्रोलियम पाइपलाइन निर्माण गरिदिने प्रतिबद्धता जनाएको छ ।...

सयौं लिटर दुध सडकमा बग्यो

२०७२ भदौ ७ गते १३:५६

बनेपा, ७ भदौ-काभ्रेपलाञ्चोकको विभिन्न गाविसबाट सङ्कलन गरेको दूध कृषकले सोमबार बनेपाको स्थानीय चारदोबाटोमा पोखेका छन् ।   नेपाल बन्दका कारण दूधको बिक्री वितरण नभएको र दूध विकास संस्थान (डिडिसी) ले समेत दूध खरिद नगरेकाले कृषकले साङ्केतिक रुपमा विरोधस्वरुप करिब १२० लिटर दूध सडकमा पोखेका...

आगलागीबाट २५ लाखको क्षति

२०७२ भदौ ७ गते १०:५३

सोलुखुम्बु, ७ भदौ –कागेल–७ सोलुखुम्बु निवासी कुलकुमार बस्नेतको घरमा आइतबार साँझ आगलागी हँुदा करिब २५ लाख बराबरको क्षति भएको छ । अचानक आगलागी हुँदा घर पूरै जलेको छ । तीन तले घरसँगै १३ लाख ५० हजार रुपैयाँ बराबरको सुनचाँदी, लत्ताकपडा, अन्न र एक लाख...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us