काठमाण्डु, १५ भदौ– नेपाल वायुसेवा निगमले १० वर्षपछि मंगलबारबाट भारतको बैंगलोर सहरमा उडान सुरु गरेको छ । निगमले २०६३ सालमा बन्द गरेको काठमाण्डु,–बैंगलोर रुटमा मंगलबारबाट फेरि उडान शुरु गरेको हो । मंगलबार दिउँसो १२ः४५ बजे काठमाण्डुबाट बैंग्लोरका लागि पहिलो उडान भर्ने नेपाल वायु सेवा...
प्यूठान, १४ भदौ-पर्यटन क्षेत्रको विकासका लागि भन्दै पछिल्लो एक वर्षमा प्यूठानसहित राप्तीका पाँच जिल्लामा पाँच करोडभन्दा बढी लगानी भएको छ । राप्ती अञ्चलमा रहेका पर्यटकीय सम्पदाको प्रवद्र्धन, प्रचारप्रसार र पर्यटकीय क्षेत्रमा लागनी गर्न भन्दै पछिल्लो आव २०७१/७२ मा पाँच करोड १६ लाख ६०...
ताप्लेजुङ, १४ भदौ-ताप्लेजुङको उत्तरी क्षेत्रमा कार्यरत कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजना (केक्याप) ले संरक्षण क्षेत्र आयोजनाभित्र विश्वमा नै लोप हुँदै गएको हिमचितुवा र नाउर (जङ्गली भेडा) को सङ्ख्या बढ्दै गएको बताएको छ । यस क्षेत्रमा अहिले २४ वटा हिमचितुवा रहेको आयोजनाको दाबी रहेको छ...
रसुवा, १४ भदौ-जिल्ला प्रशासन कार्यालय रसुवाले गत आवदेखि अहिलेसम्म भए गरेका सम्पूर्ण कामको विवरण सार्वजनिक गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार भूकम्पपछिको विपद् व्यवस्थापनअन्तर्गत रसुवा जिल्लामा २७ करोड ९३ लाख १२ हजार राहत स्वरुप वितरण गरिएको छ । यस्तै,...
मोरङ, १४ भदौ –संयुक्त मधेसी मोर्चाले आह्वान गरेको बन्दका कारण विराटनगरका होटल व्यवसायीलाई दुई अर्ब घाटा भएको छ । नेपाल होटल संघ (हान)का केन्द्रीय सदस्य राजन श्रेष्ठका अनुसार १७ दिनयता होटल सुनसान भएका छन् । बन्दका कारण यातायात नचल्दा पर्यटक नआएकाले पर्यटन व्यवसायीलाई घाटा...
प्यूठान, १३ भदौ-नेपाल विद्युत् प्राधिकरण जिल्ला शाखा प्यूठानले विद्युत् महसुल नतिर्ने ९६ जना ग्राहकको लाइन काटेको छ । पछिल्लो एक वर्षमा जिल्लामा विद्युत् महसुल नतिर्ने ७७ जना व्यक्ति, नौ वटा ग्रामीण तथा साना उद्योग, चार वटा व्यापारिक फर्म, पाँच वटा गैरसरकारी संस्था र...
स्वीजरल्यान्ड, १३ भदौ-गएको वर्षदिनदेखि सुरु भएको चरम हिंसाको चपेटामा परेको यमनमा खाद्य सङ्कटको त्रास बढेको छ । प्राप्त समाचारअनुसार राष्ट्रसङ्घीय निकाय डब्लुएफपीले यमनमा खाद्यान्न सङ्कटको बढ्न सक्ने अनुमान गरेको हो । उक्त निकायले हालैका दिनमा यमनमा विगतका वर्षहरुको तुलनामा निकै ठूलो आर्थिक...
पोखरा, १३ भदौ – सिटी रेबान पोखराले आगामी असोज २२ देखि कात्तिक २ गतेसम्म पोखरा रङ्गशालामा ‘चौथो सिटी रेवान दसैं महोत्सव’ गर्ने भएको छ । महोत्सवमा दसैँ का लागि आवश्यक पर्ने उपभोग्य वस्तु नयाँ नोटदेखि खाद्यान्न, लत्ताकपडा, खसी, च्याङ्ग्रालगायत वस्तु राखिने संस्थाका अध्यक्ष तथा...
काठमाण्डु, १२ भदौ-गत साता ८८.८७ अङ्कले उकालो लागेको नेप्से यो साता ०.९१ अङ्कले ओरालो लागेको छ । गत साताको अन्तिम दिन १२००.९२ बिन्दुमा पुगेको नेप्से यो साता अन्तिम दिन ११८३.७६ बिन्दुमा खुम्चिएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । नेपाल स्टक एक्सचेन्जमा...
वीरगन्ज, १२ भदौ-सीमाङ्कनप्रति असन्तुष्टि जनाउदै मधेस केन्द्रित दलहरूले गरेको अनिश्चितकालीन मधेस बन्दका कारण पर्साको जनजीवन कष्टकर बनेको छ । १५ दिनदेखिको लगातार बजार, पसल, कलकारखाना, शिक्षण संस्था, बैंक र वित्तीय संस्थाहरू बन्द हुदा सर्वसाधारणलाई समस्या भएको छ । लामो समयदेखिको बन्द र हडतालका कारण...
खोटाङ, १२ भदौ-ठेकेदार कम्पनीको लापर्बाहीले खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोसी नदीस्थित जयरामघाटको पक्की पुल निर्माणमा ढिलाइ भएको छ । सात वर्षअघि पुल निर्माणको जिम्मा लिएको हुलास कालिका कन्स्ट्रक्सन जेभीका ठेकेदारले लापर्बाही गरेका कारण पुल निर्माणमा ढिलाइ भएको हो । पुल निर्माणका लागि...
काठमाण्डु, ११ भदौ–साताको अन्तिम दिन सुनको मुल्य सय रुपैयाँले उकालो लागेको छ । बिहिबार प्रति तोला ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ५० हजार ६ सय रुपैयाँमा किनबेच भयो । त्यसैगरी चाँदीको मुल्यमा पनि अघिल्लो दिन भन्दा ५ रुपैयाँले वृद्धि भएको छ...