काठमाण्डु, १९ भदौं – कृषि उपजलाई अत्यावश्यक बस्तुको सूचीमा राखेर सहज रुपमा ढुवानी गर्न पाउनुपर्ने सरोकारवाला निकायले सरकारसँंग माग गरेका छन् । शनिबार भएको अन्तरक्रियामा सरोकारवाला निकायले हरियो तरकारी, फलफूल, दूध, माछा र कुखुराको मासुलाई अत्यावश्यक बस्तुमा सूचीकृत गरेर बिशेष सुविधाअन्तर्गत सहज रुपमा ढुवानी...
काठमाण्डु, १९ भदौ-केही साताअघि उच्च बिन्दुमा पुगेको नेप्से निरन्तर ओरालो लाग्न थालेको छ । गत साता ०.९१ अङ्कले घटेको नेप्से यो साता पहिलो दिनको तुलनामा ३०।७५ अङ्कले घटेको हो । गत साताको अन्तिम दिन ११८३.७६ बिन्दुमा पुगेको परिसूचक यो साताको अन्तिम दिन ११६९.४०...
दोलखा, १९ भदौ-भूकम्पलगत्तै पीडितका लागि काम गर्ने स्थानीय गैसस (एनजिओ) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ)हरु थोरै विद्यार्थीका धेरै गुरु जस्तै भएका छन् । दोलखामा भूकम्पपीडितका लागि काम गर्न आउने आइएनजिओहरुले स्थानीय साझेदारी अनिवार्य गर्नुपर्ने व्यवस्था भएपनि कतिपयले अहिलेसम्म त्यसको बेवास्ता गरेका छन् ।...
काठमाण्डु, १९ भदौ-ग्रामीण क्षेत्रमा वसोवास गर्ने सीमान्तकृत समूहमा वित्तीय सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालित सक्षम कार्यक्रमले आगामी वर्षदेखि बझाङ्ग, डोल्पा, हुम्ला, जुम्ला, कञ्चनपुर, कालीकोट, मनाङ्ग र मुगु जिल्लामा आफ्नो सेवा विस्तार गर्ने भएको छ । मध्य र सुदूरपश्चिमका जिल्लामा केन्द्रित यस कार्यक्रम...
महोत्तरी, १९ भदौ – आन्दोलनकारीले शनिबार एकाबिहानै महोत्तरीको सदरमुकाम जलेश्वरमा ३५ बोरा आलु नियन्त्रणमा लिएका छन् । बन्दको बेला कालोबजारी गर्ने उद्देश्यले ८/१० वटा साइकलमा भारतबाट जलेश्वर ल्याइएका ३५ बोरा आलु आन्दोलनकारीले साइकलसहित नियन्त्रणमा लिएका हुन् । अनिश्चितकालीन मधेस बन्द रहेको बेला बर्दिबास र...
काठमाण्डु, १८ भदौ– व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले रिचार्ज कार्ड छपाई सम्बन्धी टेण्डर प्रक्रिया अगाडी बढाउन सूचना तथा सञ्चार मन्त्रालय र नेपाल टेलिकमलाई निर्देशन दिएको छ । समितिको शुक्रबार बसेको बैठकले स्वदेशी कम्पनीलाई वेवास्ता गर्दै भारतीय कम्पनीलाई रिचार्ज कार्ड छाप्ने ठेक्का दिन लागेको भन्दै...
पोखरा, १८ भदौ-अर्थमन्त्री रामशरण महतले विकास निर्माणका राम्रा काम गर्न सकिए सहयोगदाता पनि थपिँदै जाने बताएका छन् । लेखनाथ नगरपालिका–७ मा श्रीकृष्णप्रणामी परमात्मा मिसन ट्रष्टद्वारा निर्माण गरिएको अनाथ सेवा आश्रम भवनको आज उद्घाटन गर्दै उनले तर आर्थिक अनियमितता, ढिलासुस्ती र रकमको दुरुपयोग गर्नेलाई...
काठमाण्डु, १८ भदौ– उद्योगमन्त्री महेश बस्नेतले एक्काइसौं शताब्दीका परिवर्तनशील औद्योगिकरणको अभ्यास नेपालमासमेत अवलम्बन गरिने बताएका छन् । शुक्रबार सिंहदरवारमा भएको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिका समीक्षा बैठकमा मन्त्री बस्नेतले आधुनिक सेवा क्षेत्रको जगमा नयाँ ज्ञानमा आधारित सेवा उद्योगहरु स्थापना र उत्पादनमूलक उद्योगहरुलाई टेवा दिने...
इलाम, १८ भदौ-अर्गानिक चिया उत्पादन गरिरहेको तीनजुरे चिया सहकारी संस्थाका चिया तेस्रो मुलुक निर्यात भएको छ । विभिन्न देशका चियासँग सम्बन्धित उद्योगी तथा व्यापारीहरूले कारखानामै पुगेर चियाको गुणस्तर मापन गरेपछि पाँच हजार किलोग्राम तयारी चिया निर्यात भएको हो । अमेरिका, जर्मनी, फ्रान्स,...
काठमाण्डु, १८ भदौ– नेपाल विद्यार्थी संघ युकेले ब्लड क्यान्सर पीडित बालिकाको उपचारका लागि आर्थिक सहयोग गरेको छ । नेविसंघ युकेका कार्यवहाक अध्यक्ष कुश बस्नेतको नेतृत्वमा युकेमा संकलन गरिएको दुई लाख २७ हजार रुपैयाँ ब्लड क्यान्सरबाट पीडित धादिङ निलकण्ड–८ की १६ वर्षीया हेमन्तकुमारी थापालाई हस्तान्तरण...
डोल्पा, १८ भदौ-यस वर्ष यार्सागुम्बाको मूल्य घटेपछि डोल्पामा आर्थिक मन्दी भएको छ । गत वर्ष ३० लाखदेखि ३२ लाखमा कारोबार भएको यार्सागुम्बा यस वर्ष भने २० लाखमा मात्रै कारोबार भएको स्थानीय व्यापारीहरूले बताएका छन् । यार्सा मौसम सकिएलगत्तै स्थानीय बजारमा दैनिक उपभोग्य...
काठमाण्डु, १७ भदौ- पुनर्निर्माण प्राधिकरण गठनबाट उत्साहित भएको एसियाली विकास बैंक (एडिबी) ले बजेट कार्यान्वयन दृढताका साथ भएमा आर्थिक गतिविधिले गति लिने विश्वास व्यक्त गरेको छ । नेपालको पछिल्लो आर्थिक अवस्थाबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त बैंकका यहाँस्थित देशीय निर्देशक केनिची...