काठमाण्डु, २३ भदौ – काठमाण्डु महानगरपालिकाभित्र रहेका कर नतिर्ने निजीस्तरबाट सञ्चालित ठूला होटललाई कारबाही गर्न सुरू गरेपछि ती होटलले कर तिर्न थालेका छन् । पाँचतारे होटल र नाफामूलक संस्थाले लामो समयसम्म कर तिर्न आलटाल गरेपछि यो गत वर्षको सुरुदेखि महानगरपालिकाले कारबाही गर्न सुरू गरेको...
स्याङजा, २३ भदौ – स्याङ्जाको पुतलीबजार नगरपालिका–१३ जैसीडाँडामा दुई हजार पाँचसय मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण सुरु भएको छ । नेपाल सरकारले प्रत्येक विकास क्षेत्रमा एक/एक वटा शीतभण्डार निर्माण गर्ने नीति अघि सारेसँगै पश्चिमाञ्चल विकास क्षेत्रको शीतभण्डार जैसीडाँडामा निर्माण सुरु गरिएको हो । स्याङ्जा...
कञ्चनपुर, २३ भदौ– जिल्ला सदरमुकाम महेन्द्रनगरमा सञ्चालित होटल व्यवसाय खस्किँदो अवस्थामा पुगेको छ । लगातारको यातायात बन्द र हडतालजस्ता कार्यक्रमले ग्राहक आउने क्रम रोकिए पछि होटलको कारोबार ८० प्रतिशतले घटेको छ । भारतीय क्षेत्रबाट फर्कने यात्रुले खचाखच भरिने महेन्द्रनगरका होटल बन्दका कारण सुनसान बनेका...
महोत्तरी, २३ भदौ – जिल्लाको गौरीबास तथा विजलपुराका स्थानीय सस्तो दरमा ऋण पाएपछि आयआर्जन गर्नतर्फ आकर्षित भएका छन् । ग्रामीण भेगमा गरिबी निवारण कोषबाट सस्तो दरमा ऋण पाएपछि ४२ जना स्थानीय आयआर्जन क्रियाकलापमा सक्रिय भएका हुन् । गरिबी निवारण कोषको आर्थिक सहयोग तथा एकीकृत...
काठमाण्डु, २३ भदौ – पेट्रोलियम पदार्थको भाउ घटेका आधारमा सार्वजनिक सवारीसाधनमा भाडा समायोजन गरिने भएको छ । नेपाल आयल निगमले पटकपटक पेट्रोलियम पदार्थको भाउ घटाउँदा पनि सार्वजनिक सवारीसाधनको भाडा घटेको थिएन । यसको उपभोक्तावादी संस्थाले विरोध जनाउँदै आएका थिए । गत बिहीबार प्रधानमन्त्री तथा...
काठमाण्डु, २२ भदौ – मंगलबार सेयर बजारमा सामान्य वृद्धि भएपनि कारोबार रकम भने घटेको छ । १३४ कम्पनीको ४२ करोड रुपैयाँको सेयर कारोबार हुँदा बजार ३.७२ अंकले बढेको नेप्सेले जनाएको छ । बजार खुलेको केही समय उच्च रुपमा बढेको नेप्से पुन घटेको हो ।...
काठमाण्डु, २२ भदौ– डिस होमले आफ्ना ग्राहकहरुका लागि दसैं र तिहारलाई लक्षित गरि ‘३००० छुट यसपाली, बजाऔं ताली’ नामक उपभोक्ता योजना ल्याएको छ । उसले भदौ तेस्रो सातादेखि लागु हुनेगरी सो योजना ल्याएको हो । योजना अन्र्तगत हाल ५,९९९ बजार मूल्य कायम भएको डिस...
रुपन्देही, २२ भदौ-बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र लुम्बिनीमा आउने विदेशी पर्यटकको सङ्ख्यामा पछिल्ला वर्षमा क्रमशः वृद्धि हुँदै गएको छ । सन् २०१४ को अगस्तसम्ममा ७४ हजार ९५२ पर्यटक आएकामा यस वर्ष बढेर ७५ हजार २७२ पुगेको छ । लुम्बिनी विकास कोषले दिएको तथ्याङ्कअनुसार तेस्रो...
मुगु, २२ भदौ-जिल्लाका विभिन्न स्थानमा कृषकले फलाएको स्याउ पाके पनि जिल्ला कृषि विकास कार्यालयले स्याउ राख्ने बाकस उपलब्ध गराउन नसकेर बजार आसपासमा र बाहिर गाउँघरमा बजार नपाएर करोडौँका स्याउ कुहिन थालेका छन् । ‘स्याउ धेरै छ, पाकेर रूखबाट झर्न थालिसक्यो, अलिअलि भएको बाकसमा...
बैंगलोर, २२ भदौ-प्यासिफिक एसिया ट्राभल एजेन्ट्स (पाटा) को बैंगलोरमा आयोजना गरिएको ३८ औँ अन्तर्राष्ट्रिय सम्मेलन तथा (पाटा मार्ट) पर्यटन व्यापार मेलामा नेपालको पर्यटकीय गन्तव्य र आकर्षणका बारेमा विश्व बजारमा प्रचारप्रसार गरिएको छ । भदौ २० गतेदेखि प्रारम्भ भएको तीनदिने सो सम्मेलनमा एसिया, युरोपलगायत...
खोटाङ, २२ भदौ-जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने थामखर्क विमानस्थल कालोपत्रे हुने भएको छ । नागरिक उड्डयन प्राधिकरणको नौ करोड २५ लाख २९ हजार ६१ रुपैयाँ ९८ पैसा लगानीमा विमानस्थल कालोपत्रे हुने भएको हो । सञ्चालनमा आएको लामो समयपछि कालोपत्र गर्न लागिएको विमानस्थलका लागि ठेक्का...
काठमाण्डु, २२ भदौ – नेपालको लघुवित्तका पिता भनेर चिनिने डा. हरिहरदेव पन्तको ७२ वर्षको उमेरमा निधन भएको छ । फोक्सोको क्यान्सरका कारण बिरामी परेका पन्तको काठमाण्डुको अनामनगरस्थित आफ्नै निवासमा सोमबार बेलुका निधन भएको हो । नेपालमा लघुवित्त भित्र्याउने श्रेय पाएका पन्तलाई सरकारले फादर अफ...