काठमाण्डु, २५ भदौ-नेपाल उद्योग वाणिज्य महासङ्घले आन्दोलनरत पक्षलाई आफ्ना सबै बन्द हड्तालका कार्यक्रम फिर्ता लिई सकारात्मक परिणाम प्राप्तिका लागि गम्भीररुपमा प्रस्तुत हुन आग्रह गरेको छ । वाणिज्य महासङ्घले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष पशुपति मुरारकाले वार्ता र संवादका लागि संविधानसभाको प्रक्रिया दुई...
काठमाण्डु, २५ भदौ– अर्थमन्त्री रामशरण महतले निरन्तरको बन्द हडतालले देशको अर्थतन्त्रमा नकारात्मक असर परेको बताएका छन् । नेपाल तरुण दल, नेपाल महिला सङ्घ र नेपाल विद्यार्थी सङ्घ नुवाकोटले शुक्रबार संयुक्त रुपमा आयोजना गरेको ‘तीज विशेष’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।...
म्याग्दी,२५ भदौ-म्याग्दीमा उत्पादित अल्लोको कपडा जापान निकासी हुन थालेको छ । बेनी नगरपालिका– ४ हाडेभिरमा हिमाली अल्लो कपडा उत्पादन लघुउद्यमी समूहका सदस्यहरुलाई विदेशबाट कपडाको माग आउन थालेपछि भ्याइनभ्याई भएको छ । अल्लो पुवालाई प्रशोधन गरेर त्यसको धागोबाट कपडा तयार पारिन्छ । कोट,...
पर्वत, २५ भदौ-पर्वत जिल्लामा निजी क्षेत्रले निर्माण गरिरहेको २० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्य जारी रहेको छ । अहिलेसम्म चार किलोमिटर लामो सुरुङको ५७ प्रतिशतभन्दा बढी काम सकिएको छ । मनाङ टे«ड लिङ्कले निर्माण गरिरहेको तल्लो मोदीखोला जलविद्युत् आयोजनाको...
काठमाण्डु, २४ भदौ-अर्थमन्त्री रामशरण महतले लगातारको बन्दले अर्थतन्त्रमा पार्ने नकारात्मक असरबारे राजनीतिक दलको ध्यान नगएकामा दुःख व्यक्त गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज(सेजन)का नवनिर्वाचित पदाधिकारीलाई बिहीबार अर्थमन्त्रालयमा बधाई तथा शुभकामना दिँदै उनले लगातारको बन्दका कारण उद्योग जर्जर बन्दै गएकाले अर्थतन्त्रमा दूरगामी असर...
काठमाण्डु, २४ भदौ– बिहीबार सुनको मूल्यमा गिरावट आएको छ । केही दिनदेखि उतारचढाव आइरहेको सुनको मूल्य बुधबार स्थिर रहेकोमा बिहीबार भने प्रतितोला ६ सय रुपैयाँले घटेको हो । बिहीबार छापावाल सुन प्रतितोला ४९ हजार ८ सय रुपैयाँमा कारोबार भयो भने तेजावी सुन ४९ हजार...
काठमाण्डु, २४ भदौ– साताको अन्तिम दिन बिहीबार नेप्से ४ दशमलव ४५ अंकले ओरालो लागेको छ । बिहीबार १ हजार १ सय ६८ दशमलव ७१ अंकमा झरेर नेप्से बजार बन्द भएको हो । बीमा समुहको परिसुचक सबैभन्दा बढी ९१ दशमलव ०६ अंकले ओरालो लागेको छ ।...
हेटौँडा, २४ भदौ-आन्तारिक राजस्व कार्यालय मकवानपुरले गत आव २०७०/७१ मा विभिन्न प्रकारको राजस्वबापत एक अर्ब ८१ करोड ३४ लाख ६९ हजार राजस्व असुली गरेको छ । अन्तःशुल्कतर्फ एक अर्ब १७ करोड ७४ लाख ६५ हजार, मूल्य अभिवृद्धि करबापत ३२ करोड ५० लाख र आयकरतर्फ...
काठमाडौ, २४ पुस- यस वर्ष भदौ महिनाको दोस्रो साताभित्र १२ मेट्रिक टन जुम्ली प्राङ्गारिक स्याउ काठमाण्डुमा भित्रिएको छ । जुम्लाका स्याउ व्यापारीहरुले अहिले काठमाण्डुका कलङ्की, बल्खु बागबजार, बालाजु र सिंहदरबार अगाडिका गेटलगायतका स्थानमा प्रतिकिलो १०० देखि १२० मा बिक्री वितरण गरिरहेका छन् ।...
इलाम, २४ भदौ-व्यावसायिकरुपमा किबी फलको खेती थालेका इलाम सुलुबुङ–४ तालगाउँका तारामणि खतिवडाले यथेष्ट आम्दानी गरेका छन् । विगत नौ वर्षदेखि किबीखेती विस्तार तथा व्यवसाय सुरु गरेका खतिवडाले वार्षिक छ लाख बढीको आम्दानी गर्दै आएका छन् । सर्वोच्च अदालत काठमाण्डुमा नायब सुब्बाको जागिर छोडेर...
म्याग्दी, २४ भदौ-म्याग्दीको बाबियाचौर–७ लरेनी गाउँका बासिन्दाले सामुदायिक विद्यालय सञ्चालन गर्न घुम्ती कोषको स्थापना गरेका छन् । लरेनीमा रहेको विकास प्राथमिक विद्यालयका निजी स्रोतका शिक्षकलाई तलब खुवाउन स्थानीयवासीले चन्दा सङ्कलन गरी घुम्ती कोष परिचालन गरेका हुन् । समुदायमा पैसा आवश्यक परेका व्यक्तिलाई कोषको...
झापा, २३ भदौ– इराकको राजधानी बग्दादमा रहेको बेलायती राजदूतावासमा आठ वर्षसम्म सुरक्षा गार्डका रुपमा काम गरेर फर्केका गरामनी–९ शैनिकका अनुत सुब्बा यतिबेला इभा थुक्पा उद्योग सञ्चालन गरे बसेका छन् । विदेशमा गरिने पौरख नेपालमा गरे यही पनि मनग्य आम्दानी लिन सकिन्छ भनेर उनले...