सिटी रेबान दसैँ महोत्सव असोज चौथो सातादेखि

काठमाण्डु टुडे २०७२ भदौ १३ गते ७:५८ मा प्रकाशित

dashaiपोखरा, १३ भदौ – सिटी रेबान पोखराले आगामी असोज २२ देखि कात्तिक २ गतेसम्म पोखरा रङ्गशालामा ‘चौथो सिटी रेवान दसैं महोत्सव’ गर्ने भएको छ ।

महोत्सवमा दसैँ का लागि आवश्यक पर्ने उपभोग्य वस्तु नयाँ नोटदेखि खाद्यान्न, लत्ताकपडा, खसी, च्याङ्ग्रालगायत वस्तु राखिने संस्थाका अध्यक्ष तथा महोत्सव आयोजक समितिका अध्यक्ष शेपी शर्माले बताए । महोत्सव आकर्षणका लागि लोकदोहोरी गीत प्रतियोगिता पप कन्सर्ट, विविध सांस्कृतिक कार्यक्रम, हास्य कलाकारको प्रस्तुति, गृहिणी नृत्य प्रतियोगिता, रत्यौली र बाल नृत्य प्रतियोगिता पनि महोत्सवमा राखिने छ ।

त्यस्तै बाल उद्यान, कृषि प्रदर्शनी, भारतबाट आएका कलाकारको भोजपुरी, बिहारी र हिन्दी नृत्य प्रस्तुति पनि रहनेछ । महोत्सवमा दर्शकहरुलाई कोदोका परिकार र भुटेका मकै खुवाइने कार्यक्रम पनि छ ।  महोत्सव सम्पन्न गर्न सिटी रेबानका अध्यक्ष केपी शर्माको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us