अर्थ

बन्दले पूर्वमा ५० अर्बको नोक्सानी

२०७२ भदौ ११ गते १५:३२

मोरङ, ११ भदौ-संयुक्त मधेसी मोर्चाको १६ दिन लामो बन्दका कारण सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रसहित पूर्वाञ्चलका विभिन्न जिल्लामा अहिलेसम्म करिब ५० अर्ब घाटा भएको छ ।   एकपछि अर्को राजनीतिक दल र गैरराजनीतिक समूहले बन्द आह्वान गर्दा उद्योगी, व्यापारी, मजदुर र सर्वसाधारण समस्यामा परेका छन्...

बिजुली सुचारु हुँदा उपभोक्ता हर्षित

२०७२ भदौ ११ गते १४:२०

गुल्मी, ११ भदौ-गुल्मीको वामी गाविस–१ बाट सञ्चालित दरमखोला लघुजलविद्युत् परियोजनाको कुलोको नहर पहिरोले बगाउँदा तीन गाविसका करिब ९०० घरधुरी अध्याँरोमा बसिरहेका उपभोक्ता तथा व्यवसायीलाई संस्थाले आंशिक रुपमा भएनि बिजुली आपूर्ति गर्न सुरु गरेको छ ।   गत भदौ ४ गतेको वर्षाले नहर पहिरोले बगाउँदा...

दमक उद्योग वाणिज्य संघको राहात कोषमा सात लाख उठ्यो

२०७२ भदौ ११ गते १४:००

दमक, ११ भदौ-दमक उद्योग वाणिज्य सङ्घको दैवी प्रकोप राहत कोषमा करिब सात लाख सङ्कलन भएको छ ।   दुई वर्षको अवधिमा कोषको खातामा हालसम्म छ लाख ९० हजार ३०० जम्मा भएको जनाइएको छ । सङ्घले आव २०७१/७२ देखि सङ्घमा आबद्ध हुने सबैलाई कोष वृद्धिका...

८ अंकले नेप्से बढ्दा ८२ करोडको कारोबार

२०७२ भदौ १० गते १७:४८

काठमाण्डु, १० घदौ– बिहीवार नेप्सेमा केही सुधार आएको छ । साताको अन्तिम दिन नेप्से ८ दशमलव १९ अंकले उकालो लागेर केही राम्रो संकेत देखाएको छ । बुधवार नेप्से करिव ३ अंकले घटेको थियो । बिहीबार १ हजार १ सय ८३ दशमलव ७६ अंकमा पुगेर...

माछापालनबाट वार्षिक बाइस लाख आम्दानी

२०७२ भदौ १० गते १७:१५

दाङ, १० भदौ-दाङको लमही नगरपालिका–५ टिकुलीगढका अम्मरबहादुर तामाङले माछापालनबाट वार्षिक २२ लाख आम्दानी गर्न सफल भएका छन् । आठ बिगाहा जग्गा क्षेत्रफलमा आठवटा पोखरी निर्माण गरेर उनले व्यावसायिक रुपमा माछापालन गरिरहेका छन् । अहिले बिहानैदेखि उनको घरमा माछा लिन आउनेको भीड लाग्ने गरेको छ...

पूर्वका बसपार्कको यो बेहाल

२०७२ भदौ १० गते १७:०१

इलाम, १० भदौ-अपर्याप्त बजेटका कारण इलाम नगरपालिका–३ स्थित शेरामा रहेको बसपार्क निर्माण कार्यमा ढिलाइ भएको छ ।   करिब तीन करोडको लागतमा निर्माण हुनेगरी प्रस्ताव गरिए पनि बर्सेनि विनियोजित बजेट न्यून आएकाले बसपार्क निर्माण कार्य सुस्ताएको हो ।   स्थानीय समाजसेवीले करिब १४ रोपनी...

लगातारको बन्दले उपभोग्य वस्तुको अभाव

२०७२ भदौ १० गते १४:१४

इनरुवा, १० भदौ-तेह्र दिनदेखि लगातार भइरहेको बन्दका कारण दैनिक उपभोग्य वस्तुको अभाव भएर सदरमुकाम इनरुवाका जनतालाई सास्ती भएको छ ।   संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र थरुहट कोचिला सङ्घर्ष समिति तथा थारु कल्याणकारिणी सभाले गरेको छुट्टाछुट्टै बन्दका कारण सदरमुकाम इनरुवासहित आसपासका बजार पूर्णरुपले बन्द...

चट्याङले ५० बाख्रा परे

२०७२ भदौ १० गते ११:४९

जाजरकोट, १० भदौ – जाजरकोटको कोर्टाङ गाविस–६ मा कालीबहादुर बस्नेतको गोठमा बुधबार राति चट्याङ पर्दा ५० वटा बाख्रा मरेका छन् । चट्याङबाट घरधनी कालीबहादुर गम्भीर घाइते भएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए । घटना भएको ठाउँ सदरमुकाम खलंगाबाट तीन दिनको पैदल दूरी...

सभासदहरुले भने,‘सहकारीमार्फत आर्थिक क्रान्ति पूरा गर्न सकिन्छ’

२०७२ भदौ ९ गते १९:००

काठमाण्डु, ९ भदौ-राष्ट्रिय सहकारी बोर्डका अध्यक्ष एवम् सभासद् केशव बडालले सहकारीको साझेदारीमा उद्योग खोले नेपालको अर्थतन्त्रले ठूलो फड्को मार्ने बताएका छन् ।   केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेडको २२औँ वार्षिक साधारणसभाको बुधबार आयोजित कार्यक्रममा अध्यक्ष बडालले राज्यले दुग्ध कम्पनीलाई अनुदान दिने व्यवस्था गर्नुपर्नेमा जोड...

वर्ष दिनमा एक सय त्रिचालीस उद्योग थपिए

२०७२ भदौ ९ गते १७:२९

प्यूठान, ९ भदौ-औद्योगिक क्षेत्रको विकास हुन नसकेको समयमा पछिल्लो एक वर्षको अवधिमा जिल्लामा नयाँ १४३ वटा साना तथा घरेलु उद्योग थपिएका छन् ।   जिल्लामा एक वर्षको अवधिमा विभिन्न प्रकृतिका १४३ वटा साना तथा घरेलु उद्योग स्थापनाका लागि छ करोड ३७ लाख ४८ हजार...

पैंतिस लाखको हुलाक टिकट बिक्री

२०७२ भदौ ९ गते १६:१९

झापा, ९ भदौ-जिल्ला हुलाक कार्यालय झापाले गएको आव २०७१/७२ मा ३५ लाखभन्दा बढीको हुलाक टिकट बिक्री गरेको छ ।   जिल्लामा रहेका १७ वटा इलाका हुलाक कार्यालय र ३७ वटा अतिरिक्त हुलाकसहित जिल्ला हुलाक कार्यालयले ३५ लाख १२ हजार ६६५ को टिकट बिक्री गरेको...

शिक्षण पेशा त्यागेर कुखुरा पाल्दा मासिक ५० हजार कमाई

२०७२ भदौ ९ गते १५:३७

खोटाङ, ९ भदौ-खोटाङका एक व्यक्तिले शिक्षण पेसा छाडेर व्यावसायिक कुखुरा फार्म सञ्चालन गरेका छन् ।   दिक्तेल नगरपालिका–३ का सुवास जोशीले लामो समयदेखि गर्दै आएको शिक्षण पेसा छाडेर कुखुरा फार्म सञ्चालन गरेका हुन् । जिल्लामा ब्रोइलर कुखुराको मासु सुपथ मूल्यमा सबै उपभोक्तासमक्ष पु¥याउने उद्देश्यले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us