दमक उद्योग वाणिज्य संघको राहात कोषमा सात लाख उठ्यो

काठमाण्डु टुडे २०७२ भदौ ११ गते १४:०० मा प्रकाशित

nepali-money-a1-445x300
दमक, ११ भदौ-दमक उद्योग वाणिज्य सङ्घको दैवी प्रकोप राहत कोषमा करिब सात लाख सङ्कलन भएको छ ।

 

दुई वर्षको अवधिमा कोषको खातामा हालसम्म छ लाख ९० हजार ३०० जम्मा भएको जनाइएको छ । सङ्घले आव २०७१/७२ देखि सङ्घमा आबद्ध हुने सबैलाई कोष वृद्धिका लागि १०० अनिवार्य जम्मा गर्नुपर्ने नियम गरिएपछि क्रमशः कोषमा रकम वृद्धि हुँदै गएको सङ्घका अध्यक्ष प्रकाश प्रसार्इंले जानकारी दिए ।

 

प्राकृतिक प्रकोपमा हुनसक्ने जोखिम तथा उद्धार, राहत सहयोग उपलब्ध गराउन कोष स्थापना गरिएको उनले बताए । यसैबीच, नेपाल उद्योग वाणिज्य महासङ्घकी वरिष्ठ उपाध्यक्ष भवानी राणाले समेत सोही कोष अभिवृद्धिका लागि ५० हजार दिइएको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us