काठमाण्डु, २० साउन – पेट्रोलियम पदार्थको भाउ घटे पनि सार्वजनिक सवारी साधनको भाडा तत्काल नघट्ने भएको छ । पेट्रोलियम पदार्थको भाउ पाँच रुपैयाँभन्दा बढी घटेमात्र सार्वजनिक सवारी साधनको भाडा घट्ने व्यवस्था वैज्ञानिक भाडा पद्धतिमा गरिएकाले तत्काल भाडा नघट्ने यातायात व्यवस्था विभागले जनाएको छ ।...
विराटनगर, २० साउन– एक हजार र पाँच सयका नक्कली नोट विराटनगर बजारमा देखिन थालेका छन् । असली नोटलाई रङ्गीन फोटोकपि मेसिनबाट एक हजार पाँचसयको नोटको हुबहु देखिने गरी सेतो कागजमा प्रिन्ट गरेर असली नोटका रुपमा बजारमा प्रवाह गर्ने गरेको पाइएको छ । यस कार्यमा...
चितवन, २० साउन– हावाहुरीका कारण केरा ढलेर चितवनको जुटपानीका किसान गोविन्द दाहाललाई विगतमा लाखौँ रकमको केरा क्षति भएको थियो । तर उनी यसपाली भने पीडित भएर बन्नुपरेन । चार हजार ६ सय बोट केरा ढलेर करिब रु १० लाखको केरा क्षति बेहोर्न पुगेका दाहालले...
बुटवल, २० साउन – उद्योग मन्त्री महेश बस्नेतले भूकम्पले नेपालको उद्योग क्षेत्रमा करिब १७ अर्ब बराबरको क्षति भएको बताएका छन् । मन्त्री बस्नेतले भूकम्पबाट भएको क्षतिको प्रारम्भिक प्रतिवेदनअनुसार सरकारले सहुलियत दिनेसमेत बताए । प्रेस चौतारी नेपाल रुपन्देहीले बुधबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले...
कालीकोट, २० साउन – जिल्लाको रास्कोट क्षेत्रका अधिकांश महिला सहकारीमार्फत ऋण लिएर व्यवसाय गर्न अग्रसर भएका छन् । विगत दुई वर्षअघि हिमचुली कृषि सहकारी संस्थाले गाउँमा लघुवित्त कार्यक्रम सञ्चालन गरेको कार्यक्रममार्फत पछिल्लो समयमा महिलाले व्यवसाय सुरु गरेका हुन् । कुटो, कोदालो र घरको काममा मात्र...
बागलुङ, २० साउन– एक करोड रुपैयाँको लगानीमा दुई वर्षअघि माछापालन सुरु शुरु गरेका एक किसानले यथेष्ट आम्दानी गर्न सफल भएका छन् । जिल्लाको हरिचौर गाविस–९ का तिलक उप्रेतीले रिघा गाविसमा सुरु गरेको माछापालनबाट वर्षमा चार लाख रुपैयाँ कमाइ गरेका छन् । उप्रेतीले पाँच वटा...
म्याग्दी, २० साउन– म्याग्दीको पवित्र धार्मिकस्थल गलेश्वरधाममा एकै दिन दुई लाख ५० हजार भन्दा बढी भेटी सङ्कलन भएको छ । साउन महिनाको तेस्रो सोमबार गलेश्वरधाममा भगवान् शिवको दर्शन गर्न आएका भक्तजन तथा दर्शनार्थीबाट दुई लाख ५६ हजार ५३६ भेटी सङ्कलन भएको गलेश्वर शिवालय क्षेत्र...
इलाम, २० साउन –युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत सरकारले लगानी गरेको रकम बालुवामा पानी भएको छ । राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय इलामले दुई वर्षअघि इलाम नगरपालिकाका छजना साना युवा व्यवसायीलाई ऋण प्रवाह गरे पनि उनीहरुले अहिलेसम्म नियमित किस्ता नतिरेको, कसैले व्यवसाय नै...
काठमाण्डु, १९ साउन– नेपाली बजारमा सुनको भाउ ओरालो लाग्ने क्रम जारी छ । मंगलबार सुनको भाउ प्रतितोला तीन सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ४७ हजार पाँच सय रुपैयाँमा किनबेच भयो । यस्तै...
काठमाण्डु, १९ साउन– मंगलबार सेयर कारोबारमा गिरावट आएको छ । सोमबार ७० करोड रुपैयाँको कारोबार भएको नेप्सेमा मंगलबार ४५ करोड २७ लाख ५६ हजार ५ सय ५५ रुपैयाँको मात्र कारोबार भएको हो । कुल १ सय ४४ कम्पनिको ९ लाख ९३ हजार ९ सय ६८...
धनगढी, १९ साउन-दूषित एवम् न्यून गुणस्तरको खाद्य पदार्थ बिक्री वितरण गरिएको पाइएपछि गएको आवमा सुदूरपश्चिमाञ्चलका विभिन्न ५८ व्यापारिक फर्ममाथि मुद्दा दायर गरिएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले सङ्कलन गरेका विभिन्न खाद्य वस्तुका नमुनाको प्रयोगशालामा विश्लेषण परीक्षण गर्दा प्रतिकूल...
मुस्ताङ, १९ साउन-विश्वप्रसिद्ध राउन्ड अन्नपूर्ण पदमार्गमा फोहोरका कारण प्रदूषण बढ्दै गएको छ । कास्की, मनाङ, म्याग्दी, मुस्ताङलगायत जिल्लामा फैलिएको २१ दिने यो पदमार्गअन्तर्गत मनाङ र मुस्ताङको सिमाना, शिख, घार, जोमसोम, कास्कीको नयाँपुल, लगायतका क्षेत्रमा फोहोर बढ्दै गएको हो । प्लास्टिकजन्य वस्तुको प्रयोग...