काठमाण्डु, १७ साउन – अर्थमन्त्री डा. रामशरण महतले उत्पादन वृद्धि नभएसम्म आयात नघट्ने बताएका छन् । वाणिज्य तथा आपूर्ति मन्त्रालयले आइतबार सिहंदरबारमा गरेको छलफल कार्यक्रममा मन्त्री महतले आयातलाई प्रतिस्थापन नगरेसम्म निर्यात नबढ्ने र व्यापार घाटासमेत नघट्ने उल्लेख गरे । आर्थिक वर्ष २०७१/७२ को प्रथम...
चितवन, १७ साउन – आगामी नोभेम्बरसम्ममा अनिवार्य रुपमा एमआरपी लिनुपर्ने भएपछि चितवनबाट राहदानी लिनेको संख्या वृद्धि भएको छ । जिल्ला प्रशासन कार्यालय, चितवनले दिएको जानकारीअनुसार, गत आर्थिक वर्षमा २० हजार ४ सय १७ जनाले राहदानी लिएका छन् । अघिल्लो आर्थिक वर्षमा यो संख्या १६...
विराटनगर, १७ साउन – निर्धारित समयभन्दा बढी समयसम्म विद्युत भार कटौती गरेको विरोधमा विराटनगर, रानीका उपभोक्ताले आइतबार विरोध जनाएका छन् । नेपाल विद्युत प्राधिकरणका क्षेत्रीय प्रमुख विभूतिनाथ मिश्रसमक्ष निर्धारित समयसम्म विद्युत उपलब्ध गराउन विराटनगर–१९, २१ र २२ का उपभोक्ताले ज्ञापनपत्र बुझाएका हुन् । विद्युत्...
चितवन, १७ साउन – आन्तरिक राजस्व कार्यालय भरतपुरको मुख्य राजस्वको हिस्सा अन्तःशुल्कले ओगटेको छ । चितवन र नवलपरासीको दाउन्ने पूर्वका क्षेत्र हेर्दै आएको यस कार्यालय राजस्व कार्यालयमध्येको संकलनको हिसाबले देशकै दोस्रो ठूलो मानिन्छ । गत आर्थिक वर्षमा नौ अर्ब ९३ करोड ७४ लाख रुपैयाँ...
काठमाण्डु, नेपाल स्टक एक्सचेन्ज कार्यालयमा विद्युत प्रवाह नहुँदा तिन घण्टा कारोबार ठप्प भएको छ । आइबार सुचारु हुन नसकेर ब्याकअपमा गडबडी भएपछि १२ बजे खोलन नसकेको बजार ३ बजे मात्र सुचारु भएको थियो । कारोबार साँझ ६ बजेसम्म हुने कार्यालयले जनाएको छ । नेपाल...
झापा, १७ साउन-जिल्ला कृषि विकास कार्यालयबाट झापाका किसानले आव ०७१/७२ मा तीन करोड ७४ लाख ९९ हजार विभिन्न शीर्षकमा अनुदान पाएका छन् । विसं ०७०/७१ को तुलनामा गतवर्ष दोब्बर बढी अनुदान रकम किसानले पाएको कृषि विकास कार्यालयका बाली प्राविधिक शालिकराम भट्टराईले बताए ।...
काठमाण्डु, १७ साउन–व्यवसायिक क्षेत्रहरुमा लगानी, अध्ययन अनुसन्धानमा सरकार र निजी क्षेत्रको सहकार्य बढाउनका लागि सरकार र निजी क्षेत्र सहभागितामा ‘इमर्जिङ नेपाल लिमिटेड’ गठन हुने भएको छ । सरकारसहितको सहभागितामा निजी व्यवसायी र उद्योगीको पहलमा यो कम्पनीको गठन हुन लागेको छ । कम्पनी ऐनमा दर्ता...
काठमाण्डु, १६ साउन– सहकारी क्षेत्रका अगुवाहरु र सहकारी आन्दोलनकर्मीहरुले राष्ट्र बैंकले कुनैपनि बैंकमा सहकारीको लगानी हुन नहुने र शेयर खरीद गर्न नपाउनेगरी गरेको निर्णयप्रति आपत्ति जनाएका छन् । मिडिया इन्टरनेसनलले शनिबार काठमाण्डुमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरुले राष्ट्र बैंकको निर्णय सहकारीले मान्न बाध्य नहुने...
काठमाण्डु, १६ साउन-सार्वजनिक खरिदलाई पारदर्शी र बढी विश्वासिलो बनाउनका लागि सरकारले सबै सरकारी बोलपत्रलाई विद्युतीय माध्यमबाट मात्रै अगाडि बढाउने भएको छ । विद्युतीय माध्यमबाट बोलपत्रको आवेदन गर्दा, त्यसको स्वीकृत गर्दा पारदर्शी हुने र आर्थिक चलखेल कम हुने सरकारले विश्वास लिएको छ । ...
काठमाण्डु, १६ साउन-नेपाल राष्ट्र बैंकले चालु आव २०७२/७३ को मौद्रिक नीति सार्वजनिक गरेलगतै उकालो लागेको नेप्से परिसूचक यो साता ओरालो लागेको छ । यो साताको नेप्से पहिलो दिनको तुलनामा २५।९७ अङ्कले घटेर अन्तिम दिन १०२७.९८ अङ्कमा पुगेको हो । गत साताको नेप्से परिसूचक...
पर्वत, १६ साउन– अविरल वर्षाका कारण मोदीखोलामा आएको बाढीले पर्वतको चुवास्थित १० मेघावाट क्षमताको तल्लो मोदीखोला एक जलविद्युत् आयोजनामा करिव रु ३० करोडको क्षति पुगेको छ । विद्युत्गृहको सुरक्षाका लागि लगाएको पर्खाल भत्केर विद्युत्गृहमा बाढी पसेपछि सबैभन्दा ठूलो क्षति पुगेको छ । विद्युत्गृह पानीले...
काठमाण्डु, १५ साउन-संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले सहरी पर्यटनलाई गाउँ केन्द्रित बनाइनुपर्ने बताएका छन् । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालको १९ औँ वार्षिक साधारणसभा तथा १९ औँ भिटोफ दिवसको शुक्रबार उद्घाटन गर्दै उनले गाउँको स्रोत साधन उपयोग गर्न...