अर्थ

बजार अनुसार उखुको मूल्य निर्धारण गर्न उद्योगीको आग्रह

२०७२ साउन १३ गते १५:२९

काठमाण्डु, १३ साउन – सरकारले एकतर्फी रुपमा उखुको मूल्य निर्धारण गर्दा चिनी उद्योग गम्भीर आर्थिक संकटमा परेको भन्दै निर्णय सच्याउन उद्योगीले आग्रह गरेका छन् । नेपाल चिनी उद्योग संघले बुधबार पत्रकार सम्मेलन गरी सरकारले तोकेको मूल्यमा उद्योगीले उखु किन्नै नसक्ने उल्लेख गर्दै सरकारले तोकेको...

एक अर्ब सत्ताइस करोड राजस्व संकलन

२०७२ साउन १३ गते १५:११

झापा, १३ साउन – आन्तरिक राजस्व कार्यालय भद्रपुर, झापाले आर्थिक वर्ष २०७१÷७२ को अवधिमा एक अर्ब २७ करोड ७५ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । यो अवधिमा कार्यालयले एक अर्ब २३ करोड ८७ लाख १७ हजार रुपैयाँ राजस्व संकलन गर्ने...

सिँचाइको अभावमा धान रोपाइँ न्यून

२०७२ साउन १३ गते १५:०५

सप्तरी, १३ साउन – पर्याप्त सिँचाइको अभावमा र समयमा वर्षा नहुँदा साउनको दोस्रो साता बित्न लग्दा पनि सप्तरीमा करिब २८ प्रतिशत मात्र धान रोपाइँ हुन सकेको छ । जिल्लामा पर्याप्त मात्रामा वर्षा नहँुदा धान रोपाइँमा कमी आएको हो । सिञ्चितमा सात प्रतिशत अर्थात दुई...

सात करोड १४ लाख राजस्व सङ्कलन

२०७२ साउन १३ गते १४:३४

सप्तरी, १३ साउन– जिल्ला प्रशासन कार्यालय सप्तरीले विभिन्न शीर्षकबाट आव २०७१÷७२ मा रु सात करोड १३ लाख ४३ हजार तीन ९० राजस्व सङ्कलन गरेको छ । सो कार्यालयले दिएको जानकारीअनुसार यस आवमा राहदानी सिफारिसमार्फत रु सात करोड एक लाख ११, दण्ड जरिवानाबाट पाँच लाख...

तटबन्ध निर्माणमा भारतको ३८ करोड बढी सहयोग

२०७२ साउन १२ गते १६:५४

काठमाण्डु, १२ साउन-भारत सरकारले नेपालका तीनवटा नदीमा तटबन्ध निर्माण गर्न ३८ करोड ६२ लाख ६ हजार थप सहयोग उपलब्ध गराएको छ ।   उक्त रकम बाग्मती, लालबकैया र कमला नदीमा तटबन्ध निर्माणको बाँकी काम सम्पन्न गर्न खर्च गरिने छ ।   सिँचाइ मन्त्रालयमा मंगलबार...

नेप्सेमा १८ अंकले गिरावट

२०७२ साउन १२ गते १६:४८

काठमाण्डु, १२ साउन– मंगलबारको सेयर कारोबारमा २६ अंकले गिरावट आएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार मंगलबार परिसूचक १८ अंकले तल झरेको हो । त्यस्तै कारोबार रकम भने ५४ करोड १२ लाख रुपैयाँमा सिमित भएको छ । अघिल्लो दिन सोमबारको सेयर बजार सात अंकले...

बजारमुखी अर्थतन्त्रका पक्षमा संविधान जारी गर्न अर्थविदहरुको जोड

२०७२ साउन १२ गते १६:०३

काठमाण्डु, १२ साउन-‘नेपालको संविधान, २०७२’ को प्रारम्भिक मस्यौदा खुला तथा उदार बजारमुखी अर्थतन्त्रका पक्षमा स्पष्ट हुन नसकेको भन्दै त्यसमा परिमार्जन र सुधारको आवश्यकता औंल्याइएको थियो ।   मिडिया इन्टरनेसनलले मंगलबार आयोजना गरेको अन्तरक्रियामा सहभागी पूर्वअर्थमन्त्री तथा उद्योगीले निजी क्षेत्रको प्रवद्र्धन नगरीकन दिगो आर्थिक विकास...

बहुदेशीय कम्पनीले रोयल्टी तिरेनन्

२०७२ साउन १२ गते १५:३५

चितवन, १२ साउन-चितवनको भरतपुरमा रहेका बहुदेशीय (मल्टिनेसनल) कम्पनीले जिल्ला विकास समितिको रोयल्टी कर तिर्न अटेर गरेका छन् ।   यहाँको बोटलर्स नेपाल (तराई) लिमिटेड र माउन्ट एभरेस्ट ब्रुअरीले पटकपटक ताकेता गर्दासमेत रोयल्टी नतिरेको स्थानीय विकास अधिकारी भरतमणि पाण्डेले बताए । जिल्ला विकास समितिले कोकाकोला...

अठार करोड राजस्व सङ्कलन

२०७२ साउन १२ गते १५:२६

भद्रपुर, १२ साउन-मालपोत कार्यालय भद्रपुर, झापाले गएको आर्थिक वर्षमा कुल १७ करोड ९३ लाख ३३ हजार राजस्व सङ्कलन गरेको जनाएको छ । सो अवधिमा कार्यालयले नौ करोड ८२ लाख चार हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्यभन्दा ८२ प्रतिशत अर्थात् आठ करोड...

आर्थिक मुद्धामा कमजोर भएको भन्दै मस्यौदाको चर्को आलोचना

२०७२ साउन १२ गते १५:००

काठमाण्डु,  १२ साउन– संंविधानको मस्यौदामा आर्थिक समृद्धिका एजेण्डा नभएको भन्दै सरोकारवालाले मस्यौदाको चर्को आलोचना गरेका छन् । मिडिया इन्टरनेसनलले मंगलबार काठमाण्डुमा आयोजना गरेको ‘संविधानको मस्यौदा र अर्थतन्त्र’ विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले संविधानको मस्यौदा आर्थिक उन्नतीतिर केन्द्रीत नभएको बताए । कार्यक्रममा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले संविधानको...

काभ्रेका दुर्गम गाविसमा अझै पुगेन राहत

२०७२ साउन १२ गते १४:४७

बनेपा, १२ साउन-काभ्रेपलाञ्चोकमा भूकम्प गएको तीन महिना बितिसक्दा पनि महाभारत शृङ्खलाडाँडापारिका दुर्गम गाविसमा अझै राहत रकम पुग्न सकेको छैन ।   भूकम्प प्रभावित गाविसको प्रतिवेदन आउन समय लागेको र रकमको अभाव पनि भएकाले ती गाविसमा राहत रकम पुग्न नसकेको काभ्रेपलाञ्चोकका स्थानीय विकास अधिकारी चिरञ्जीवी...

रोजगारीका लागि भारत जाने बढे

२०७२ साउन १२ गते १४:०२

भीमदत्तनगर, १२ साउन-खेतीपातीको काम सकिएसँगै पश्चिमी सीमा गड्डा चौकी भएर रोजगारीका लागि भारत जाने नेपालीको सङ्ख्यामा वृद्धि भएको छ । हाल दैनिक एक हजार ५०० भन्दा बढी नेपाली पश्चिमी नाका भएर रोजगारका लागि भारतका विभिन्न सहर गइरहेका छन् ।   असार र साउन महिना...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us