अर्थ

कोसी ब्यारेज भन्सारले तेह्र करोड बढी राजस्व उठायो

२०७२ साउन १५ गते १५:४४

सप्तरी, १५ साउन-सुनसरी र सप्तरीको सिमानामा पर्ने कोसी ब्यारेजस्थित भन्सार कार्यालयले आव २०७१/७२ मा अघिल्लो आव भन्दा दुई करोड ८४ लाख ९६ हजार बढी राजस्व सङ्कलन गरेको छ ।   कार्यालयले दिएका जानकारीअनुसार आव २०७१/७२ मा कुल १३ करोड ५१ लाख १० हजार ६००...

सञ्चयकर्तालाई चौध करोडभन्दा बढी घर सापटी

२०७२ साउन १५ गते १४:४७

पोखरा, १५ साउन-कर्मचारी सञ्चय कोष शाखा कार्यालय पोखराले आव २०७१/७२ मा ७५ जना सञ्चयकर्तालाई १४ करोड ५३ लाख ३१ हजार घर सापटीका लागि ऋण लगानी गरेको छ ।   कार्यालयले उक्त अवधिमा दुईजना कर्मचारीलाई शैक्षिक सापटीतर्फ ४० लाख ऋण प्रवाह गरेको छ । कार्यालयले...

ग्यास उद्योग सञ्चालनसम्बन्धी स्पष्ट कानुन नहुँदा समस्या

२०७२ साउन १५ गते १४:२२

काठमाण्डु, १५ साउन-ग्यास उद्योग सञ्चालन तथा व्यवस्थापन र ग्यास वितरणसम्बन्धी स्पष्ट ऐननियमको अभावका कारण उपभोक्तामा समस्या पर्ने गरेको संविधानसभारव्यवस्थापिका–संसद्अन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले निष्कर्ष निकालेको छ ।   समितिका सभापति भीष्मराज आङ्देम्बेको अध्यक्षतामा शुक्रबार बसेको ग्यास आपूर्ति एवम् व्यवस्थापन विषयमा छलफल...

तामाङ हेरिटेज ट्रेल पर्यटकका लागि सुरक्षित

२०७२ साउन १४ गते १७:४९

काठमाण्डु, १४ साउन-भूकम्पपछि लाङटाङ क्षेत्रमा पर्ने तामाङ हेरिटेज ट्रेल पर्यटकका लागि सुरक्षित रहेको उक्त क्षेत्रमा क्रियाशील पर्यटन व्यवसायीले बताएका छन् ।   तामाङ हेरिटेज ट्रेलका सम्बन्धमा जानकारी गराउने उद्देश्यले बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा तामाङ हेरिटेज ट्रेल होटल व्यवसायी समितिका संयोजक फुर्प ग्याम्जो तामाङले...

द्रुत मार्ग सरकारले बनाउने कि विदेशीले ? मत बाझियो

२०७२ साउन १४ गते १६:२३

काठमाण्डु, १४ साउन-काठमाण्डु–तराई मधेस द्रुत मार्ग नेपाल सरकारले बनाउने कि विदेशी लगानीकर्ता कम्पनीलाई जिम्मा दिने भन्ने विषयमा सांसदहरुबीच मत बाझिएको छ ।   व्यवस्थापिका–संसद् मातहतको विकास समितिको बिहीबारको बैठकमा केही सांसदले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजनालाई सरकारले नै अगाडि बढाउनुपर्ने धारणा राखेका...

भूकम्पले भत्काएको काठमाण्डु–भक्तपुर सडकको मर्मत सुरु

२०७२ साउन १४ गते १५:५२

भक्तपुर, १४ साउन-गत वैशाख १२ गतेको भूकम्पले भत्काएको छ लेन सडकअन्तर्गत कौशल्टार–लोकन्थली सडकको मर्मत कार्य सुरु भएको छ ।   जापान सरकारको आर्थिक सहयोगमा निर्माण भएको नेपालकै पहिलो छ लेन सडकअन्तर्गत कौशल्टार–लोकन्थली सडकमा ठूलो धाजा फाटेर चिरिनाको साथै पर्खाल भत्किएको थियो । भूकम्पले यहाँको...

झापामा ११ लाख मेट्रिक टन खाद्यान्न उत्पादन

२०७२ साउन १४ गते १५:०९

भद्रपुर, १४ साउन-झापामा आव २०७१/७२ मा सबै बाली गरी कुल ११ लाख ४२ हजार ३११ मेट्रिक टन खाद्यान्न उत्पादन भएको कृषि विकास कार्यालय झापाले जनाएको छ ।   प्राप्त विवरणअनुसार सो अवधिमा चैते धान १९ हजार ९०० हेक्टर जग्गामा ९५ हजार ५२० मेट्रिक टन...

विदेशी विश्वविद्यालयसँग सहकार्य गर्दै कृषि विश्वविद्यालय

२०७२ साउन १४ गते १३:१४

चितवन, १४ साउन-कृषि तथा वन विज्ञान विश्वविद्यालयका पदाधिकारी र प्राध्यापकका लागि सम्बन्धित विषय पढाइ हुने भारतका विभिन्न विश्वविद्यालयसँग योजना तर्जुमा र शिक्षण विधिका विषयमा अनुभव आदानप्रदानका लागि यसै आर्थिक वर्षदेखि नयाँ कार्यक्रम सुरु गरिने भएको छ ।   यसअन्तर्गत विश्वविद्यालयका पदाधिकारीदेखि प्राध्यापकसम्म झन्डै ५०...

सुनकोसी विद्युत केन्द्र पुनः सञ्चालनमा

२०७२ साउन १३ गते १७:४७

सिन्धुपाल्चोक, १३ साउन – गत वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त भई बन्द रहेको सुनकोसी जलविद्युत आयोजना पुनः सञ्चालनमा आएको छ । विद्युत गृहमा पानी ल्याउने २.६ किमी सुरुङमध्ये सात सय मिटर सुरुङको मर्मत सम्भार गरिएपछि अहिले ६ मेगावाट क्षमताको विद्युत उत्पादन भएको केन्द्रका प्रमुख...

वन कार्यालयको बेवास्ताले सत्र लाख गुम्ने अवस्था

२०७२ साउन १३ गते १६:४८

काठमाण्डु, १३ साउन – जिल्ला वन कार्यालय काठमाण्डुको बेवास्ताले १७ लाख रुपैयाँ राजस्व गुम्ने अवस्थामा पुगेको छ । गोकर्णको जगडोल सामुदायिक वनमा काटिएका चार सय ४५ वटा सल्लाको रुख तीन वर्षदेखि अलपत्र परेका कारण सरकारलाई १७ लाख रुपैयाँ बराबरको नोक्सान हुने अवस्था छ ।...

विदेशको प्रवेशाज्ञा त्यागेर तरकारी खेतीमा

२०७२ साउन १३ गते १६:३९

पाल्पा, १३ साउन – काम र दामको खोजीमा विदेशमा रगत र पसिना बगाउन जाने युवाको आकर्षण बढिरहेकै बेला रामपुरका मिनु थापालाई भने जापानको प्रवेशाज्ञा भिसा त्यागेर व्यावसायिक तरकारी खेतीमा मन जागेको छ । मासिक १० लाख रुपैयाँ पारिश्रमिक खाने गरी जापानको प्रवेशाज्ञा लगाएका थापा...

निगुरो बेचेर खाद्यान्नको जोहो

२०७२ साउन १३ गते १६:१६

मोरङ, १३ साउन – हरेक दिन बिहान झोलामा खाजा बोकेर ५३ वर्षीय नरबहादुर कार्की र कमला कार्की निगुरो खोज्न जंगलतर्फ हानिन्छन् । महेन्द्र राजमार्गको मोरङ खण्डमा पर्ने कानेपोखरीदेखि बेतना सीमसार आसपासको जंगलमा पाइने जंगली साग निगुरो बचेरै उनीहरुले खाद्यान्नको जोहो गर्ने गरेका छन् ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us