काठमाण्डु, ३० वैशाख– ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ । ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरिका सर्वश्रेष्ठ बैंकहरु छनोट गरी सम्मानित गरेको हो । बैंकको विश्वसनीयता, वित्तीय श्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री...
काठमाण्डु, २६ वैशाख– आन्तरिक राजस्वको प्रभावकारी कार्यान्यवनको क्षेत्रमा सहकार्य गर्दै आएको अन्तर्राष्ट्रिय संस्था एडिस टयाक्स इनिसिएटिभ (एटिआई) को क्षेत्रीय प्राविधिक बैठक नेपालमा जारी छ । दरबारमार्गस्थित याक एण्ड यति होटलमा जारी बैठकमा एटिआई सदस्य १६ मुलुकका कर प्रशासक, विज्ञ र विकास साझेदारका प्रतिनिधि गरी...
काठमाण्डु, २४ वैशाख– ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता, आत्मनिर्भरता र स्वरोजगारी प्रवद्र्धन गर्न पालिकाभित्र रहेका उद्यमीहरुलाई सरल र सहजरुपमा कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । यससम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा...
काठमाडु, २३ वैशाख–डेडिकेटेड र ट्रंक लाइन सम्बन्धी विवाद अध्ययन गर्न गठित ‘विद्युत् महसुल विवाद समाधान जाँचबुझ आयोग’ ले प्रतिवेदन बुझाएको छ । सरकारले उक्त विवाद समाधानका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वमा २०८० पुस २४ मा जाँचबुझ आयोग ऐन २०२६ को दफा (३)...
काठमाण्डु, २२ वैशाख– एसियाली विकास बैंक (एडिबी) ले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई थप सहायता उपलब्ध गराउने भएको छ। एडिबीको ५७औं वार्षिक बैठकमा सहभागी हुन जर्जियाको राजधानी त्बिलीसी पुगेका अर्थसचिव मधुकुमार मरासिनीसँगको साइड लाइन वार्तामा एडिबी अध्यक्ष मासात्सुगु आसाकावाले उक्त प्रतिबद्धता जनाएका हुन्। सचिव...
काठमाण्डु, २१ वैशाख– मन्त्रिपरिषद बैठकले विभिन्न १५ निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले १५ वटा निर्णय गरेको हो । बैठकले विश्व बैंकबाट उपलब्ध हुने एक सय मिलियन अमेरिकी डलर (करिब १३ अर्ब ३३ करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण स्वीकृत गर्ने निर्णय गरेको...
काठमाण्डु, २१ वैशाख– संस्थागत सामाजिक उत्तरदायित्त्व अन्तर्गत ग्लोबल आइएमई बैंकको कान्तिपथ शाखाले वित्तीय तथा डिजिटल बैंकिङ्गसम्बन्धी साक्षरता कार्यक्रम आयोजना गरेको छ । शुक्रबार आयोजित उक्त कार्यक्रममा ३ सयभन्दा बढी ग्राहकहरुको सहभागिता थियो । कार्यक्रममा बैंकका मार्केटिङ विभाग प्रमुख दिलिप पोखरेल, वागमति प्रदेश प्रमुख रूपेन्द्र...
काठमाण्डू, १८ वैशाख– सरकारले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । आयोग संचालक समिति बैठकले मंगलबार डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाएको हो । नयाँ मूल्य सूची बुधबार बिहान १बजेदेखि लागू हुने निगमले जनाएको छ । हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर एक रुपैयाँ...
काठमाण्डू, १८ वैशाख- स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई बैंक लिमिटेडलाई १० मिलियन अमेरिकी डलर अर्थात् करिब एक अर्ब ३२ करोड रुपैयाँ लगानी गर्ने भएको छ । यस सम्बन्धि सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र स्वीस इन्भेष्टमेन्ट फन्ड...
काठमाण्डु, विकास साझेदार संस्थाहरूले नेपालमा लगानीको वातावरण बन्दै गएको बताएका छन् । तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) सहित विकास साझेदार संस्थाका प्रतिनिधिले सोमबार बिहान कार्यक्रम स्थल होटल सोल्टीमा अर्थमन्त्री...
काठमाण्डु, १७ वैशाख- ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रीन आवास कर्जा योजना ल्याएको छ । यस कर्जा योजनाअन्तर्गत ७ वर्षसम्मको कर्जा अवधिमा अधिकतम् १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था रहेको छ । वातावरणमैत्री गतिविधिहरुलाई उत्प्रेरित गर्ने उद्देश्यले बैंकले दिगो...
काठमाण्डु, १६ वैशाख– भारतको सतलज जलविद्युत निगमका अध्यक्ष तथा म्यानेजिङ डाइरेक्टर सुशील शर्माले नेपालमा लगानीको वातावरण राम्रो रहेको बताएका छन् । आफ्नो कम्पनीले सन् २००८ देखि नेपालमा लगानी सुरू गरेको भन्दै उनले काम गर्ने वातावरण सहज भएको बताए । ९ सय मेगावाटको अरूण तेस्रो...