अर्थ

प्रधानमन्त्रीलाई अर्थविदहरुले दिए महत्वपूर्ण सुझाव

२०७३ असार ४ गते १६:१०

काठमाण्डु, ४ असार– अर्थराज्य मन्त्री दामोदर भण्डारीले बजेट कार्यान्वयनको चरणमा गएपछि मुल्य बृद्धि आफै घट्दै जाने दावी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले सो कुराको दावी गरेका हुन् । कार्यक्रममा उनले मुल्य बृद्धिप्रति सरकार सचेत रहेको भन्दै मुल्य बृद्धि...

अर्घाखाँचीमा कागती मिसन सुरु

२०७३ असार ४ गते १५:३८

अर्घाखाँची, ४ असार – दाल तरकारीमा होस् या तातोपानीमा, निचोरेर खाँदा स्वादिलो हुने कागती उत्पादन हुने जिल्लाको रुपमा विकास गर्न लुम्बिनी अञ्चलको पहाडी जिल्ला अर्घाखाँचीमा कागती मिसन सञ्चालन गरिएको छ । गत वर्षदेखि सुरु गरिएको कागती मिसन अभियानमा यस वर्ष जिल्लाका अर्घातोष, मैदान र...

ठगी गर्ने मेनपावर सरकारको निगरानीमा छन्: श्रममन्त्री

२०७३ असार ४ गते १५:१४

बुटवल, ४ असार- श्रम तथा रोजगार मन्त्री दीपक बोहोराले वैदेशिक रोजगारमा हुने ठगीलाई नियन्त्रण गर्न सरकार क्रियाशील रहेको बताएका छन् । सरकारले गतवर्ष असारदेखि नै वैदेशिक रोजगारमा जाने कामदारलाई ‘फ्रि भिसा र फ्रि’ टिकटको व्यवस्था लागू गरे पनि त्यसको व्यवहारमा कार्यान्वयन हुन नसकेको भन्दै...

अवसर ! घाटामा जाँदा पनि बोनस दिन खोज्ने संस्थानमा जागिर खुल्यो

२०७३ असार ४ गते १२:१९

काठमाण्डु, ४ असार– संस्था घाटामा जाँदा पनि बोनस खुवाएको अभियोगमा नेपाल आयल निगमका केही पदाधिकारी अख्तियारको कारबाहीमा परे । अरुको लागि जे जस्तो भए पनि आयल निगमले आफ्ना कर्मचारीका लागि भने राम्रो सुविधा दिने गरेको छ । यहि आयल निगममा अहिले विभिन्न ६२ पदमा...

‘प्रुडेन्सियल इन्स्योरेन्सले प्रिमियम लियो, क्षतिपूर्ति दिएन’

२०७३ असार ४ गते ११:५५

काठमाण्डु, ४ असार– प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रिमियम लिएर क्षतिपूर्ति दिन अस्वीकार गरेको एक पीडितले आरोप लगाएका छन् । बुटवल –७ स्थित श्रेष्ठ टेलरिङ सेन्टरका सञ्चालक जीवनलाल दर्जीले ९० लाख रुपैयाँको बीमा प्रुडेन्सियलबाट गराएका थिए । नियमानुसार बर्सेनि प्रिमियम पनि सो कम्पनीलाई बुझाउँदै आएका...

राष्ट्रिय प्रसारणमा जोडियो अप्परमाई विद्युत आयोजनाबाट उत्पादित विद्युत

२०७३ असार ४ गते ११:१२

इलाम, ४ असार – पञ्चकन्या माइभ्याली हाइड्रोपावर कम्पनीले सञ्चालन गरेको ८ दशमलव ९८ मेगावाट क्षमताको अप्परमाई जलविद्युत् आयोजनाको उत्पादन राष्ट्रिय विद्युत् प्रसारण लाइनमा जोडिएको छ । दुई महिनाको आन्तरिक परीक्षणपछि कावेली कोरिडोरको गोदकस्थित सवस्टेसनमा अप्परमाईको विद्युत् प्रवाह भएको हो । अप्परमाईको उत्पादन सुरू भएस“गै जिल्लाको...

८ दशलव ९८ मेगावाट राष्ट्रिय प्रसारणमा जोडियो

२०७३ असार ४ गते ८:४३

इलाम, ४ असार – पञ्चकन्या माइभ्याली हाइड्रोपावर कम्पनीले सञ्चालन गरेको ८ दशमलव ९८ मेगावाट क्षमताको अप्परमाई जलविद्युत् आयोजनाको उत्पादन राष्ट्रिय विद्युत् प्रसारण लाइनमा जोडिएको छ । दुई महिनाको आन्तरिक परीक्षणपछि कावेली कोरिडोरको गोदकस्थित सवस्टेसनमा अप्परमाईको विद्युत् प्रवाह भएको हो । अप्परमाईको उत्पादन सुरू भएसँगै...

दूध बेचेर पाँच लाख आम्दानी

२०७३ असार ३ गते १३:०७

पाल्पा, ३ असार – व्यावसायिक रुपमा पशुपालन गर्न थालेपछि रामपुर नगरपालिकाका किसानले दूध बेचेर मनग्य आम्दानी गर्न थालेका छन् । किसानले दूध बेचेर वार्षिक पाँच लाख रुपैयाँसम्म आम्दानी गर्न थालेका छन् । रामपुर क्षेत्रमा उत्पादित दूध स्थानीय बजारमा नै खपत हुने गरेको छ ।...

सडकमा सौर्य बत्ती जडान गर्न १३ करोडको बजेट विनियोजन

२०७३ असार ३ गते १२:४४

झापा, ३ असार – झापाका सातवटा नगरपालिकालाई सडकमा सौर्य बत्ती जडान गर्न सरकारले १३ करोड सात लाख रुपैयाँ विनियोजन गरेको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सबै नगरपालिकालाई जनसहभागितामा आधारित सौर्य सडक बत्ती कार्यक्रमका लागि उक्त रकम विनियोजन गरेको हो । सौर्य...

सम्पूर्ण अनुगमनपछि मात्र उपत्यकाका तारे होटलको कर तय गरिने

२०७३ असार ३ गते ११:४५

काठमाण्डु, ३ असार – तारे होटलले कर तिर्नका लागि विवरण लिएर आउन थालेपछि काठमाण्डु महानगरपालिकाले स्थलगत अनुगमन गरेर मात्र होटलको कर तय गर्ने भएको छ । धेरै होटलले लामो समयसम्म पनि कर नतिरेको र कामपाको कानुनी प्रक्रियापछि आफ्नो हिसाबले करको विवरण लिएर आएकाले कर...

चुरे क्षेत्रको संरक्षणका लागि ‘२० वर्षे गुरुयोजना’को तयारी

२०७३ असार २ गते १७:२७

काठमाण्डु, २ असार – ‘राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति’ले चुरे क्षेत्रको प्राकृतिक स्रोत संरक्षण गरी गरिबी न्यूनीकरणमा टेवा पु¥याउने लक्ष्यसहित २० वर्षे गुरु योजना तयार पारेको छ । समितिको स्थापना दिवसका अवसरमा ‘चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा...

कुखुराबाट ३३ अर्ब ७२ करोड आम्दानी

२०७३ असार २ गते १७:०९

चितवन, २ असार – नेपालमा व्यावसायिक कुखुरापालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार रुपैयाँ आम्दानी गर्ने गरेका छन् । केन्द्रीय तथ्याङ्क विभागले गरेको नेपाल व्यावसायिक कुखुरापालन सर्वेक्षण २०७१/७२ को तथ्याङ्कअनुसार चितवनमा मात्र १० अर्ब...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us