अर्थ

यस वर्ष चैते धानको उत्पादन बढ्यो

२०७३ असार ६ गते १६:३२

भद्रपुर, ६ असार – झापामा यस वर्ष चैते धानको उत्पादन बढेको छ । जिल्लामा चैते धान हल्दिनाथको उत्पादन परीक्षण गर्दा एक बिगाहामा १२८ मन फलेको वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमल्सेनाले जानकारी दिए । अहिले चैते धान अहिले भित्र्याउने बेला भएको छ । किसानले...

माथिल्लो कर्णाली आयोजना निर्माण चाँडै थालिए तीन जिल्लावासीको जिवनस्तर चाँडै फेरिने

२०७३ असार ६ गते १५:२९

दैलेख, ६ असार – माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माण सुरु भए दैलेख, अछाम र सुर्खेतको आर्थिक जीवनस्तरमा उल्लेख्य परिवर्तन आउनेमा स्थानीयवासी आशावादी देखिएका छन् । स्थानीयवासीको जीवनमा आयोजनाले पार्ने सकारात्मक प्रभावलाई विकासको नयाँ चरणमा लैजाने सोच र उत्कृट चाहना तीन वटै जिल्लाका प्रभावितले राखेका...

न आकाशको पानी न नहरको, अब सिधै नदीको पानीले खेतीपाती

२०७३ असार ६ गते १४:०४

म्याग्दी, ६ असार – बेनी नगरपालिका–५ चुत्रेनीका रामबहादुर पौडेललाई धानको ब्याड राख्नलाई यस वर्ष मनसुन पर्खनुपरेन । मुल फुटेर खोल्सामा आउने पानीले ब्याड राख्दै आएका पौडेलले यसपालि म्याग्दी नदीबाट पानी तानेर समयमै ब्याड राखेका छन् । विद्युतीय उपकरणको प्रयोग गरेर पानी तान्ने प्रविधि भित्रिएपछि...

छ महिनामा १५ हजार पर्यटक मुस्ताङ पुगे

२०७३ असार ६ गते १२:०२

मुस्ताङ, ६ असार – पर्यटकीय जिल्ला मुस्ताङमा पछिल्लो छ महिनामा १५ हजार पर्यटकले अवलोकन भ्रमण गरेका छन् । राउण्ड अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने मुस्ताङमा पदयात्रासँगै लोमान्थाङ, धार्मिकस्थल मुक्तिनाथ, दामोदरकुण्ड, कागबेनी र प्राकृतिक सुन्दरतामा रमाउन बर्सेनि बाह्य पर्यटक आउने गरेका छन् । सन् २०१६ को जनवरीदेखि...

७ सय कृषकले पाए अनुदान

२०७३ असार ६ गते ११:२०

मोरङ, ६ असार – जिल्ला कृषि विकास कार्यालय मोरङले धान उत्पादन कार्यक्रमअन्तर्गत अनुदानबापतको रकम वितरण गर्न सुरु गरेको छ । एसआरआइ प्रविधिबाट चैते धान लगाउने ७३१ जना कृषकलाई कार्यालयले अनुदानबापतको रकम वितरण गरेको जिल्ला कृषि विकास कार्यालय मोरङले जनाएको छ । एसआरआइ प्रविधिबाट चैते...

चितवन निकुञ्जमा ८२ हजार पर्यटक पुगे

२०७३ असार ६ गते १०:४५

चितवन, ६ असार – चितवन राष्ट्रिय निकुञ्जमा चालु आवको ११ महिनामा ८२ हजार पर्यटक पुगेका छन् । उनीहरुबाट झन्डै १२ करोड रुपैयाँ राजस्व संकलन भएको निकुञ्जले जनाएको छ । सबैभन्दा बढी प्रवेश शुल्कबाट राजस्व संकलन भएको निकुञ्जका रेन्जर ऋषिराम ढकालले जानकारी दिए । उनका अनुसार...

अमेरिकाले यति धेरै उद्योगमार्फत नेपालमा लगानी गर्ने !

२०७३ असार ५ गते १५:५०

काठमाण्डु, ५ असार-संयुक्त राज्य अमेरिकाका ३२२ उद्योगले मुलुकको विभिन्न क्षेत्रमा सात अर्ब ३३ करोड ३० लाख लगानी गर्न स्वीकृति प्राप्त गरेका छन् । अमेरिकाका सबैभन्दा बढी १४८ उद्योगको लगानी नेपालको सेवा क्षेत्रमा रहेको उद्योग विभागले जनाएको छ । विभागको तथ्याङ्कअनुसार अमेरिकी उद्योगको आकर्षण स्वफ्टवयर...

माथिल्लो कर्णाली जलविद्युत् आयोजनास् प्रभावित क्षेत्रमा समर्थन, सुगम क्षेत्रमा विरोध

२०७३ असार ५ गते १५:०५

काठमाण्डु, ५ असार-माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको समर्थनमा प्रभावित क्षेत्रका जनता देखिएका छन् भने सहर तथा सदरमुकाममा रहेका केही व्यक्ति तथा समूह विरोधमा रहेको पाइएको छ । आयोजना अगाडि बढाउँदा स्थानीयवासीको माग र भावनालाई सम्बोधन गर्नुपर्ने स्थानीय प्रभावितको धारणा छ भने सुगम क्षेत्रका नागरिकले क्षमताको...

माथिल्लो कर्णाली आयोजनाका प्रभावितलाई चित्तै बुझेन

२०७३ असार ४ गते १७:३६

दैलेख, ४ असार – माथिल्लो कर्णाली जलविद्युत आयोजनाका प्रभावितले आफूहरुलाई चित्त बुझाएर तत्काल परियोजना अगाडि बढाउन भारतीय लगानीकर्ता ग्रान्ध्री माल्लिकार्जुन राव (जिएमआर)लाई ध्यानाकर्षण गराएका छन् । व्यवस्थापिका–संसद्, कृषि तथा जलस्रोत समिति र लगानी बोर्डको कार्यालयले आयोजना प्रभावित क्षेत्रमा गरेको स्थलगत अवलोकन तथा अन्तक्र्रिया कार्यक्रममा...

परम्परागत खेती छाडेर तरकारी खेती थालेपछि मनग्य आम्दानी

२०७३ असार ४ गते १७:०४

पाल्पा, ४ असार – व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि यहाँका किसानले परम्परागत खेती छाडेर तरकारीखेती गर्न थालेका छन् । जिल्लाको दक्षिणी भेगस्थित कोलडाँडाका अधिकांश किसान धान, मकै र गहुँखेती छाडेर तरकारी खेतीतर्फ आकर्षित भएका हुन । मकै, धान र गहुँखेतीबाट भन्दा तरकारीखेतीबाट...

साना सहरीले गरिब जनताको घरमा धारा जडान गर्न ऋण दिने

२०७३ असार ४ गते १६:४३

गोरखा, ४ असार – गोरखा सदरमुकाममा खानेपानी वितरण गर्दै आएको पृथ्वीनारायण साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले गरिब जनताको घरमा धारा जडान गर्न ऋण सहयोग दिने भएको छ । आर्थिक अवस्था कमजोर भएका सीमान्तकृत, दलित एवम् जनजातिलाई धारा जडानमा ५० प्रतिशत छुट दिइने भएको...

बिमा पनि सुगमका किसानलाई मात्र बाँडियो, गाउँका किसान अवसरबाट वञ्चित

२०७३ असार ४ गते १६:१५

बनेपा, ४ असार – किसानले बाली तथा पशुधनको सुरक्षाको लागि ग्रामीण क्षेत्रमा बिमाको पहुँच नपुग्दा आफूहरु बिमाको अवसरबाट वञ्चित भएको बताएका छन् । काभ्रेपलाञ्चोकको सुगम क्षेत्रमा केही बाली र पशुधनको बिमा विभिन्न सहकारी मार्फत भए पनि बिमा कम्पनीको पहुँच गाँउ/गाँउ र बस्तीमा नभएकाले बिमालाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us