अर्थ

८३ लाख राजस्व संकलन

२०७३ असार १० गते १५:४७

सिन्धुली, १० असार – जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आवको जेठ मसान्तसम्ममा ८२ लाख ८६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । ट्राफिक नियम उल्लघंन गरेकाहरुबाट जरिवाना स्वरुप राजस्व संकलन गरिएको हो । यस क्रममा १५ हजार ८०० सवारीलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी...

माथिल्लो कर्णाली जलविद्युत् आयोजनाः भारतीय लगानी, दलीय सहमति र स्थानीयवासीको माग

२०७३ असार १० गते १५:४६

  दैलेख, १० असार– माथिल्लो कर्णाली जलविद्युत् आयोजनालाई तत्काल अगाडि बढाउन स्थानीयवासीको माग सम्बोधन तथा प्रमुख दलबीच सहमति हुनु जरुरी रहेको छ । भारतीय लगानीकर्ता कम्पनी ग्रान्धी माल्लिकार्जुन राव जिएमआरले अगाडि बढाउन लागेको सो आयोजनाका सम्बन्धमा स्थानीयवासीको विरोध एकातिर रहेको छ भने अर्कोतिर लगानी...

सरकारले १५ दिनभित्र ४० करोड नदिए साझा प्रकाशनले आफ्ना जग्गा बेच्ने

२०७३ असार १० गते १४:०१

काठमाण्डु, १० असार – आर्थिक रुपमा जर्जर साझा प्रकाशनले ऋण तिर्न आफ्ना चलअचल सम्पति बेच्ने भएको छ । प्रकाशन सञ्चालक समितिले सरकारले आउँदो १५ दिनभित्र ४० करोड रुपैयाँ अनुदान नदिएमा आफ्ना विभिन्न जग्गा बिक्री गर्ने निर्णय गरेको हो । साथै कर्मचारी कटौतीलगायत सुधारका काम अघि...

८१ हजार पर्यटकले चितवन निकुञ्जको भ्रमण गरे

२०७३ असार १० गते १३:४४

चितवन, १० असार – यस आर्थिक वर्षको ११ महिनामा ८१ हजार आठ सय १३ पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन् । उनीहरुमध्ये सौराहा नाका हुँदै ७१ हजार २०४ जना तथा बाँकी १० हजार ६०९ पर्यटक अन्य सात नाकाबाट प्रवेश गरेको निकुञ्जको तथ्याङ्कमा उल्लेख...

कृषि व्यवसाय गरी समृद्ध बन्दैछन् थारु महिला

२०७३ असार १० गते १३:१२

नेपालगन्ज, १० असार – बाँकेका थारु समुदायका अधिकांश महिला तरकारीखेती र पशुपालन व्यवसायमा संलग्न भएको पाइन्छ । कृषिसँग सम्बन्धित विभिन्न तालिम र बीउबिजन तथा सिँचाइ सुविधा पाएपछि उनीहरु तरकारी खेतीतर्फ आकर्षित हुन थालेका हुन् । बैजापुर, वनकटवा, कोहलपुर, बिनौना, कचनापुर, फत्तेपुर क्षेत्रका अधिकांश थारु...

१५ करोडमा फैंदारघाट सिँचाइ आयोजना

२०७३ असार १० गते १०:५१

झापा, १० असार – दक्षिणी झापाको राजगढमा ६०० हेक्टर क्षेत्रफल सिँचाइ गर्ने गरी फैंदारघाट सिँचाई उपआयोजना सञ्चालन गरिने भएको छ । नेपाल सरकारको साना तथा मझौला सिँचाइ योजनाअन्तर्गत १५ करोड रुपैयाँको लागतमा उक्त योजना सञ्चालन गर्न लागिएको सिँचाइ विकास डिभिजन झापाका प्रमुख ईश्वरी तिवारीले...

यदि नेपालले भारतको यी कुरा मान्यो भने ३० महिनामा पाइपलाइनबाटमार्फत नेपाल आउनथाल्छ तेल

२०७३ असार ९ गते २०:२९

काठमाण्डु, ९ असार– भारतीय आयल कर्पोशनले आईओसीले रक्सौल–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तारका लागि नेपाल समक्ष शर्त अघि सारेको छ। आईओसी पाइपलाइन प्रोजेक्टका प्रमुख एस गांगुलीको नेतृत्वमा आएको १० सदस्य टोलीले आपूर्ति मन्त्रालय र निगमका प्रतिनिधिसँग बिहिबार गरेको छलफलमा पाँच शर्त अघि सारेको हो ।  ...

अझै सुल्झिएन माथिल्लो कर्णाली विद्युत आयोजनाको क्षमताबारे विवाद

२०७३ असार ९ गते १७:१७

दैलेख, ९ असार – माथिल्लो कर्णाली जलविद्युत आयोजनालाई भारतीय लगानीकर्ता कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर)ले नौ सय मेगावाटमा अगाडि बढाउने तयारी गरिरहेको बेला स्थानीयवासीले भने क्षमता बढी रहेको बताउँदै आएका छन् । क्षमताको विषयमा विवाद रहेका कारण स्थानीयवासीले विरोध गर्ने अवसर पनि पाएका छन्...

मोरङका सात जुट उद्योग बन्द

२०७३ असार ९ गते १६:१०

मोरङ, ९ असार – मोरङ–सुनसरी औद्योगिक करिडोरमा सञ्चालित सातवटा जुट उद्योग बन्द भएका छन् । सरकारले दिने सुविधा क्रमशः कटौती हुन थालेपछि ती उद्योग बन्द भएका हुन् । नेपाल जुट उद्योग सङ्घका अनुसार अहिले यस करिडोरमा चारवटा मात्र उद्योग जेनतेन चलिरहेका छन् । भारतीय उत्पादनसँग...

अब खेतमा पानी हाल्न पालो कुर्न पर्दैन, धान पनि समयमै रोपिन्छ

२०७३ असार ९ गते १५:५५

म्याग्दी, ९ असार – विगतका वर्षमा पानीका लागि पालो पर्खदा असार महिनाको अन्त्यतिर धान रोप्ने बाबियाचौर–८ का जीवन कार्कीले यसपालि तीन हप्ताअघि नै रोपाइँ सके । पानीको स्रोत कम हुँदा पालो कुर्दा समयमै धान रोपाइँ र सिँचाइ गर्न नपाउने कार्की जस्तै रणवाङका कृषक यस...

डुङ्गा चलाउने व्यवसायमा महिला सक्रियता बढ्यो

२०७३ असार ९ गते १४:०३

 पोखरा, ९ असार – लेखनाथ नगरपालिकास्थित बेगनास तालमा डुङ्गा चलाउने र माछा मार्ने व्यवसायमा महिला सक्रियता बढेको छ । यस व्यवसायबाट मनग्य आम्दानी हुन थालेपछि महिला आकर्षित बनेका हुन् । बेगनास ताल आसपासका क्षेत्रमा बस्दै आएका २० जनाभन्दा बढी महिला डुङ्गा चलाउने पेसामा सक्रिय...

अलैँचीका बिरुवा वितरण

२०७३ असार ९ गते १३:०६

इलाम, ९ असार – इलाम जिल्ला कृषि विकास कार्यालयले किसानलाई अलैँचीका बिरुवा वितरण गर्न थालेको छ । अलैँची विकास केन्द्र फिक्कल, विभिन्न निजी बगानबाट खरिद गरेर किसानलाई निःशुल्क बिरुवा वितरण गरिएको हो । यस वर्ष कार्यालयले एक लाख ६८ हजार विरुवा वितरण गर्ने जनाएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us