पाल्पा, ११ असार- उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकार तयार रहेको बताएका छन् । पत्रकारको पाउनुपर्ने न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै न्यूनतम पारिश्रमिक निर्धारण समितिद्वारा शनिबार पाल्पामा आयोजित पश्चिमाञ्चलस्तरीय अन्तक्र्रियामा बोल्दै मन्त्री पाण्डेयले पत्रकारको दैनिकी चल्ने गरी...
काठमाण्डु, ११ असार – बूढीगण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रमा पर्ने धादिङ र गोरखाका भूकम्पपीडितले अस्थायी आवास निर्माणका लागि प्रतिपरिवार दुई लाख रुपैयाँ पाउने भएका छन् । आयोजना प्रभावित क्षेत्रका भूकम्पपीडितले घर तथा आवास निर्माण गर्ने कि नगर्ने भन्ने अन्योल छाइरहेका बेला राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले...
चितवन, ११ असार – एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) तरिकाले खेती गर्दा फाइदा हुने भएपछि किसानहरु यसतर्फ आकर्षित भएका छन् । आम्दानी पनि बढ्ने, मानवीय स्वास्थ्यमा असर नपर्ने र माटोको उर्वराशक्तिको पनि विकास हुने भएकाले आइपिएम तरिकाले खेती गर्न थालिएको चितवनको पदमपुरकी किसान सरस्वती आचार्यले...
काठमाण्डु, ११ असार – सेयर बजारमा यससाता नेप्से परिसूचक ४४ अङ्कले बढेर एक हजार ६६६.९९ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार साताभर १४७ कम्पनीको सात अर्ब ८२ करोड रुपैयाँ बराबरको एक करोड १० लाख कित्ता सेयर खरिद बिक्री भएका छन् । नेप्से परिसूचक...
काठमाण्डु, ११ असार-बजारमा अत्यधिक मात्रामा रकम थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आइतबार १० अर्ब बराबरको राष्ट्र बैंक ऋणपत्र जारी गर्ने भएको छ । तरलतालाई केही हदसम्म भए पनि नियन्त्रण गर्ने लक्ष्यका साथ बैंकले ऋणपत्र मार्फत बजारबाट रकम उठाउन लागेको हो । बैंकले एक सूचना मार्फत...
डडेल्धुरा, ११ असार – खोला तथा वनपाखामा कुहिएर जाने विषालु अल्लो आम्दानी स्रोत बनेको छ । हातखुट्टाले छुँदा पोल्ने विषालु अल्लो प्रशोधन गर्ने सीप सिकेपछि यो कृषकको आम्दानीको स्रोत बनेको हो । घना जङ्गल वा खोल्सामा ठूलोपात भएको लामो रेसादार विषालु काँडा भएको ‘सिस्नो’...
काठमाण्डु, ११ असार – तपाईंलाई सुन्दा अचम्म लाग्ला, एकमुठा सागभन्दा कपडा सस्तो हुन्छ भनेर । तर सामाखुसी टाउनप्लानिङमा रहेको एक पसलमा सागभन्दा कपडा सस्तोमा पाइन्छ । अहिले बजारमा एकमुठा सागको २० रुपैयाँ पर्छ तर उक्त पसलमा एउटा सर्ट भने १० रुपैयाँमा नै पाउन सकिन्छ...
कञ्चनपुर, ११ असार – वृक्षारोपण गरी वातावरण संरक्षणमा टेवा पु¥याउने उद्देश्यले वन कार्यालय कञ्चनपुरले नर्सरी तयार गरी चार लाख ६५ हजार विभिन्न प्रजातिका बिरुवा उत्पादन गरेको छ । सिसौ, मसाला, टिक, कोइराला, टँकी, बकाइनो, अर्जुन, विजयसाललगायतका प्रजातिका बिरुवा उत्पादन गरिएको छ । सामुदायिक वन,...
वालिङ, ११ असार– स्याङ्जाको दक्षिण पूर्वी चापाकोट नगरपालिकामा सञ्चालित चापाकोट टार सिँचाइ योजनाको नहर पहिरोका कारण अवरुद्ध हुँदा किसान समस्यामा परेका छन् । हिउँदमा समेत सिँचाइ गर्न नपाएका यहाँका किसान वर्षायामको सुरुवातसँगै नहरको विभिन्न स्थानमा गएको पहिरोले झन चिन्तित भएका हुन् । ‘पुनःनिर्माणकै लागि...
काठमाण्डु, १० असार – नेपाल तथा थाइलैन्डको राजधानी बैँककको व्यापारिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले आगामी असोज १४ देखि १८ गतेसम्म ‘नेपाल बैँकक फेस्टिवल’ काठमाण्डुको भृकुटीमण्डपमा आयोजना गरिने भएको छ । बैँककको प्रतिष्ठित उद्योग ‘सियाम लचग’ले आयोजना गर्ने उक्त फेस्टिवलमा नेपालका लागि थाईलैन्डको दूतावास, ललितपुर...
काठमाण्डु, १० असार– शुक्रबार बजारमा सुनको मूल्य ३ हजारले बढेको छ । बिहीबार ५६ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनको मुल्य बढेर शुक्रबार ५९ हजार पुगेको हो । बेलायत युरोपीयन युनियनबाट बाहिरिएसँगै सुनको मूल्यमा भारी परिवर्तन आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।...
पोखरा, १० असार – लेखनाथ नगरपालिकाको बेगनास ताल पारीको बराह क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न एक करोड पाँच लाख रुपैयाँको लगानीमा विभिन्न भौतिक पूर्वाधार निर्माण गरिएको छ । बराह क्षेत्रमा विश्व बैँकको सहयोगमा पदमार्ग, बस्ने ठाउँ, बनभोजस्थल आदिको निर्माण गरिएको लेखनाथ नगरपालिकाका...