मुस्ताङ, १६ असार – युरेनियम अन्वेषण, पेट्रोलियम पदार्थ र नुनको खानी अध्ययन गर्न मुस्ताङ आएको सरकारी टोलीले आफ्नो अध्ययन पूरा गरेको छ । उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा वि।सं २०७०/७१ सालमा गरिएको प्रारम्भिक अन्वेषणबाट पत्ता लागेको युरेनियमको अध्ययनमा थप नयाँ तथ्य फेला परेको टोलीले दाबी...
काठमाण्डु, १५ असार – नेपालमा वार्षिक ७० हजार मेट्रिक टन माछा उत्पादन हुने गरेको छ । मत्स्य विकास निर्देशनालयका अनुसार उत्पादित माछाको परिमाण नेपालको आन्तरिक माग भन्दा करिब २५ प्रतिशत कम हो । नेपालमा सबै मानिसको पहुँचका लागि माछा उत्पादन हुन सकेको छैन ।...
काठमाण्डु, १५ असार – आजभन्दा ४१ वर्षअघि तराईबाट राजधानी घुम्न आएका सामान्य किसान दीनानाथ भण्डारीले राम्रो खाना नास्ताका लागि बनाएको सोचको उपज नै आजको ‘बाजेको सेकुवा कर्नर’ हो । ‘क्लक बि बिजिनेस इन्नोभेसन्स’ले आयोजना गरेको कार्यक्रममा आफ्नो सफलताको कथा सुनाउँदै ‘बाजेको सेकुवा कर्नर’ का...
काठमाण्डु, १५ असार – बितेका दुई दशकमा गरिबी घटाउन नेपालले उल्लेख्य प्रगति गरे पनि गरिबीबाट माथि उठेको जनसङ्ख्या पुनः गरिब हुने जोखिम यथावत रहेको एक अध्ययनले देखाएको छ । विश्व बैंक समूहले ‘मुभिङ अप द ल्याडरः पभर्टी रिडक्सन एन्ड सोसियल मबिलिटी इन नेपाल’ प्रतिवेदन...
डोल्पा, १५ असार – नौ हजार ३०० हेक्टर खेतीयोग्य जमिन भए पनि जिल्लामा छ हजार ५६० हेक्टरमा मात्र खेती गरिन्छ । सुक्खा बलौटे माटो भएकाले अन्नबाली उत्पादन नगन्य मात्रामा हुन्छ । अझ परम्परागत खेती र यार्सागुम्बामाथी निर्भर हुँदा डोल्पाली दिनप्रतिदिन परनिर्भर हुँदै गएका छन्...
बनेपा, १५ असार – काभ्रेपलाञ्चोकको ढुङ्खर्क गाविसका प्रेम तिमल्सिनालाई पहिला सोत्तरको रुपमा प्रयोग गरिने स्याउला आम्दानीको स्रोत बन्छ भन्ने थाहा थिएन । तर अहिले उनले त्यही स्याउलाबाट मनग्य आम्दानी लिइरहेका छन् । पाटेसल्लो भनेर गोठमा स्याउलाका लागि प्रयोग भएको लौठसल्ला अहिले ढुङ्खर्कका स्थानीयवासीले घर...
भक्तपुर, १५ असार – जिल्लामा ५० प्रतिशत रोपाइँ सकिएको छ । समयमा मनसुन सुरु भई वर्षा हुनु र किसानले खेत नजिकका खोलानाला, खोल्सा र पोखरीको पानी पम्पसेटमार्फत सिँचाइ गरेकाले ५० प्रतिशत रोपाइँ सकिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख पूर्ण ढुङ्गानाले जानकारी दिए । जिल्लाको...
काठमाण्डु, १५ असार – काठमाण्डुमा सञ्चालित बार, रेस्टुरेन्ट दर्ता नगर्नेलाई जिल्ला प्रशासन कार्यालय काठमाण्डुले कारवाही गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले पटक–पटक प्रशासन कार्यालयले संस्था दर्ता गर्न सूचना जारी गरेपनि अटेर गरी बसिरहेका रेस्टुरेन्ट, बार, दोहोरी साँझ, मसाज पार्लरलाई अब भने...
काठमाण्डु, १४ असार – नेपाल गुणस्तर तथा नापतौल विभागले भारतबाट भित्रिने सामानमध्ये १० प्रतिशत गुणस्तरहीन रहेको जनाएको छ । विभागले गरेको अध्ययनअनुसार भारतबाट नेपाल भित्रिने सिमेन्ट, फलामको छड, रेगुलेटरलगायतका वस्तु कम गुणस्तर हुने गरेका छन् । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भारतबाट भित्रिएका सामान राम्रो...
काठमाण्डु, १४ असार – दक्ष जनशक्ति र क्रियाशीलताको अभावमा माथिल्लो कर्णाली जलविद्युत आयोजना प्रभावितले जिल्ला मालपोत कार्यालय अछामबाट प्रभावकारी सेवा पाउन सकेका छैनन् । आयोजनाबाट प्रभावित भैरवस्थान गाविसको जग्गा हाल साविक गर्ने, कित्ता छुट्याउन र साँध सिमाना कायम गर्न ढिलाइ भएको छ । माथिल्लो...
सिन्धुली, १४ असार – जुनार पकेट क्षेत्रका गाविसमा जुनार खेतीको व्यवस्थापन गर्न गोठ तथा भकारो सुधार कार्यक्रम सुरु भएको छ । गोठ र भकारो सुधार कार्यक्रमले जुनार खेती सुधार गर्न मद्दत पु¥याउने उद्देश्यका साथ गोठ तथा भकारो सुधार कार्यक्रम सुरु भएको हो । जिल्ला...
मुस्ताङ, १४ असार-पेट्रोलियम पदार्थ र नुनखानीको अध्ययन गर्न सरकारी टोली मुस्ताङ पुगेको छ । उद्योगमन्त्री सोमप्रसाद पाण्डेको नेतृत्वमा खानी तथा भूगर्भ विभाग, घरेलु तथा साना उद्योग र प्राविधिकसहित २२ जनाको टोली सोमबार मुस्ताङ आइपुगेको हो । टोलीले मुक्तिनाथ क्षेत्रमा पेट्रोलियम पदार्थको विस्तृत अध्ययन गरेको...