अर्थ

खाद्य्यान्नका लागि सुरक्षित बर्दिया जिल्ला

२०७३ असार १४ गते १३:५३

बर्दिया, १४ आसर – मानो रोपेर, मुरी फलाउने जिल्लाका रुपमा चिनिन्छ बर्दिया । यहाँ नेपालको कुल उत्पादनको ६ प्रतिशत अन्न फल्छ । खाद्य सुरक्षित जिल्लाका रुपमा चिनिएको बर्दियाका प्रमुख खेती धान, गहुँ र मकै नै हुन् । मसुरो, चना, तोरी, भटमास, आलुलगायतको खेती समेत...

कृषि वैैज्ञानिकहरु विदेश पलायन भए: कृषि मन्त्री

२०७३ असार १४ गते १३:११

भक्तपुर, १४ असार– कृषि मन्त्री हरिबोल गजुरेलले नेपालमा राजनीतिक अस्थिरताको कारण कृषि बैज्ञानिकहरु बिदेश पलायन भएको बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले राजनीतिक अस्थिरताका कारण बैज्ञानिकहरु विदेश पलायन भएको र राष्ट्रिय सहमतिको सरकार निमार्णसँगै अस्थिरता कमी हुने भन्दै देशलाई...

उत्पादनका हिसाबले रुकुमको माटो नेपालकै उत्कृष्ट माटो

२०७३ असार १४ गते ११:१८

रुकुम, १४ असार – खाद्यान्न तथा नगदेबाली उत्पादनका लागि रुकुमको माटाको उर्वराशक्ति मुलुककै उत्कृष्ट भएको प्रतिवेदन सार्वजनिक गरिएको छ । जिल्ला कृषि विकास कार्यालयको पहल र अगुवाइमा रुकुमको कृषि प्रणालीमा सुधार ल्याई कृषकको जीवनस्तर माथि उठाउने लक्ष्यका साथ दुई वर्षदेखि माटो परीक्षण अगाडि बढाइएको...

असार १५ को धान रोपाइँ पोखरामा भव्य हुने

२०७३ असार १४ गते ८:४८

पोखरा, १४ असार– पोखरा पर्यटन परिषद्को आयोजनामा यही असार १५ गते यहाँ १३ औँ असारे रोपाइँ महोत्सव हुँदैछ । महोत्सव मूल आयोजक समितिका संयोजक डम्बरबहादुर केसीले महोत्सवमा विभिन्न नौ प्रतियोगिता, विविध सांस्कृतिक कार्यक्रम, असारे खाजाको कक्ष लगायत रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो...

गौतम बुद्ध विमानस्थलबाट ६० लाख मानिसलाई गौतम बुद्धको जन्मस्थल छिराइने !

२०७३ असार १३ गते १७:०७

भैरहवा, १३ असार– सन् २०३३ सम्ममा दैनिक ६० अन्तर्राष्ट्रिय उडान भर्ने लक्ष्यका साथ गौतम बुद्ध विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाइएको छ ।   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो भएको, कुनै पनि समस्या आउँदा भारत र नजिकका विभिन्न विमानस्थलमा जहाज डाइभर्ट गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्दै गौतमबुद्ध...

सेयर बजारमा बढोत्तरी

२०७३ असार १३ गते १६:५५

काठमाण्डु, १३ असार- बैंक तथा वित्तीय संस्थाप्रति लगानीकर्ता ओइरिएपछि सेयर बजारमा बढोत्तरी भएको छ । सेयर बजारको मापक निकाय नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से परिसूचक ३६ अङ्कले बढेको छ । एक हजार ६९३ बिन्दुबाट सुरु भएको नेप्से आज एक हजार ७२१ बिन्दुमा पुगेको...

२३७ सहकारीलाई कारबाही

२०७३ असार १३ गते १६:२९

लहान, १३ असार– सहकारी डिभिजन कार्यालयले समयमा लेखा परीक्षण प्रतिवेदन नबुझाउने सिरहा र सप्तरीका २३७ सहकारी संस्थालाई कारबाही गरेको छ । आव २०७१/७२ को लेखा परीक्षणका लागि स्वीकृति नलिएको भन्दै डिभिजन सहकारी कार्यालयले सिरहाका १२७ र सप्तरीका ११० सहकारी संस्थालाई कारबाही गरेको छ ।...

बोधिचित्तको मूल्य करोडौं, राजस्व भने न्यून

२०७३ असार १३ गते १५:५३

बनेपा, १३ असार-काभ्रेपलाञ्चोकमा उत्पादन हुँदै आएको करोडौँ मूल्यको बोधिचित्त मालाबाट न्यून राजस्व उठ्ने गरेको छ । बोधिचित्तलाई वनस्पती विभागले बयर प्रजातिको रुपमा राखेपछि मालाको राजस्व प्रतिकिलो एक रुपैयाँ चार पैसा कायम गरेका कारण न्यून राजस्व सङ्कलन हुने गरेको छ । जिल्ला वन कार्यालयका अनुसार...

आरुआर्वाङमा केन्द्रीय प्रसारणको विद्युत्

२०७३ असार १३ गते १४:३९

गोरखा, १३ असार-गोरखाको आरुआर्वाङ गाविस–२ अलंकेमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा पुगेको छ । आरुघाट विद्युत् वितरण केन्द्रबाट अलंके गाउँमा एघार केभी क्षमताको विद्युत् विस्तार गरिएको स्थानीय टेकराज भट्टले बताए । ६२ लाख ५० हजारको लागतमा गाउँसम्म विद्युत् पु¥याइएको उनले बताए । यसअघि गाउँमा...

उत्तरगया संरक्षण गरी जलविद्युत् निर्माण गर्न आग्रह

२०७३ असार १२ गते १६:४३

नुवाकोट, १२ असार-तुप्चे गाविसमा निर्माण गरिने मध्य त्रिशूलीगङ्गा जलविद्युत् आयोजनाले निर्माणका क्रममा ऐतिहासिक तथा धार्मिक क्षेत्र उत्तरगया धामको अस्तित्व सङ्कटमा पार्न नहुने स्थानीयवासीले बताएका छन् । उत्तरगया क्षेत्र विकास समिति र हिन्दू कर्मकाण्ड संस्थाले संयुक्त रुपमा आइतबार बेत्रावतीमा आयोजना गरेको कार्यक्रमका विभिन्न क्षेत्रका व्यक्तिले...

सेयर बजार अठार अंकले वृद्धि

२०७३ असार १२ गते १६:१८

काठमाण्डु, १२ असार-सेयर बजार आइतबार १८ अंकले वृद्धि भई एक हजार ६८४ विन्दुमा पुगेको छ । बजार खुल्ने बित्तिकै चम्किएको नेप्से २२ अंकले वृद्धि भई एक हजार ६८८ विन्दुमा पुगेको थियो । तर बजार बन्द हुनु अगाडि नेप्से पुनः घटेर एक हजार ६८४ विन्दुमा...

गौतमबुद्ध विमानस्थललाई निर्माण सामग्रीको अभाव

२०७३ असार १२ गते १५:३५

भैरहवा, १२ असार-राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम युद्धस्तरमा अगाडि बढिरहेको भए पनि निर्माण सामग्रीको अभावले केही समस्या थपेको छ । आयोजनाका लागि अत्यावश्यकपर्ने गिटी तथा ढुङ्गा, माटोको आपूर्तिमा समस्या पैदा भएको छ भने नेपाल विद्युत् प्राधिकरणले डेडिकेडेट फिडर उपलब्ध नगराउँदा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us