अर्थ

आँप उत्पादनमा वृद्धि

२०७३ असार १७ गते १६:३२

बाँके, १७ असार – जिल्लामा आँपको उत्पादनमा वृद्धि भएको छ । गत वर्ष भन्दा यस वर्ष १४६ मेट्रिक टन बढी आँप उत्पादन भएको हो । गत वर्ष तीन हजार ८६९ मेट्रिक टन आँप उत्पादन भएको थियो भने यस वर्ष चार हजार १५ मेट्रिक टन...

४७ किसानको सामूहिक बङ्गुरपालन व्यवसाय

२०७३ असार १७ गते १५:१६

म्याग्दी, १७ असार – रोजगारी सिर्जना, समुदायको आयस्तर वृद्धी र स्थानीय बजारमा मासुको आयात घटाउन कुहुँको भर्जुलामा सहकारी संस्थाले बङ्गुरपालन सुरु गरेको छ । भरजुला कृषि सहकारी संस्थाले सामूहिक बङ्गुरपालन व्यवसाय सुरु गरेको हो । सहकारीमा ४७ जना किसान आवद्ध छन् । बङ्गुरपालनबाट आयआर्जनमा...

२५ टन मह उत्पादन

२०७३ असार १७ गते १४:०२

बागलुङ, १७ असार – जिल्लामा यस वर्ष २५ टन मह उत्पादन भएको छ । व्यावसायिक मौरीपालन बढेसँगै मह उत्पादनमा वृद्धि भएको हो । जिल्ला कृषि विकास कार्यालयका अनुसार मह बेचेर किसानले करिब दुई करोड ५० लाख रुपैयाँको कारोबार गरेका छन् । प्रतिकिलो नौ सय...

दरमखोला ‘ए’ जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु

२०७३ असार १७ गते १३:३९

बागलुङ, १७ असार– जिल्लाको गलकोटमा निर्माण भएको दरमखोला ‘ए’ जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको छ । साढे दुई मेगावाट क्षमताको उक्त आयोजनाबाट उत्पादन भएकोे विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको छ । आयोजनाका प्रबन्धक गोपाल न्यूरेले आयोजनाको व्यापारिक उत्पादन सुरु भएको जानकारी दिए।   ‘विद्युत्...

नेपालको अन्नभण्डार बर्दियामा बबई सिँचाइ आयोजनाले उत्पादन अझै बढ्ने

२०७३ असार १७ गते ११:१३

बर्दिया, १७ असार – नेपाल एक भौगोलिक विविधतायुक्त देश हो जहाँ उच्च हिमशृङ्खला, खोँच एवम् गल्छी तथा तराईका समथर फाँट यहाँका भौगोलिक विविधताका उदाहरण हुन् । उत्तरीभागका हिमताल यहाँका जलस्रोतका भण्डार मानिन्छन् । त्यहीँबाट नागबेली भएर दक्षिणतर्फ बग्ने नदीनालाबाट सिञ्चित तराईका गरा नेपालको अन्न भण्डारका...

धमाधम रोपाइँको समयमा मलको अभाव

२०७३ असार १६ गते १६:०५

धनगढी, १६ असार – मुख्य खाद्यान्न बाली धानको रोपाइँमा व्यस्त रहेका कैलाली जिल्लाका किसान डिएपी रासायनिक मलको अभाव भएपछि चिन्तित भएका छन् । खेतमा धान रोपेलगत्तै प्रयोग गर्नुपर्ने डिएपी मल अभाव भएपछि समस्या परेको गुनासो स्थानीय कृषक हरि चौधरीले सुनाए । रोपाइँ भएकै दिन प्रयोग...

क्रसर उद्योगलाई वैधानिकता दिनुपर्ने

२०७३ असार १६ गते १५:३७

पोखरा, १६ असार – गण्डकी क्रसर उद्योग व्यवसायी सङ्घले क्रसर उद्योगलाई दीर्घकालीन रुपमा सञ्चालन हुने गरी वैधानिकता दिन माग गरेको छ । संघको पत्रकार सम्मेलन गरी सरकारले क्रसर उद्योगलाई पटके उद्योगको रुपमा लिएको र छ वर्षसम्म पटक-पटक किस्ताबन्दीका रुपमा म्याद थप गर्नु परेको जनाएको...

तिन बर्षपछि माछाको मूल्य बढ्यो

२०७३ असार १६ गते १५:०६

चितवन, १६ असार – तीन वर्षपछि चितवनमा माछाको मूल्यमा वृद्धि भएको छ । मत्स्य व्यवसायी संघका अनुसार महँगीका कारण माछा उत्पादनमा लागत बढेकाले मूल्य बढाउनुपरेको हो । संघका अध्यक्ष जोगेन्द्र महतोका अनुसार छडी, सिल्भर र विगहेड माछा अहिले प्रतिकिलो २३० रुपैयाँमा बिक्री भइरहेको छ...

जापानिज नागरिकद्वारा बालगृहलाई १० लाख सहयोग

२०७३ असार १६ गते १३:०९

कपिलवस्तु, १६ असार– लुुम्बिनीस्थित कसाई होटलले कपिलवस्तुको तौलिहवास्थित बालगृहलाई १० लाख नगद रकम सहयोग गरेको छ । होटलका सञ्चालकसमेत रहेका जापानिज नागरिक तोकुशिन कसाईले बालगृह सञ्चालनका लागि विहीबार सो रकम प्रदान गरेको जनाए । होटलका महा प्रवन्धक बिकेश मानन्धरले बालगृहकी संरक्षक तथा प्रमुख जिल्ला...

१२ लाख भारुसहित एक पक्राउ

२०७३ असार १६ गते ११:४९

महोत्तरी, १६ असार– महोत्तरीमा सशस्त्र प्रहरीले गएराति ११ लाख ७२ हजार १० भारतीय रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–१२ मलिवारा बस्ने विमलेश पाण्डेय रहेको सशस्त्र प्रहरी बल, सीमा सुरक्षा कार्यालय, महोत्तरीका प्रहरी उपरीक्षक सुन्दर खड्काले बताए ।...

सामाजिक सञ्जाल ‘सगुन’मा लगानीको अवसर

२०७३ असार १६ गते ११:१४

काठमाण्डु, १६ असार – नेपाली लगानीमा अमेरिकामा स्थापित सामाजिक सञ्जाल सगुन डटकमले कम्पनीको पहिलो चरणको निष्कासन (आइपिओ)मा इच्छुक तथा योग्य लगानीकर्ताका लागि लगानीको अवसर खुल्ला गरेको छ । वासिङ्टन डिसीमा प्रधान कार्यालय रहेको सगुनले लगानी गर्न चाहने योग्य लगानीकर्तालाई कम्तीमा पाँच हजार र बढीमा...

दुई वर्षभित्रै अपर पिलुवाखोला विद्युत आयोजना बन्ने

२०७३ असार १६ गते ११:०८

संखुवासभा, १६ असार – संखुवासभा जिल्लामा रहेको ४.७ मेगावाटको जलविद्युत अपर पिलुवा खोला जलविद्युत आयोजना २ वर्षभित्र वन्ने भएको छ । उक्त आयोजना सञ्चालनका लागि नेपाल बंगलादेश बैंकको लगानी हुने भएको हो । आयोजना प्रबन्धक मेन्छेयम हाइड्रोपावर कम्पनी र नेपाल बं्गलादेश बैंकबीच लगानीपत्रमा हस्ताक्षर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us