चितवन, २७ असार – चितवनमा अहिले पर्याप्त मात्रामा डिएपी मल भित्रिएको छ । नारायणगढमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा पर्याप्त मल आएको हो । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड चितवन शाखाका प्रमुख बुद्धिविनोद दाहालले किसानलाई चाहिनेजति मल उपलब्ध गराउन सकिने बताए । ‘कुल छ हजार १५२ बोरा...
बैतडी, २७ असार – जिल्लाका १४ गाविस उच्च खाद्य असुरक्षित अवस्थामा छन् । जिल्लास्तरीय खाद्य सुरक्षा समितिको तेस्रो चौमासिक बैठकले ती गाविसमा खाद्य असुरक्षा उच्च रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । विभिन्न १७ वटा सूचकका आधारमा गाविसको खाद्य सुरक्षाको अवस्था विश्लेषण गर्ने गरिएको...
सिन्धुपाल्चोक, २७ असार – सिन्धुपाल्चोकको अतरपुर गाविस– ८ सिक्रे गाउँका ३२ जनालाई बिक्रेट उद्योगले रोजगारी दिलाएको छ । फलामे चुलोमा प्रयोग हुने ब्रिकेट उद्योग स्थापना भएपछि स्थानीयवासीले गाउँमै रोजगारी पाएका हुन् । विसं २०६५ मा स्थापना भएको उक्त उद्योगमा स्थानीयवासीले रोजगारी पाएसँगै विदेश जानुपर्ने...
बाँके, २७ असार – जिल्लामा निष्क्रिय अवस्थामा रहेका ३३ वटा सहकारी संस्था खारेज भएका छन् । सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयका अनुसार पटक पटकको ताकेतापछि पनि सक्रिय रहेको आधार प्रमाण प्रस्तुत गर्न नसकेपछि ती सहकारी खारेजीमा परेका हुन् । सबैभन्दा बढी १८ कृषि सहकारी...
काठमाण्डु, २६ असार-सरकारले नेपाल विद्युत् प्राधिकरणले मात्रै बदलिँदो अवस्थामा उत्पादन, वितरण तथा प्रसारणको कार्य सम्पादन गर्न नसक्ने भन्दै विभिन्न तीन फरक कम्पनी स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको छ । एक वर्ष पहिले स्थापना भएको ग्रिड कम्पनीलाई सुदृढीकरण गर्ने र अन्य दुई कम्पनी केही समयभित्रै...
भद्रपुर, २६ असार-कोष तथा लेखा नियन्त्रक कार्यालय भद्रपुरको कोषमा आठ अर्ब ७९ करोड छ लाख २२ हजार राजस्व जम्मा भएको छ । प्रमुख कोष नियन्त्रक ज्ञानेन्द्रराज ओझाका अनुसार मेची भन्सार कार्यालय काँकरभिट्टामा मात्र छ अर्ब ९० करोड राजस्व सङ्कलन भएको छ । जिल्ला भरिमा...
काठमाण्डु, २५ असार– शनिबार संसदमा सरकारले पेस गरेको आगामी आर्थिक वर्षको बजेट सम्बन्धी विनियोजन विद्येयक बहुमतले पारित भएको छ । विद्येयक पारित भएसँगै अब सरकारलाई आर्थिक वर्ष शुरु भएसँगै सबै खर्च गर्ने बाटो समेत खुलेको छ । सदनमा सांसदहरुले उठाएका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ...
काठमाण्डु, २५ असार- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने वर्तमान सरकारको प्रमुख लक्ष्य रहेको बताएका छन् । व्यवस्थापिका–संसद्को विनियोजन विधेयक, २०७३ अन्तर्गत अर्थ मन्त्रालयसँग सम्बन्धित सांसदहरुले उठाउनुभएको प्रश्नको शनिबार जवाफ दिँदै उनले आगामी आर्थिक वर्षको बजेटले...
भद्रपुर, २५ असार – जिल्ला पशुसेवा कार्यालय झापाले चालु आवमा जिल्लाभरिमा युवा लक्षित कार्यक्रम अन्तर्गत ६७ लाख रुपैयाँ अनुदान वितरण गरेको छ । पशुपालन, बाख्रापालन, बङ्गुरपालन र पशुपक्षी बजार प्रवद्र्धन गर्न सो अनुदान वितरण गरिएको हो । एक फर्मलाई दुई लाख रुपैयाँदेखि तीन लाख...
बागलुङ, २५ असार – बागलुङको जैदी र रायडाँडा गाविसलाई लप्सीको पकेटक्षेत्र बनाइने भएको छ । दुबै गाविसका चार सामुदायिक वनमा योवर्ष पाँच हजार ९०० लप्सीका बिरुवा रोपिएको छ । जिल्ला वन कार्यालयले सामुदायिक वनका उपभोक्तालाई निःशुल्क रुपमा बिरुवा उपलब्ध गराएको हो । जैदीको देछो...
कञ्चनपुर, २५ असार – कृषि विकास बैंक बैंकिङ कार्यालय झलारी कञ्चनपुरले आठ महिनाको अवधिमै १३१ व्यक्तिलाई पाँच करोड रुपैयाँ कर्जा प्रदान गरेको छ । ग्रामीण क्षेत्रका बासिन्दालाई सहज रुपमा पुँजीको व्यवस्था गर्नका लागि बैंकले किसानलाई माछा, कुखुरापालन, केराखेती र पावर ट्रेलर खरिद गर्नका लागि...
म्याग्दी, २५ असार – गत वर्षसम्म एक रोपनी जमिनमा परम्परागत रुपमा तरकारीखेती गर्दै आएका बेनी नगरपालिका–५ जरबुटाका ३० वर्षीय नारायण जिसीले यस वर्ष थप छ रोपनी खेतबारीमा तरकारीखेती विस्तार गरेका छन् । घरायसी उपभोग र जीविकोपार्जनका लागि तरकारीखेती गर्दै आएका जिसीले हिजोआज बिक्री गरेर...