गोरखा, ३० असार – जिल्लाको बारपाक केन्द्रबिन्दु भई गत वर्ष गएको भूकम्पका कारण अवरुद्ध भएका ३८ लघुजलविद्युत आयोजनाको मर्मत कार्य सुरु गरिएको छ । सोह्र किलोवाट क्षमताको सिम्जुङको पात्लेखोला, बारपाक–२ को पाँच किलोवाट क्षमताको राङ्रुङ बल्झेखोला, सौरपानीको ११ किलोवाट क्षमताको पेल्कुखोला र बारपाकस्थित १३०...
म्याग्दी, ३० असार – पशुपालक किसानले यस वर्ष ३३ लाख ८५ हजार रुपैयाँ अनुदान पाएका छन् । किसानलाई व्यावसायिक पशुपालनतर्फ आकर्षित गरी पशुजन्य पदार्थको उत्पादनमा वृद्धि र प्रोत्साहन गर्न जिल्ला पशुसेवा कार्यालयले उक्त अनुदान उपलब्ध गराएको हो । घारको हिमालयन चिज उत्पादन सहकारीले गाईपालन र...
बागलुङ, ३० असार – सामुदायिक वन क्षेत्रका किसानको जीविकोपार्जन सुधारका लागि तीन करोड सात लाख ८० हजार रुपैयाँ लगानी भएको छ । बहुसरोकारवाला वन कार्यक्रमबाट अनुदान पाएका जिल्लाका १०० सामुदायिक वन उपभोक्ता समूहले न्यून ब्याजमा उपभोक्तालाई ऋण सहयोग गरेका हुन् । जसबाट उपभोक्ता समूहभित्रका...
भोजपुर, ३० असार – विभिन्न बाली लगाएर उत्कृष्ट कृषकको परिचय बनाउन सफल १२ कृषकलाई जिल्ला कृषि विकास कार्यालय भोजपुरले पुरस्कृत गरेको छ । उत्कृष्ट कृषक छनोटका लागि विभिन्न मापदण्ड बनाएर कार्यालयले प्रथम, दोस्रो, तेस्रो र सान्त्वनाका लागि छनोट गरी बुधबार एक कार्यक्रमका बीच पुरस्कृत...
कलैया, २९ असार – डिभिजन सहकारी कार्यालय बाराअन्तर्गत ०७२/७३ मा ७५५ वटा सहकारी संस्था रहेकामा ४९ वटा संस्था खारेजीमा परेका छन् । कार्यालयका प्रमुख कुलोत्तम पोखरेलले नियमानुसार काम नगरेको, निष्क्रिय रहेको, लेखा परीक्षण, साधारणसभा नगरेको मासिक प्रगति नबुझाएको संस्थालाई सहकारी ऐन ०४८ परिच्छेद १०...
इटहरी, २९ असार – बजारमा बुटिक प्रणालीबाट तयार पारिएको साडीको माग बढेपछि यो व्यवसाय मौलाएको छ । इटहरी र धरान उपमहानगरपालिका क्षेत्रमा बुटिक व्यवसाय फस्टाएको छ । इटहरी उपमहानगरपालिका–४ का रामेश्वर पासवानले खोलेको बुटिक तयारी उद्योगमा अहिले आठ जना कामदारले बुटिकको काम पाएका छन्...
भीमदत्तनगर, २९ असार – स्थानीय उत्पादनमा कमी आउँदा कञ्चनपुरमा तरकारीको मूल्य वृद्धि भएको छ । स्थानीय उत्पादन नहुँदा भारतीय सीमावर्ती बजार र डडेल्धुराबाट कञ्चनपुर मण्डीमा तरकारी आयात गरेपछि मूल्य बढेको हो । वर्खामा उत्पादनमा कमी आउँनुका साथै बगरमा उत्पादन भएको तरकारी सकिँदा बाहिरबाट आयात...
भोजपुर, २८ असार – नेपाल खाद्य संस्थान भोजपुरबाट वितरण हुने चामल पछिल्लो समय खपत हुन छाडेको छ । चामल खपत हुन छाडेपछि अघिल्लो वर्ष ढुवानी गरिएको चामल समेत गोदाममै सडिने अवस्थामा रहेको छ । विगत चार वर्ष अगाडि खाद्य संस्थानको चामल वितरण गर्नुपर्दा कर्मचारीलाई...
खजुरा, २८ असार – बाँके राष्ट्रिय निकुञ्ज र यहाँका होमस्टेप्रति पर्यटकको आकर्षण बढ्न थालेको छ । बाघ संरक्षणका लागि स्थापना गरिएको निकुञ्ज र गाभर तथा ढकेरीमा स्थापना गरिएका होमस्टेप्रति पछिल्लो समयमा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको पाइएको छ । बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएपछि...
काठमाण्डु, २७ असार-दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को दोहोरो कर मुक्ति तथा वित्तीय छल निरोध सम्झौतासम्बन्धी तीनदिने गोष्ठी सोमबारदेखि यहाँ सुरु भएको छ । आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्माले सोमबार उद्घाटन समारोहमा उनले विश्वव्यापीकरणको युगमा वित्तीय कारोवारले ल्याएका अवसर र चुनौतीको सम्बोधन...
काठमाण्डु, २७ असार – सेयर बजार एक महिनायताकै सबैभन्दा न्यून बिन्दुमा झरेको छ । सेयर बजारको मापक निकाय नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचकमा २० अंकले कमी आएको हो । करिब एक हजार ७४० अंकको हाराहारीमा पुगेको बजार एक हजार ७०० को हाराहारीमा कायम रहेको...
काठमाण्डु, २७ असार – तीनकुनेमा निर्माण गर्न लागिएको अत्याधुनिक र सुविधासम्पन्न पार्क निर्माणका लागि एक अर्ब २३ करोड ४६ लाख ७५ हजार रुपैयाँ खर्च लाग्ने अनुमानित प्रतिवेदन सार्वजनिक गरिएको छ । काठमाण्डु महानगरपालिकाले आयोजना गरेको छलफल कार्यक्रममा निर्माणका लागि अनुमानित लागत मूल्यसहित प्रारम्भिक ढाँचा...