अर्थ

चार करोड बढी रकम फ्रिज

२०७३ साउन ३ गते १६:०९

खजुरा, ३ साउन – चालु आर्थिक वर्ष २०७२÷७३ का लागि विभिन्न शीर्षकमा विनियोजन गरिएको रकममध्ये जिल्ला विकास समितिको चार करोड रुपैयाँ भन्दा बढी रकम फ्रिज भएको छ । जिविसका अनुसार विभिन्न शीर्षकमा विनियोजित ५२ करोड ५५ लाख ८४ हजार ५०३ रुपैयाँ मध्ये चार करोड...

लक्ष्य अनुसार राजस्व संकलन

२०७३ साउन ३ गते १५:५१

झापा, ३ साउन – मेची भन्सार कार्यालय काँकरभिट्टा झापाले लक्ष्य अनुसार राजस्व संकलन गर्न सफल भएको छ । ६ अर्ब ४० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएपनि आर्थिक वर्ष २०७२/७३ मा ६ अर्ब ८४ करोड रुपैयाँ राजस्व सङ्कलन भएको मेची भन्सार कार्यालय काँकरभिट्टाका...

ठेक्का हटाएर मन्दिरको व्यवस्थापनमा आफैँ लागेपछि दोब्बर आम्दानी भयो

२०७३ साउन ३ गते १५:४०

बागलुङ, ३ साउन – ठेक्का प्रणाली छोडेर मन्दिर व्यवस्थापनले आफैँ पूजाआजा चलाउँदा दोब्बर आम्दानी भएको छ । प्रसिद्ध धार्मिकस्थल बागलुङकालिका भगवती मन्दिरको दैनिक पूजाआजा व्यवस्थापन गत आवदेखि गुठी समितिले आफै गर्दै आएको छ । आव २०७१/७२ मा ४१ लाख रुपैयाँमा ठेकेदारले पूजा सञ्चालन/व्यवस्थापनको जिम्मा लिएका...

नेप्से परिसूचक २७ अंकले बढ्यो

२०७३ साउन २ गते १७:४५

काठमाण्डु, २ साउन- धितोपत्र बजारमा आइतबार नेप्से परिसूचक २७ अङ्कले वृद्धि भई एक हजार ७४५ विन्दुमा पुगेको छ । कुल १३६ कम्पनीको एक अर्ब ३६ करोड २८ लाख २८ हजार ४६९ मूल्य बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । दैनिक तीन घन्टा...

प्राधिकरणका चार आयोजना विवादको भुमरीमा, समय र लागत बढ्दै

२०७३ साउन २ गते १६:४८

काठमाण्डु, २ साउन-नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेका चार जलविद्युत् आयोजना ‘नखाउँ भने दिनभरिको सिकार खाउँ भने कान्छा बाबुको अनुहार’ नै सावित भएको छ । प्राधिकरणले अगाडि बढाएका माथिल्लो त्रिशूली ‘थ्री ए’, कुलेखानी तेस्रो, चमेलिया र राहुघाट जलविद्युत् आयोजना सुल्झाउनै नसक्ने गरी समस्यामा फसेका छन्...

सहकारीको लगानी एक अर्ब ४४ करोड

२०७३ साउन २ गते १६:०८

पाल्पा, २ साउन-बेरोजगार युवालाई स्वरोजगार बनाउने आर्यआजनका कार्यक्रममा गत आर्थिक वर्षमा पाल्पा जिल्लाका सहकारी संस्थाले एक अर्ब ४४ करोड ८८ लाख ७० हजार ऋण लगानी गरेका छन् । जिल्लाका विभिन्न सहकारीले गरिबी हटाउने अभियान अन्तर्गत सो रकम लगानी गरेका हुन् । जिल्लाका सहकारीले आफ्नै...

नारायणहिटी दरबार परिसरमा बन्न लागेको गणतन्त्र स्मारकको यो हबिगत

२०७३ साउन २ गते १५:३७

काठमाण्डु, २ साउन-नारायणहिटी दरबार परिसरमा बन्दै गरेको ‘गणतन्त्र स्मारक’ निर्माणमा ढिलाइ भएको छ । सरकारको २०६९ मङ्सिर २२ गतेको निर्णयानुसार ‘गणतन्त्र स्मारक’ निर्माणका लागि निजी कम्पनी ‘विकोइ स्काइ बङ्गलामुखी ज्वाइन्ट इन्भेन्चर  ( विकोइ विल्डर्स’ प्रालि, स्काइ विल्डर्स प्रालि र बङ्गलामुखी कन्स्टक्सन प्रालि) लाई तीन...

मुस्ताङका किसानलाई ३३ हजार स्याउका बिरुवा बाँडियो

२०७३ साउन २ गते ९:५३

म्याग्दी, २ साउन – स्याउको राजधानी भनेर चिनिने हिमालपारीको जिल्ला मुस्ताङमा ३३ हजार स्याउका बिरुवा वितरण गरिएको छ । आव २०७२÷७३ मा स्याउको विकासका लागि कृषकलाई ५० प्रतिशत अनुदानमा ३३ हजार बिरुवा वितरण गरिएको हो । चालु आवमा यो परिमाणमा वृद्धि गर्ने लक्ष्य राखिएको...

खेतीको बेला गोरु होइन, ट्याक्टरलाई खेत जोत्न भ्याईनभ्याई

२०७३ साउन १ गते १७:२४

सिन्धुली, १ साउन – सिन्धुलीमा खेत जोत्न ट्र्याक्टरको प्रयोग बढ्दै गएको छ । सजिलै र सहज तरिकाले खेत जोताइ हुने भएपछि केही वर्षयतादेखि सिन्धुली जिल्लामा खेत जोत्न ट्र्याक्टरको प्रयोग बढ्दै गएको हो । पछिल्लो समयमा खेत जोत्ने, सडक निमार्णमा ढुङ्गा, गिट्टी, बालुबाको ढुवानीलगायतको काममा...

विद्युत नीति बनाएर मात्रै वैदेशिक लगानी भित्र्याउन सुझाव

२०७३ साउन १ गते १७:०९

काठमाण्डु, १ साउन – कानुनी व्यवस्था गरेर मात्रै नेपालको जलविद्युत क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन पाइने प्रबन्धसहितको सुझाव व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले सरकारलाई दिएको छ । नीतिगत व्यवस्था नहुँदा हचुवाको भरमा वैदेशिक लगानी भित्र्याउने र अमेरिकी डलरमा विद्युत खरिद सम्झौता गरेर नेपाल विद्युत प्राधिकरणलाई धरासायी...

इजरायलमा सिकेको कृषि प्रणाली नेपालमा प्रयोगमा ल्याउँदै नेपाली युवाले

२०७३ साउन १ गते १६:५२

काठमाण्डु, १ साउन – इजरायलको व्यावसायिक कृषि खेतीबाट सीप सिक्न नेपाली युवाको आकर्षण बढ्दो छ । इजरायलको आधुनिक कृषि प्रणालीको आकर्षणले त्यहाँ गएर सीप सिक्ने युवाको संख्या बढ्न थालेको देखिन्छ । पढेलेखेका युवा इजरायल गई कृषिको तालिम लिइ नेपाल फर्केपछि व्यावसायिक खेतीमा लागेका छन् ।...

सातामा ६ अर्बबढी सेयर कारोबार

२०७३ साउन १ गते १५:५८

काठमाण्डु, १ साउन – गत साता सेयर बजारमा छ अर्ब पाँच करोड ५४ लाख १३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार साताको पहिलो दिन ६.८१ अंकले अगाडि बढेको सेयर बजार पछिल्ला दिनमा भने सरकार परिवर्तन र मौद्रिक नीतिलगायतका कारण केही ओरालो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us