दैलेख, ५ साउन – दैलेखको द्वारीमा निर्माण सम्पन्न हुने तयारीमा रहेको ३.७५ मेगावाटको द्वारीखोला हाइड्रोपावरले बाढी र पहिरो आउँदा ठूलो क्षति बेहोरेको छ । पाइपलाइन र मुहान साइटमा पहिरो र बाढीले दुई करोड रुपैयाँको क्षति पुगेको निर्माण प्रवद्र्धक भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले जनाएको छ ।...
काठमाण्डु, ४ साउन- उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले मुलुकभित्रका प्राकृतिक स्रोत प्रयोगमा ल्याएपछि कुनै देशसँग हात जोड्नु नपर्ने बताएका छन् । मन्त्रालयको जिम्मेवारी लिएपछिको प्रतिबद्धता र सम्पादित कार्यप्रगति मंगलबार सार्वजनिक गर्दै उनले प्राकृतिक स्रोतको प्रयोग गर्ने हो भने देश समृद्धितर्फ बढ्ने बताए । उनले मुलुकलाई समृद्धि...
काठमाण्डु, ४ साउन – महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाण्डु उपत्यकामा आव २०७२/७३ मा १५ करोड ८२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । महाशाखाले मादक पदार्थ सेवन, लेन अनुशासन उल्लंघन, पार्किङ स्थलभन्दा बाहिर सवारी रोक्नु, ट्याक्सी मिटरमा जान नमान्नेलगायतका कारबाहीबाट उक्त रकम संकलन गरेको...
चितवन, ४ साउन – भूकम्प र नाकाबन्दीका कारण पहाड र तराई प्रभावित भएपछि सर्वसाधारणले बासस्थानको रोजाइँको रुपमा चितवनलाई लिएपछि यहाँको जग्गाको कारोबार बढेको छ । भूकम्पबाट जिल्ला न्यून मात्र प्रभावित रह्यो । तराई आन्दोलनको पनि यहाँ खासै प्रभाव परेन । स्वदेशको कमाई र विदेशबाट...
विराटनगर, ४ साउन – गत आवमा जिल्लाका पाँच कार्यालयबाट २७ अर्ब ८७ करोड राजस्व संकलन भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार आन्तरिक राजस्व कार्यालयले १६ अर्ब ९० करोड रुपैयाँ, भन्सार कार्यालयले १० अर्ब चार करोड रुपैयाँ तथा जिल्ला प्रशासन र मालपोत...
सिन्धुली, ४ साउन – बनेपा–सिन्धुली बर्दिबास (बिपीं) राजमार्ग बनेपछि आसपासमा बसोबास गर्ने नागरिकको जीवनस्तर जुनार र तरकारीखेतीले सुधार गरेपछि भौतिक विकासको मेरुदण्ड राजमार्ग भएको कुरा प्रमाणित गरेको छ । राजमार्ग निर्माण अघि यहाँका वासिन्दालाई भात खान चाडपर्व कुर्नुपर्ने, हरियो तरकारीका लागि जंगलमा सिस्नो टिप्न...
काठमाण्डु, ४ साउन – गत आवमा रत्नपार्कको आम्दानी ८५ लाख २१ हजार ६ सय ६७ रुपैयाँ भएको छ । केही समय बन्द उक्त उद्यान अघिल्लो आवको असार महिनादेखि केही थप व्यवस्थापनका साथ सर्वसाधारणका लागि खुला गरिएको थियो । कामपा, रत्नपार्क तथा रानीपोखरी एकाइका प्रमुख हरिशरण...
बर्दिया, ४ साउन – हालसम्म बर्दियामा ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । एक महिना अघिदेखि पानी पर्न सुरु गरेकाले यस वर्ष साउनको सुरुवातमै ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । समयमै पानी परेकाले नदीमा पानी बढेर नहरमा पनि समयमै पानी चढेकाले...
पाँचथर, ३ साउन – यसवर्ष जिल्ला विकास समिती पाँचथरले तीन करोड ९५ लाख ३३ हजार १६५ रुपैयाँ बजेट खर्च गर्न नसक्दा फिर्ता भएको छ । स्थानीयस्तरका सडक पुल निर्माण गर्दा यसवर्ष खर्च हुन नसकी दुई करोड ४१ लख ८७ हजार ६५५ रुपैयाँ रकम फ्रिज...
पर्वत, ३ साउन – पर्वत जिल्लाको देउपुरमा सञ्चालित १४ दशमलव ८ मेगावाटको मोदीखोला जलविद्युत आयोजनाबाट विद्युत उत्पादन थालिएको छ । खोलाको बाढी पसेपछि अवरुद्ध भएको विद्युत उत्पादन बिहानदेखि सुरु भएको हो । बाढीका कारण इन्टेकभन्दा माथिल्लो भागमा समस्या आएपछि विगत पाँच दिनसम्म विद्युत उत्पादन...
काठमाण्डु, ३ साउन – धितोपत्र बजारमा आज नेप्से परिसूचक ४० अङ्कले वृद्धि भई एक हजार ७८६ बिन्दुमा पुगेको छ । कुल १३७ कम्पनीको एक अर्ब ९५ करोड ४१ लाख ७० हजार ७६१ रुपैयाँ मूल्य बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । दैनिक चार...
काठमाण्डु, ३ साउन – मागअनुसार विद्युत उपलब्ध गराउन नसक्दा नेपाल विद्युत प्राधिकरणले हाल दैनिक छ घन्टा विद्युतभार कटौती गर्दै आएको छ । साँझको समयमा हाल दैनिक एक हजार ३०० मेगावाट विद्युतको माग हुँदै आएको छ । दिउँसो माग घटेर सामान्य अवस्थामा पुगे पनि बिहान...