अर्थ

बाख्रापालनबाट राम्रो आय

२०७३ साउन १ गते ९:५४

बागलुङ, १ साउन– जिल्लाको भकुण्डे–२ का युवा मनोज थापाले बाख्रापालनलाई व्यावसायिक बनाएका छन् । थापाको ‘फार्म’मा अहिले १५ वटा बाख्रा छन् । अघिल्लो वर्षसम्म थापाकोमा एक/दुई बाख्रा मात्र हुने गर्थे । विदेश जाने सपना त्यागेर थापाले कृषि र पशुपालनलाई पेसाको रुपमा अँगालेका छन् ।...

एक अर्बका दुई हजार आयोजना

२०७३ असार ३१ गते १८:२७

काठमाण्डु, ३१ असार– शान्ति तथा पुनःनिर्माण मन्त्रालयले आगामी आव २०७३। ०७४ मा पुनःनिर्माण तथा पुनःस्थापना कार्यक्रमका लागि एक अर्ब ४४ करोड बराबरको दुई हजार १७३ आयोजना प्रस्ताव गरेको छ । चालु आवमा भने सोही शीर्षकमा एक हजार ४५० आयोजनाका लागि एक अर्ब ३२ करोड...

प्रसारण लाइनमा देखिएको समस्याले धेरैजसो जलविद्युत आयोजना ढिलो सम्पन्न

२०७३ असार ३१ गते १६:५६

काठमाण्डु, ३१ असार – प्रसारण लाइनको अभावमा उपभोक्ताको घरसम्म विद्युत पुग्न नसकिरहेको बेला विद्युत विकास विभागले भने उल्लेख्य संख्यामा अनुमतिपत्र प्रदान गरेको छ । विभागले प्रसारण लाइन निर्माणका लागि हालसम्म ५६ वटा आयोजनालाई अनुमतिपत्र प्रदान गरेको छ भने १०७ वटा आयोजनाले सर्वेक्षण अनुमतिपत्र लिएका...

किसानलाई एक लाख बिरुवा वितरण

२०७३ असार ३१ गते १५:५१

म्याग्दी, ३१ असार – जिल्लाका किसानलाई यस वर्ष करिब एक लाख फलफूलका विरुवा वितरण गरिएको छ । जिल्ला कृषि विकास कार्यालयले ८० हजार र भू–संरक्षण कार्यालयले १५ हजार बिरुवा वितरण गरेका हुन् । कृषिले व्यावसायिक बगैँचा स्थापना गर्ने किसानलाई ५० प्रतिशत अनुदानमा २२ हजार...

झोला बुनेर राम्रो आम्दानी गर्छन् भदौरेका महिला

२०७३ असार ३१ गते १३:२२

पोखरा, ३१ असार – कास्कीको पर्यटकीय गाउँ भदौरेका महिलाले झोला बुनेर आम्दानी गरिरहेका छन् । पछिल्लो समयमा आय आर्जनका विभिन्न विकल्प बढ्दै गएका अवस्थामा स्थानीयवासीले झोलाबाटै आय आर्जन गर्ने गरेका छन् । अप्रेसन ब्लेसिङको आर्थिक सहयोग तथा चेतना महिला सीप विकास परियोजनाको समन्वयमा महिलालाई झोला...

दुई वाणिज्य बैंक एक भएर कारोबार थाले

२०७३ असार ३१ गते ११:२५

काठमाण्डु, ३१ असार – बैंक अफ काठमाण्डु र लुम्बिनी बैंक लिमिटेड एकीकृत भई बिहीबारदेखि संयुक्त कारोबार सुरु भएको छ । दुवै ‘क’ श्रेणीका वाणिज्य बैंक एकीकृत भएर कारोबार सुरु गरेको यो पहिलो पटक हो । दुवै बैंकले नेपाल राष्ट्र बैंकमा एकीकरणका लागि संयुक्त निवेदन...

कृषि र ऊर्जामा १५ प्रतिशत कर्जा लगानी गर्नैपर्ने

२०७३ असार ३० गते १८:५५

काठमाण्डु, ३० असार-नयाँ मौद्रिक नीतिले कृषि तथा जलविद्युत् क्षेत्रमा न्यूनतम १५ प्रतिशत कर्जा लगानी गर्नेपर्ने बाध्यकारी व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको नीतिमा हाल कायम रहेको कुल १२ प्रतिशत कर्जालाई परिमार्जन गरेर १५ प्रतिशत बनाएको हो । यसले सरकारले लक्ष्य...

खुसीको खबरः भूकम्पले भत्काएको ३८ लघुजलविद्युत् आयोजना मर्मत कार्य सुरु

२०७३ असार ३० गते १८:१०

गोरखा, ३० असार– जिल्लाको बारपाक केन्द्रबिन्दु भई गत वर्ष गएको भूकम्पका कारण अवरुद्ध भएका ३८ लघुजलविद्युत् आयोजनाको मर्मत कार्य सुरु गरिएको छ । सोह्र किलोवाट क्षमताको सिम्जुङको पात्लेखोला, बारपाक–२ को पाँच किलोवाट क्षमताको राङ्रुङ बल्झेखोला, सौरपानीको ११ किलोवाट क्षमताको पेल्कुखोला र बारपाकस्थित १३० किलोवाट...

सँधैँको सडक अवरोधले सौराहाको पर्यटन व्यवसाय नराम्ररी खस्कँदो

२०७३ असार ३० गते १७:३५

चितवन, ३० असार – भूकम्प र नाकाबन्दीले प्रभावित यहाँको पर्यटन व्यवसाय नारायणगढ–मुग्लिन सडकखण्डको स्तरोन्नतिका कारण हुने सवारी जाम र अवरोधका कारण थप प्रभावित भएको छ । भूकम्पबाट नेपाल सुरक्षित रहेको सन्देश अन्तर्राष्ट्रिय जगत्मा पु¥याउन नसक्दा अहिले पनि विदेशी पर्यटक पूर्ववत् अवस्थामा आउन सकेका छैनन्...

राष्ट्र बैंकको मौद्रिक नीति सार्वजनिक

२०७३ असार ३० गते १७:०९

काठमाण्डु, ३० असार – नेपाल राष्ट्र बैंकले राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय आर्थिक परिदृश्य र सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले अवलम्बन गरेका उद्देश्य र प्राथमिकतासँग तादात्म्यता कायम गर्दै आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले कृषि, ऊर्जा, पर्यटन, घरेलु...

म्याग्दीका गाउँमा करोडौँ नगद भित्र्याउने माध्यम बन्यो आलुखेती

२०७३ असार ३० गते १६:२३

म्याग्दी, ३० असार – म्याग्दीको हिस्तान–३ का धन तिलिजाले गत हप्ता ४५ मुरी आलु पोखरा लगेर बचे । अघिल्लो वर्ष आलु बेचेर एक लाख ९० हजार रुपैयाँ आम्दानी गरेका तिलिजाले यसपालि पनि त्यति नै कमाई हुने अनुमान गरेका छन् । तिलिजा जस्तै उत्तरी म्याग्दीको...

पोखरामा मात्रै ५९ वटा होमस्टे संस्था सञ्चालनमा

२०७३ असार ३० गते १६:०२

पोखरा, ३० असार – पर्यटन कार्यालय, पोखरामा दर्ता भई हालसम्म विभिन्न ५९ वटा संस्थाले घरवास (होमस्टे) कार्यक्रम सञ्चालन गर्दै आएका छन् । होमस्टे कार्यविधि निर्देशिका, २०६७ अनुसार पहिलो पटक २०६७ पुस १७ मा सार्दी खोला काभ्रे होमस्टे पर्यटन कार्यालयमा दर्ता भएको थियो । गण्डकी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us