अर्थ

युवा उद्यमीहरुका लागि १ अर्बको च्यालेन्ज फन्डको व्यवस्था गर्दैछु: अर्थमन्त्री

२०७३ असोज १५ गते १८:५७

भक्तपुर, १५ असोज- उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले अर्थ मन्त्रालयले एक इलाका एक व्यवसाय सञ्चालन गर्ने अभियान सुरु गर्न लागेको बताएका छन् । शनिबार भक्तपुरको बोडेमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् र गैरआवासीय नेपाली सङ्घले संयुक्तरुपमा आयोजना गरेको दुईदिने नेपाली युवाको अन्तर्राष्ट्रिय...

पर्यटक लोभ्याउदै हिमाली हीरक महोत्सव

२०७३ असोज १५ गते १६:५२

काठमाण्डु, १५ असोज-नेपाली पर्यटनको मुख्य आधार हिमाल आरोहण हो । जसले नेपालको पहिचानलाई विश्वसामु प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेलेको छ । सर्वोच्च शिखर सगरमाथा सहित विश्वका ८ हजार मिटर अग्ला आठ वटा हिमाल नेपालमा छन् । सन् १९५३ मे २९ मा पहिलो पटक नेपाली...

साताको नेप्से: चार अर्ब भन्दा बढीको कारोबार

२०७३ असोज १५ गते १५:५१

काठमाण्डु, १५ असोज-धितोपत्र बजारमा यस साता कुल १५८ कम्पनीको चार अर्ब ४५ करोड तीन लाख २८ हजार मूल्य बराबरको ५२ लाख ९२ हजार १६० कित्ता सेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार गतसाता १५२ कम्पनीको पाँच अर्ब ६५ करोड ४६ लाख ५८ हजार...

ब्राजिलमा बेरोजगारको संख्या कम हुँदै

२०७३ असोज १५ गते १५:३५

रियो डि जेनेरियो, १५ असोज-ब्राजिलमा आर्थिक वृद्धिसँगसँगै बेरोजगारीको सङ्ख्या पनि २०१७ सम्ममा कमि आउने देखिएको ब्राजिलका अर्थमन्त्री हेनरिक मिरेल्सले शुक्रबार विश्वास प्रकट गरेका छन् । ब्राजिलको इन्स्टिच्युट अफ जिओग्राफी एण्ड स्टाटिस्टिक्स (आइबीजीइ)ले यस वर्षको अगस्ट मसान्तसम्मको त्रैमासिक अवधिको एक अध्ययनमा बेरोजगारीको दर ११.८ प्रतिशत...

उद्योगले स्थानीय महिलालाई रोजगारी दियो

२०७३ असोज १५ गते १५:२७

इलाम, १५ असोज-इलामका विभिन्न स्थानमा खुलेका ललीपप र बम्बइसन उद्योगमा ग्रामीण क्षेत्रका महिलाले रोजगारी पाएका छन् । बम्बइसन र ललीपप कोसेलीका रूपमा माग बढ्न थालेपछि उद्योग खुल्ने क्रमसँगै महिला रोजगार बन्न थालेका हुन् । फिक्कल– पशुपतिनगर, नेपालटार– इलाम सडक आसपासमा बम्बइसन र ललीपप बनाउने...

क्यासिनो सञ्चालनसम्बन्धी विधेयक ल्याउन समितिको निर्देशन

२०७३ असोज १४ गते १६:४८

काठमाण्डु, १४ असोज-सामाजिक न्याय तथा मानवअधिकार समितिले राजस्व नतिर्ने तथा कर्मचारीलाई तलब भत्ता नदिने नेपाल रिक्रिएसन सेन्टरका तात्कालीन सञ्चालकलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ । समितिको शुक्रबारको बैठकले सेन्टरका तात्कालीन सञ्चालक शान्ति चड्डा, राकेश वादवा, शालिनी वाद्वा, तुलाराम भट्ट, सर्वण...

वैदेशिक रोजगारलाई पहिलो प्राथमिकतामा पारेको छु: श्रम मन्त्री

२०७३ असोज १४ गते १४:५८

ताप्लेजुङ, १४ असोज- श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले वैदेशिक रोजगारका क्षेत्रमा देखिएको ठगी, असुरक्षालाई न्यूनीकरण गर्ने विषय आफ्नो पहिलो प्राथमिकतामा परेको बताएका छन् । पछिल्लो समयमा वैदेशिक रोजगारको क्षेत्रमा बढ्दै गएको विचलनले विदेश जानु अघि र विदेशमा पुगेपछि ठगी, असुरक्षा जस्ता कुरा बढ्दै गएकाले...

अर्थतन्त्र सम्बन्धी तीन विधेयक बहुमतले पारित

२०७३ असोज १४ गते १४:४३

काठमाण्डु, १४ असोज-व्यवस्थापिका–संसद्को बैठकले अर्थतन्त्रसम्बन्धी तीन विधेयकलाई बहुमतले पारित गरेको छ । ती विधेयकमा आर्थिक विधेयक २०७३, राष्ट्र ऋण उठाउने विधेयक २०७३ र ऋण तथा जमानत (एक्काइसौँ संशोधन) विधेयक २०७३ रहेका छन् । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले सदनको शुक्रबारको बैठकमा ती विधेयक पारित...

दसैँअघि मर्मत हुँदै बागलुङका ९९ वटा सडक

२०७३ असोज १४ गते १४:३६

बलेवा (बागलुङ), १४ असोज-वर्षासँगै अवरुद्ध बनेका बागलुङका ग्रामीण सडक दसैँ अगाडि नै सञ्चालनमा आउने भएका छन् । जिल्लामा रहेका साबै सडक मर्र्मतका लागि जिल्ला विकास समिति, बागलुङले रकम विनियोजन गरेपछि अवरुद्ध सडकहरु दसैँ अगाडि नै सञ्चालनमा आउने भएका हुन् । जिल्लाका ५९ गाविसमा ९९...

नयाँ सहकारी विधेयकको उद्धेश्यः ‘एक व्यक्ति, एक सहकारी’

२०७३ असोज १४ गते १४:३०

काठमाण्डु, १४ असोज-व्यवस्थापिका संसद्को बैठकमा ‘सहकारी विधेयक, २०७३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । वि.सं २०४८ मा बनेको सहकारी ऐनलाई संशोधन गर्न नयाँ विधेयक आएको हो । सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले सदनको शुक्रबारको बैठकमा सो प्रस्तावलाई सदन...

नेपालमा राजनीतिक स्थायित्व भए क्यानडाबाट १ खर्ब लगानी भित्र्याउन सकिने

२०७३ असोज १३ गते १७:२४

काठमाण्डु, १३ असोज– गैरआवसीय नेपाली संघ क्यानडाका रिजनल अफिसर मित्र काफ्लेले नेपालमा लागानीको वातावरण र लगानी सुरक्षाको प्रत्याभुति भए क्यानडाबाट एक खर्बको लगानी नेपाल ल्याउन सकिने विश्वास बताएका छन् ।   बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको अन्र्तरक्रियात्मक कार्यक्रममा बोल्दै काफ्लले नेपालमा हाईड्रोपावर विकासको...

नेपालमा सञ्चालित कोकाकोला कम्पनीबारे अनौठो खुलासा !

२०७३ असोज १३ गते १५:३२

काठमाण्डु, १३ असोज-बालाजु औद्योगिक क्षेत्रभित्र रहेको बोटलर्स नेपाल (कोकाकोला) कम्पनी ३२ वर्षसम्म अनुमतिपत्र नलिई सञ्चालनमा रहेको फेला परेको छ । नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले बुधबार गरेको अनुगमनका क्रममा २०४१ सालदेखि हालसम्म अनुमतिपत्र नलिई सञ्चालन भइरहेको फेला परेको हो । कार्यालयका प्रमुख शशिभूषण...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us