अर्थ

२०० खसीबोका काठमाण्डु पठाइयो

२०७३ असोज १८ गते १२:०५

दाङ, १८ असोज– दसैँका लागि नेपाल खाद्य संस्थान अञ्चल कार्यालय तुलसीपुरले २०० खसी तथा बोका काठमाण्डु पठाएको छ । कार्यालय प्रमुख शेखर पौडेलका अनुसार जिल्लाका विभिन्न स्थानबाट खसी तथा बोका खरिदका लागि कार्यालयले खरिद केन्द्र स्थापना गरेको थियो । जिउँदो खसी २५ किलोभन्दा माथिको...

कारोबार सहज गरिदिन राष्ट्र बैंकलाई नेप्सेको आग्रह

२०७३ असोज १७ गते १६:३४

काठमाण्डु, १७ असोज-प्रभु बैंकको सेयर कारोबारमा अप्ठ्यारो परेको भन्दै नेपाल स्टक एक्सचेन्जले नेपाल राष्ट्र बैंकलाई सहज तुल्याउन आग्रह गरेको छ । ग्रन्ड बैंकसँगको मर्जर प्रक्रिया पूरा गरी एकीकृत बैंकिङ कारोबार सुरु गरेको १० महिनापछि साविकको प्रभु बैंकको मात्र सेयर कारोबार गर्न राष्ट्र बैंकले अनुमति...

सेयर बजार १६ अङ्कले बढ्यो

२०७३ असोज १७ गते १६:३३

काठमाण्डु, १७ असोज– धितोपत्र बजारमा आज ७९ करोड ३ लाख ४३ हजार १७५ मूल्य बराबरको सेयर कारोबार भएको छ ।     कुल १३६ कम्पनीको आठ लाख ९६ हजार ४१ कित्ता सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । अघिल्लो दिनको तुलनामा १६.६२...

हनुमान ढोकाभित्रको मन्दिर निर्माण गर्न इन्भेष्टमेन्ट बैंकले दियो १ करोड

२०७३ असोज १७ गते १६:२४

काठमाण्डु, १७ असोज- नेपाल इन्भेस्टमेन्ट बैंकले विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक हनुमानढोका परिसरमा रहेको गोपीनाथ तथा जगन्नाथ मन्दिर पुनःनिर्माणका लागि एक करोड सहयोग गर्ने घोषणा गरेको छ । गत वर्षको विनाशकारी भूकम्पले आंशिक रुपमा क्षति भएको ती ऐतिहासिक मन्दिर हाल जापान सरकारको आर्थिक एवम्...

ऊर्जा मन्त्रालयमा गुनासो सुनुवाइ संयन्त्र स्थापना, गुनासो सुनुवाइ नभए कारबाही गरिने

२०७३ असोज १७ गते १४:५२

काठमाण्डु, १७ असोज- तपाईको घर तथा आसपासमा विद्युत्भार कटौतीको समय भन्दा बढी समय विद्युत् कटौती भएको छ, नो लाइट शाखामा फोन गर्दा फोन उठ्दैन वा उठाएर पनि कर्मचारीले काम नगरेमा अब चिन्ता होइन उजुरी गर्नोस् । अब सरकारले उपभोक्ताका यस्तै गुनासोलाई सम्बोधन गर्न उच्चस्तरीय...

उद्योगमन्त्री जोशीले ल्याए नयाँ योजना

२०७३ असोज १७ गते १४:४१

बुटवल, १७ असोज-उद्योग मन्त्री नवीन्द्रराज जोशीले उद्योग सञ्चालनसम्बन्धी सूचना प्रवाहका लागि अब प्रत्येक जिल्लामा उद्यमी उत्प्रेरक राखिने बताएका छन् । त्यस्ता उद्यमी उत्प्रेरकले सूचना केन्द्रको स्रोत व्यक्तिधका रुपमा काम गर्ने हँदा औद्योगिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास पनि उनले लिए । नेपाल प्रेस युनियन...

‘शुल्क नतिर्ने कम्पनीलाई कडा कारबाही’

२०७३ असोज १७ गते १३:०७

काठमाण्डु, १७ असोज- नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएर सेयर बजार कारोबार गरिरहेका कम्पनीले तोकिएको समयमा वार्षिक सूचीकरण नवीकरण शुल्क नबुझाए कारबाहीमा पर्ने भएका छन् । नेप्सेका अनुसार असोज मशान्तभित्र सबै कम्पनीले तोकिएको वार्षिक शुल्क बुझाइ सक्नुपर्ने भए पनि हालसम्म एकसय २४ कम्पनीले ७६ लाख...

तल्लो मोदीखोला जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्य सञ्चालन

२०७३ असोज १७ गते १२:०२

पर्वत, १७ असोज– कर्मचारी र मजदुरको आन्दोलनका कारण रोकिएको २० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्य सञ्चालन भएको छ । तल्लो मोदीखोला जलविद्युत् आयोजनाको सुरुङ निर्माणको ठेकेदार कम्पनी साउथ एसियन इन्फ्रास्टक्चर व्यवस्थापन र त्यस प्रालिमा कार्यरत आन्दोलनकारी मजदुर र कर्मचारीबीच सहमतिपछि...

हवाई क्षेत्रलाई सुरक्षित र भरपर्दो बनाउछु: नागरिक उड्डयनमन्त्री

२०७३ असोज १६ गते १८:४५

काठमाण्डु, १६ असोज-संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाइने बताएका छन् । क्यानाडास्थित अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)  को मुख्यालय मन्ट्रियलमा भइरहेको ३९ औँ आइकाओ महासभालाई सम्बोधन गर्दै पर्यटनमन्त्री शाहीले नेपालको हवाई क्षेत्रलाई सुरक्षित र भरपर्दो बनाउन सरकार लागिपरेको...

पोखरा उपत्यका प्राधिकरण बनाउने तयारी गरिदैछ: सहरी विकासमन्त्री

२०७३ असोज १६ गते १४:३८

पोखरा, १६ असोज- सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले पोखरा र लेखानाथ नगरपालिकालाई मिलाई पोखरा उपत्यका प्राधिकरण बनाउन लागिएको जानकारी दिएका छन् । नेपाल प्रेस युनियन कास्कीद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले शक्तिका आडमा सार्वजनिक जग्गा ओगट्ने र पछि आफ्ना नाममा दर्ता गरेर बिक्री गर्ने प्रवृत्ति दृढतापूर्वक...

दुई सिमेन्ट उद्योगको इजाजतपत्र निलम्बन

२०७३ असोज १६ गते १४:०१

खजुरा, १६ असोज-नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तहीन सिमेन्ट उत्पादन गरेको आरोपमा जिल्लाका बागेश्वरी र जय मङ्गलम सिमेन्ट उद्योगका इजाजतपत्र निलम्बन गरेको छ । विभागले उद्योगले उत्पादन गरी बजारमा पठाएको सिमेन्टको नमुना सङ्कलन गरी परीक्षण गर्दा सरकारले तोकेको मापदण्डभन्दा फरक भएकाले ती उद्योगका सिमेन्ट...

पूर्वाधार निर्माण प्राथमिकता दिदैछौ: राष्ट्रिय योजना आयोगका उपाध्यक्ष

२०७३ असोज १६ गते १३:५८

म्याग्दी १६ असोज- राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले मुलुकको आर्थिक विकास र संमृद्धिका लागि आर्थिक पूर्वाधार निर्माणमा प्राथमिकता दिइएको बताएका छन् । आयोगको उपाध्यक्षमा नियुक्त भएपछि स्थानीय उद्योग वाणिज्य सङ्घले आइतबार बेनीमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले सडक, ऊर्जा, पर्यटन,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us