काठमाण्डु, ३० असोज–राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट अतिप्रभावित ११ जिल्लाका चार लाख २० हजार ८२२ पीडितलाई पहिलो किस्ताको अनुदान वितरण गरेको छ। हालसम्म चार लाख ३७ हजार ४६९ घरधनीलाई पहिलो किस्ताको ५० हजार भुक्तानीका लागि सिफारिस गरिएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले राससलाई जानकारी दिए। ुदसैँका...
काठमाण्डु, ३० असोज– सत्तारुढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् पूर्व अर्थमन्त्री रामशरण महतले भारतको गोवामा भैरहेको ब्रिक्स सम्मेलनबाट नेपालले ठूलो लाभ लिन नसक्ने स्पष्ट पारेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा महतले ब्रिक्स सम्मेलनमा नेपालले द्धिपक्षीय भेटवार्ता गर्ने उपयोगिता बाहेक...
चितवन, ३० असोज– चाडपर्वको समयमा यात्रुलाई अप्ठेरोमा पारेर बढी भाडा असुल गर्ने १८४ गाडी चालकलाई कारबाही गरिएको छ। तिनीहरुमध्ये १२२ जनाबाट असुल गरेको बढी भाडा प्रहरीले फिर्ता गराएको छ भने ६२ जनालाई भाडा फिर्ता गराई एक हजार पाँच सय रुपैयाँका दरले जरीवाना तिराएको छ।...
रसुवा, २९ असोज-हिमाली पदयात्राका लागि लाङटाङ तथा गोसाइँकुण्ड क्षेत्रमा पर्यटकको आगमन वृद्धि भएको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त प्रमुख संरक्षण अधिकृत केशवराज भेटवालका अनुसार चालु आवको साउनदेखि अहिलेसम्म एक हजार ५०० भन्दा बढी पर्यटक लाङटाङ राष्ट्रिय क्षेत्रभित्र प्रवेश गरिसकेका छन् । गत...
मुस्ताङ, २९ असोज-मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा धार्मिक पर्यटकको भीड लागेको छ । मुक्तिनाथ मन्दिरको दर्शन र १०८ धारामा स्नान गर्न देशका विभिन्न भागबाट भक्तजन मुक्तिनाथ पुगेका हुन् । दसैँको बिदा मनाउन मुस्ताङ घुम्न आउने अधिकांश आन्तरिक पर्यटक मुक्तिनाथ पुग्ने गरेका छन् । दशमीको भोलिपल्टबाट...
पोखरा, २९ असोज-अन्नपूर्ण क्षेत्रमा रहेको पदमार्ग (ट्रेकिङ रुट) को प्रवद्र्धनका लागि ‘दशबुँदे पर्यटन प्रवद्र्धन धम्पुस घोषणापत्र’ जारी गरिएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) र सेञ्चुरी पर्यटन व्यवसायी समितिले अन्नपूर्ण क्षेत्रअन्तर्गत पर्ने धम्पुस, छोम्रुङ हुँदै माछापुच्छ्रे आधार शिविर पुग्ने ट्रेकिङ रुटलाई नयाँ ढङ्गले सञ्चालन...
काठमाण्डु, २८ असोज-दसैँको सुरुवातसँगै सुनको मूल्य घटेकाले कारोबार बढ्दै गएको नेपाल सुनचाँदी व्यवसायी सङ्घले जनाएको छ । दसैँको घटस्थापनाको दिन प्रतितोला ५८ हजार ३०० मा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार प्रतितोला ५६ हजार र तेजावी सुनको मूल्य ५५ हजार ७५० कायम रहेको छ...
पाल्पा, २८ असोज-ग्रामीण क्षेत्रमा विद्युत् महसुल काउन्टर नहुँदा ८० रुपैयाँ विद्युत् महसुल तिर्न ५०० रुपैयाँ तिर्न बाध्य भएका छन् । जिल्लाका ग्रामीण क्षेत्रमा तत्कालीन द्वन्द्वमा असुरक्षाले हटेका ग्रामीण क्षेत्रका विद्युत् महसुल काउन्टर अझै स्थापना हुन नसक्दा उपभोक्ता मर्कामा परेका हुन । द्वन्द्वका बेला सदरमुकाम...
मुस्ताङ, २८ असोज-हिमाली जिल्ला मुस्ताङबाट यसवर्षको दसैँमा २७ करोडको भेडा, च्याङ्ग्रा निर्यात भएको छ । जिल्ला विकास समिति मुस्ताङले दसैँ अवधिभर म्याग्दी र मुस्ताङको सिमाना घासाबाट सङ्कलन गरेको तथ्याङ्कअनुसार असोज ७ देखि २३ गतेसम्म २१ हजार ४५ वटा भेडा, च्याङ्ग्रा बाहिरिएका थिए । ती...
धादिङ, २४ असोज– खेतबारीको नाममा यत्ति हो । वर्षभरि खाने अन्न यही खेतको धान हो । अरु केही छैन । गत वर्षहरुमा ३० मुरी धान फल्थ्यो । चाडपर्वको खर्च समेत यही धानबाट गर्ने गरिएको थियो । अहिले धानको बाला निस्किएपछि सबै सुकेर भुस मात्र फल्यो...
पोखरा, २२ असोज– कास्कीको सिल्दुजुरे गाउँ विकास समिति–९ बाहुनडाँडामा निर्माणाधीन अपरमादी जलविद्युत् आयोजनाले कात्तिकको अन्तिममा परीक्षण उत्पादन गर्ने भएको छ । मादी खोलाबाट निकालिने २५ मेगावाट क्षमताको सो जलविद्युत् आयोजना निर्माणको अधिकांश काम सकिएकाले परीक्षण उत्पादनको अन्तिम तयारीमा लागेको आयोजनाका को–अर्डिनेटर राजकुमार बरालले...
मोरङ, २२ असोज– यस वर्षको दसैंमा विराटनगर भन्सार कार्यालय दुई दिन मात्र बन्द हुने भएको छ । अघिल्लो वर्षसम्म एक हप्तासम्म बन्द हुने भन्सार कार्यालय यस वर्ष टीकाको अघिल्लो दिन र टीकाको दिन मात्र बन्द हुने भएको हो । सर्वसाधारणको सहजताका लागि यही असोज...