बागलुङ, २१ असोज– दसैँ आगमनसँगै भेडाच्याङग्राको किनबेच बढेको छ । बर्सेनि दसैँमा एक हजारभन्दा बढी भेडाच्याङ्ग्रा जिल्ला भित्रने गरेका छन् । म्याग्दी भकिम्ली–६ का अम्मरबहादुर खत्रीले ९० वटा च्याङ्गा बागलुङ ल्याएकोमा आधाभन्दा बढी बिक्री भइसकेको बताए । उनीगायत चार जनाको समूहले चार दिन लगाएर...
खोटाङ, २० असोज– जिल्लामा सञ्चालन हुन लागेको मेवाखोला हाइड्रोपावरको काम वर्षा र पहिरोको क्षतिका कारण केही समय पछि धकेलिएको छ । असोज दोस्रो साताभित्र बत्ती बाल्ने घोषणा गरेर काम अगाडि बढाइएको भए पनि वर्षा र पहिरोका कारण दसैँपछिका लागि धकेलिएको हो । आयोजनाको प्रवद्र्धक...
म्याग्दी, २० असोज पर्यटक आउने क्रम बढ्न थालेपछि जिल्लामा होटलको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । हाल जिल्लामा होटलको सङ्ख्या १२० नाघेको छ । दुई वर्षअघि जिल्लामा ८७ वटा होटल रहेका थिए । यी सबै होटलमा रु ८३ करोडभन्दा बढीको लगानी रहेको...
काठमाण्डु, १९ असोज– जापान सरकारले विभिन्न सातवटा परियोजना सञ्चालनका लागि नेपाल सरकारलाई रु ६१ करोड सहयोग गरेको छ । नेपालस्थित जापानी दूतावासका अनुसार जापानले हनुमानढोकास्थित पञ्चमुखी हनुमान मन्दिर र पाटनको देगु तलेजु मन्दिरको जीर्णोद्वार गर्न ३३ करोड, सिचाइँ प्रणाली सुधार कार्यक्रममा १५ करोड, गोदामघर...
पर्सा, १९ असोज- पूर्व अर्थमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामशरण महतले विज्ञान र प्रविधिको प्रयोगले नै नेपालमा द्रूत आर्थिक विकास गर्न सकिने बताएका छन् । हरिखेतान बहुमुखी क्याम्पसले यहाँ बुधबार आयोजना गरेको विज्ञान सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, विज्ञान र प्रविधिको माध्यवाट कृषिमा...
पोखरा, १९ असोज-राष्ट्रिय वाणिज्य बैंक पश्चिमाञ्चल क्षेत्रीय कार्यालयअन्तर्गतका शाखाले गत आवको अन्त्यसम्ममा १३ अर्ब ५१ करोड २६ लाख २५ हजार ऋण लगानी गरेका छन् । ती शाखाले सो अवधिमा ८८ करोड ९७ लाख २० हजार नाफा गरेको कार्यालयका उपप्रबन्धक हितकाजी गुरुङले जानकारी दिए ।...
पोखरा, १९ असोज-नेपाल राष्ट्र बैंक पोखरा कार्यालयमा दसैंका लागि नयाँ नोट साट्न आउने सर्वसाधारणको अत्याधिक भीड लागेको छ । नयाँ नोट साट्न असोज ९ गतेदेखि पोखराको राष्ट्र बैंक चोकस्थित कार्यालय परिसरबाट दुईवटा काउन्टरसहित सेवा सुरु गरिएको थियो । नेपाल राष्ट्र बैंक पोखराका निर्देशक चिरञ्जीवी...
धुन्चे , १९ असोज-नेपालको उत्तरी नाकामा रहेको रसुवा भन्सार कार्यालय टिमुरेले असोज महिनाको आधाआदिमै लक्ष्यभन्दा बढी भन्सार असुली गरेको छ । प्रमुख भन्सार अधिकृत केदार पनेरुका अनुसार असोज महिनाको १६ गतेभित्र २५ प्रतिशतभन्दा बढी राजस्व उठेको छ । असोज महिनामा राजस्व असुली १७ करोड...
काठमाण्डु, १८ असोज-सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनामा स्थानीय प्रभावितले समेत लगानी गर्न पाउने व्यवस्था गर्न लागेको छ । बहुउद्देश्यीय र ठूलो लगानीको आयोजना भएकाले तत्काल प्रतिफल नआउने भएकाले स्थानीय प्रभावितलाई सहभागी गराउने वा नगराउने भन्ने बारेमा अन्यौल रहेको बेला सरकारले...
काठमाण्डु, १८ साउन– नेपाल राष्ट्र बैंकले हामीसँग भएको पैंसालाई कसरी सुरक्षित राख्ने भन्नेबारे जानकारी दिएको छ । बैंकको नामबाट निकालिएको एक अनुरोध सन्देशमा नोटलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने जानकारी दिइएको हो । बैंकको अनुरोध अनुसार नोटमा जथाभावि लेख्न र...
दाङ, १८ असोज– यहाँको नगरपालिकाले दलित समुदायका शिशुको जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराए प्रोत्साहनस्वरुप एक हजार दिने भएको छ । दलित बालबालिकाको जन्मदर्ता समयमै नहुने समस्या रहेकाले स्थानीय विकास मन्त्रालयकै योजनाअनुसार तुलसीपुर नगरपालिकाले रकम दिने भएको हो । मन्त्रालयले नगरपालिकालाई...
काठमाण्डु, १८ असोज-चालु आर्थिक वर्षको वृद्धिदर पाँच प्रतिशतमा सीमित रहने प्रक्षेपण विश्व बैंकले गरेको छ । दक्षिण एसियाको अर्थतन्त्रबारे विश्व बैंकले मंगलबार जारी गरेको अर्धवार्षिक प्रतिवेदनअनुसार चालु आवमा कृषि तथा निर्माणका क्षेत्रमा सुधार हुने भएकाले नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशत हुने अनुमान गरिएको हो...