अर्थ

कारोबार सुरु भएको ४० मिनेटमा नै सर्किट ब्रेक

२०७३ मंसिर १३ गते १२:३७

काठमाण्डु– नेपाल स्टक एक्स्चेन्जले सेयर कारोबार अस्वाभाविक रुपमा घटेपछि आज पुनः सर्किट ब्रेक लगाएको छ । कारोबार सुरु भएको ४० मिनेटमा नै नेप्से परिसूचक ३ प्रतिशतभन्दा बढीले घटेपछि स्टकले ब्रेक लगाएको हो । नेप्सेका अनुसार कारोबार सुरु हुनेबित्तिकै ५२ दशमलव ७६ बिन्दुले परिसूचक घटेको...

पोखरा वृद्धाश्रमलाई भारतीय नागरिकद्वारा सहयोग

२०७३ मंसिर १३ गते १२:२२

पोखरा– पश्चिमाञ्चलको नमुना वृद्धाश्रमका रुपमा स्थापित पोखरा वृद्धाश्रमलाई भारतीय नागरिक दिवान कक्षकुमार दत्तले एक लाख आर्थिक सहयोग गरेका छन् । भारतको नयाँदिल्ली घर भई पोखरामा बस्दै आएका उनले आफ्नी छोरी मलदत्त तलवारको स्मृतिमा वृद्धाश्रमलाई सहयोग गरेका हुन् । पोखरा वृद्धाश्रममा आयोजित एक कार्यक्रमका बीच...

जलविद्युत् आयोजनाको ६० प्रतिशत सुरुङ निर्माण

२०७३ मंसिर १३ गते ११:३७

म्याग्दी– म्याग्दीको नारच्याङ–१ मा घलेम्दी खोला जलविद्युत् आयोजनाको ६० प्रतिशत सुरुङ निर्माण भएको छ । घलेम्दी हाइड्रो लिमिटेडले विसं २०७१ देखि निर्माण सुरु गरेको पाँच मेघावाट क्षमताको आयोजनाको हालसम्म एक हजार २५ मिटर सुरुङ निर्माण भएको हो । इन्टेकतर्फबाट ३७० मिटर र विद्युत् गृहतर्फबाट...

स्टकले लगायो सर्किट ब्रेक, ५६ अंकले घट्यो बजार

२०७३ मंसिर १२ गते १४:५६

काठमाण्डु, १२ मंसिर- धितोपत्र बजारमा नेप्से परिसूचक अस्वाभाविक रुपमा घटेपछि नेपाल स्टक एक्चेन्जले सर्किट ब्रेक लगाएको छ । कारोबार सुरु हुने बित्तिकै घट्न थालेको नेप्से परिसूचक एक हजार पाँच सय ३४ बाट ५६ अङ्कले घटेर एक हजार चार सय ७८ बिन्दुमा कायम रहेको छ...

दोहोरो कर असुलेको भन्दै ट्याक्टर व्यवसायी आन्दोलित

२०७३ मंसिर १२ गते १३:५९

इटहरी-मोरङ जिविसले खोलाजन्यवस्तु उत्खनन तथा निकासीमा दोहोरो मूल्य अभिवृद्धि कर असुल गरिरहेका भन्दै सुनसरी र मोरङका ट्याक्टर व्यवसायी आन्दोलनमा उत्रिएका छन् । जिविसले दुई स्थानमा जाँच चौकी राखेर ट्याक्टर, ट्रकलगायत ठूला सवारीसाधनसँग एउटै वस्तुको मूल्य अभिवृद्धि कर दुईपटक लिएको बिरोधमा ती व्यवसायी आन्दोलित भएका...

सहकारी ऐन पारित गरिदैछ: सहकारी मन्त्री

२०७३ मंसिर ११ गते १७:४२

भक्तपुर- सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले विगत चारवर्षदेखि थन्किएर रहेको सहकारी विधेयकलाई पारित गर्ने तयारी भइरहेको बताएका छन् । शुक्रबार भक्तपुरको बालकोटमा आयोजना भएको मैत्रीय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौँ वार्षिक साधारणसभामा बोल्दै सहकारी ऐन अत्यावश्यक भएकाले ऐन ल्याउने तयारी...

विद्युत्भार कटौती अन्त्य गर्न नवीकरणीय ऊर्जालाई महत्व दिनुपर्छ: जोशी

२०७३ मंसिर ११ गते १७:०५

काठमाण्डु- जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले विद्युत्भार कटौती अन्त्य गर्ने सरकारको लक्ष्य हासिल गर्न सौर्य ऊर्जालगायत नवीकरणीय ऊर्जा प्रविधिको विकास तथा विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल सौर्य विद्युत् उत्पादक सङ्घको १६ औँ वार्षिक साधरणसभाको उद्घाटन गर्दै उनले भारतबाट विद्युत् आयात गरेर गरिने...

हेवा खोला जलविद्युत् परियोजना ‘ए’को काममा अवरोध

२०७३ मंसिर ११ गते १२:५९

पाँचथर-हेवा खोला जलविद्युत् परियोजना ‘ए’ का लागि स्थानीयवासी र पाँचथर पावर कम्पनीबीच भएको सम्झौता कार्यान्वयन नभएको जनाई स्थानीयवासीले अवरोध गरेपछि परियोजनाको काम ठप्प भएको छ । स्थानीयवासीले केही दिनदेखि कार्यालयको मूलढोकामै तालाबन्दी गरेका छन् । परियोजनाको कार्य क्षेत्रभित्र कालो झन्डा समेत गाडिएको छ ।...

संस्था भागेपछि साठी लाखको योजना अलपत्र

२०७३ मंसिर ११ गते १२:४८

इलाम-साठी लाख खर्चेर बनाइएको खानेपानी योजना सञ्चालन नभएपछि पूर्वी समालवुङका १७० परिवारलाई यतिबेला खानेपानीको चर्को समस्या भएको छ । विसं २०६४ बाट निर्माण सुरू भएको छाँगेलामा खानेपानी तथा सरसफाइ योजनामा कमसल गुणस्तरको पाइप खरिद गरी प्रयोग गर्दा पानी सञ्चालन नभएको र सेवा प्रदायक संस्थाले...

झापामा ट्राफिक प्रहरीले उठायो ७७ लाख

२०७३ मंसिर १० गते १४:३७

झापा-जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आव २०७३/७४ को प्रथम चौमासिकमा ७७ लाख ६७ हजार राजस्व संकलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने १३ हजार १०० सवारी चालकलाई कारबाही गरी उक्त राजस्व सङ्कलन गरेको हो । कारबाहीमा पर्नेमा सबैभन्दा बढी मोटरसाइकल चालक रहेका जिल्ला...

सुन खरिद गर्नेहरुका लागि खुसीको खबर

२०७३ मंसिर १० गते १४:१७

काठमाण्डु– विवाहको मौसम भएतापनि योपटक भने सुनको मुल्य ह्वात्तै घटेको छ । शुक्रबार मात्र सुन प्रतितोला ४ सय रुपैयाँले घटेर ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । सुन कारोबारमा यो ६ महिना यताकै सबैभन्दा सस्तो मूल्य हो । नेपाल सुनचाँदी व्यावसायी महासंघका...

बूढीगण्डकी डुबान क्षेत्रको मुआब्जा निर्धारण

२०७३ मंसिर १० गते १२:५८

गोरखा- बूढीगण्डकी जलविद्युत् आयोजनाको पानीको सतहले डुब्ने क्षेत्रका जग्गाको मुआब्जा निर्धारण गरिएको छ । जग्गा वर्गीकरणका आधारमा न्यूनतम पाँच लाखदेखि अधिकतम आठ लाखसम्म मुआब्जा दिने निर्णय भएको हो । गोरखा र धादिङको सीमा भई बगिरहेको बूढीगण्डकी नदीमा १२ सय मेगावाट क्षमताको जलाशययुक्त निर्माण हुने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us