अर्थ

ऊर्जा मन्त्रालयले दियो नयाँ निर्देशन

२०७३ मंसिर १६ गते १७:१०

काठमाण्डु– ऊर्जा मन्त्रालयले हाल काठमाण्डु उपत्यकामा जारी रहेको विद्युत्भार कटौतीमुक्त अभियानलाई निरन्तर अगाडि बढाउन, चुहावट नियन्त्रण गर्न र विद्युत् चोरी नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । गत दशैंबाट सुरु भएको विद्युत्भार कटौतीमुक्त अभियान अगाडि बढिरहेको सन्दर्भमा आगामी दिनमा...

सेयर बजार ओरालो लाग्यो

२०७३ मंसिर १६ गते १७:०३

काठमाण्डु– धितोपत्र बजारमा नेप्से परिसूचक बिहीबार पनि ओरालो लागेको छ । सेयर कारोबार हुने साताको बिहीबार अन्तिम दिन बजार ७.८४ बिन्दुले ओरालो लागेको हो । एक हजार ६०९ बिन्दुमा रहेको नेप्से परिसूचक घटेर एक हजार ६०० बिन्दुमा कायम भएको छ । ठूला कम्पनीको सेयर...

लाउन नमिल्ने कपडाबाट तीन लाख आम्दानी

२०७३ मंसिर १६ गते १५:३९

हेटौँडा– कपडा पुरानो भएर लाउन नमिल्ने भएपछि तपाईं के गर्नुहुन्छ ? यो प्रश्नको जवाफ सामान्यतया फाल्छौँ भन्ने आउला । तर हेटौँडा उपमहानगरपालिकामा भने सिरक डसना बनाउछौँ भन्ने जवाफ आउन थालेको छ । हेटौँडा उपमहानगरपालिका–८ का कमानसिंह लामाको हेटौँडा कपास उद्योगमा पुराना कपडाको कपास बनाउन...

पर्यटक आगमनमा दोब्बर वृद्धि

२०७३ मंसिर १६ गते १२:५१

चितवन-चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ । निकुञ्जका कार्यालयका अनुसार, गत आर्थिक बर्षको पहिलो चार महिनाको तुलनामा यस वर्षको सोहि अबधिमा दोब्बरभन्दा बढीले पर्यटक सङ्ख्यामा वृद्धि भएको हो । गत आर्थिक बर्षको पहिलो चार महिनामा १८ हजार १३८ जना पर्यटक निकुञ्ज...

सेयर बजार उकालो लाग्यो

२०७३ मंसिर १४ गते १६:०५

काठमाण्डु-लगातार घट्दै आएको सेयर बजार मंगलबार भने ४३.५२ अङ्कले बढेर लगानीकर्तालाई केही राहत मिलेको छ । लगातार घट्दै आएको र पटक पटक सर्किट ब्रेकसमेत लगाउनुपरेको बजार मंगलबार २ दशमलव ८८ प्रतिशतले उकालो लाग्दा नेप्से परिसूचक एक हजार ५५३ बिन्दुमा पुगेको छ । कुल १३१...

बूढीगण्डकी आयोजना: उचित मुआब्जा र पुनर्वासको माग

२०७३ मंसिर १४ गते १४:०४

काठमाण्डु– एक हजार २०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण हुँदा पानीको सतहले डुबाउने जग्गाको मुआब्जा निर्धारण गरी सार्वजनिक गरेपछि प्रभावित क्षेत्रका बासिन्दाले त्यसको विरोध गरेका छन् । गोरखाका प्रजिअ नारायणप्रसाद भट्ट संयोजक रहेको मुआब्जा निर्धारण समितिले डुबान क्षेत्रको जग्गालाई एघार भाग लगाएर मुआब्जा...

कपिलवस्तुमा १४ वटा सडक निर्माणका लागि यी सांसदले छुट्याए बजेट

२०७३ मंसिर १४ गते ११:४०

कपिलवस्तु– कपिलवस्तुमा सडक निर्माणका लागि सांसद्ले बजेट छुट्याएकाले जनता खुसी भएका छन् । कपिलवस्तुको क्षेत्र नम्बर–५ बाट निर्वाचित सङ्घीय समाजवादी फोरम नेपालका सांसद् अभिषेक प्रताप शाहले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमका लागि १८ योजना पेस गरेकोमा १४ वटा सडकका रहेका छन् । पूर्वाधार विकास...

काठमाण्डु महानगरपालिकाले प्रथम चौमासिकमै ७ करोड बढी राजस्व उठायो

२०७३ मंसिर १३ गते १७:५१

काठमाण्डु-काठमाण्डु महानगरपालिकाले प्रथम चौमासिकमा लक्ष्यभन्दा करिब सात करोड बढी राजस्व सङ्कलन गरेको छ । कामपाका राजस्व महाशाखा प्रमुख धु्रव काफ्लेका अनुसार चालु आवको प्रथम चौमासिकमा ५१ करोड ४५ लाख लक्ष्य लिइएकामा करिब ५८ करोड ४९ लाख असुल गरिएको छ । उक्त रकम गत वर्षको...

चाँडै मत्स्यपालन नीति ल्याउँदैछौः कृषि मन्त्री

२०७३ मंसिर १३ गते १७:४३

काठमाण्डु-चितवन, झुवानीका थारु महिलाको नृत्यसंगै भृकुटीमण्डपमा आयोजित माछा महोत्सव समापन गरिएको छ । महोत्सवमा सिपी, शङ्खे किरा (घुङ्गी)  लगायत विभिन्नथरिका माछाको जिउँदो तथा तयारी परिकार बिक्रीमा राखिएको थियो । नेपाल मत्स्य व्यवसायी सङ्घ केन्द्रीय कार्यसमितिको आयोजनामा ‘स्वदेशी माछा खाऔँ, स्वस्थ रहौँ ’ भन्ने अभियानकासाथ...

किसानले किन बोटबाट सुन्तला टिपेनन् ?

२०७३ मंसिर १३ गते १४:०४

पाल्पा– सुन्तलाको उचित मूल्य नपाएपछि यहाँका किसान चिन्तित बनेका छन् । बजार मूल्य राम्रो नभएपछि उनीहरुले बोटबाट सुन्तला टिपेका छैनन् । साना सुन्तलाका दानाको थोक मूल्य प्रतिकिलो १० र ठूला सुन्तलाका दानाको थोक मूल्य प्रतिकिलो ३५ मा कारोबार हुने भएपछि जिल्लाको पश्चिमी भेगका किसानले...

ढल्केबर सवस्टेसनको काम सम्पन्न हुँदै, थप ८० मेगावाट विद्युत् आउँदै

२०७३ मंसिर १३ गते १३:३६

काठमाण्डु- बहुप्रतिक्षित एवम् महत्वपूर्ण आयोजना मानिएको ढल्केबर सवस्टेसनको काम आगामी एक महिनाभित्र सम्पन्न हुने भएको छ । हिउँदमा बढदो विद्युत् माग पूरा गर्न सहज हुने सो सवस्टेसनको करिब ९० प्रतिशत काम सम्पन्न भएको जनाइएको छ । ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत हाल आइरहेको ८० मेगावाट...

जिम्बाबेले डलरको स्थानमा आफ्नै मुद्रा प्रचलनमा ल्यायो

२०७३ मंसिर १३ गते १३:१९

हरारे-जिम्बाबेले सोमबार नगदको गम्भीर सङ्कट हटाउन अमेरिकी डलरको समकक्षमा आफ्नै मुद्राको रूपमा जमानत युक्त नोट जारी गरेको छ । अर्कोतर्फ यस मुद्रामा पनि उच्च स्फीति हुने आशङ्का गरिएको छ । अफ्रिकाको दक्षिणी भागमा अवस्थित सङ्कटग्रस्त यस मुलुकले सन् २००९ देखि अमेरिकी हरियो मुद्राका साथमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us