काठमाण्डु– मजदुर र मालिकबीचको सहकार्य भएमा मात्रै देशमा औद्योगिक वातावरण निर्माण हुनसक्नेमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले जोड दिएका छन् । नेपाल ट्रेड युनियन काँग्रेस र जापान अन्तर्राष्ट्रिय श्रम संस्था (जिलाफ) ले संयुक्त रुपमा आयोजना गरेको ‘औद्योगिक सम्बन्ध र श्रम नीति’ विषयक दुईदिने गोष्ठीको...
काठमाण्डु-आगामी दश वर्षमा दश हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित सरकारको संयोजनमा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था(इपान)ले यही मङ्सिर ३० गतेदेखि आगामी पुस १ गतेसम्म दुई दिवसीय ‘ऊर्जा सम्मेलन’को आयोजना गर्ने भएको छ । सम्मेलनमा नेपाल, भारत, चीन, दक्षिण कोरिया, जापान, नर्वे, संयुक्तराज्य अमेरिका, बेलायत,...
काठमाण्डु– सरकारले योजनाबद्ध रुपमा विद्युत् चुहावट नियन्त्रण गर्नेतर्फ पहल गरे पाँच अर्ब नेपाल विद्युत् प्राधिकरणलाई फाइदा हुने देखिएको छ । प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा उपलब्ध विद्युत्मध्ये करिब २४० मेगावाट विद्युत् चोरी तथा प्राविधिक चुहावटका कारण खेर गइरहेको अवस्थामा तत्काल १० प्रतिशतमात्रै चुहावट र चोरी...
पोखरा-पर्यटकीय स्थल कास्कीको लुम्ले–३ स्थित सुन्दर गाउँ तान्चोकमा युवा पलायनलाई न्यूनीकरण गर्ने उद्देश्यले कल्सी इको लज रिसोर्ट सञ्चालनमा ल्याइएको छ । ग्रामीण पर्यटन प्रवद्र्धन मञ्चका पूर्वअध्यक्षसमेत रहेका चित्रबहादुर गुरुङको सक्रियतामा तान्चोक गाउँको सिरानमा रहेको कयरबारीमा सो रिसोर्ट सञ्चालन गरिएको हो । पछिल्ला वर्षमा गाउँबाट...
रत्ननगर-चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत चारवटा सामुदायिक वनले हात्ती सफारीका लागि अनुमति पाएका छन् । पर्यटकलाई हात्तीमा चढाएर वन्यजन्तु अवलोकनका लागि सौराहा आसपासमा हात्ती सफारी हुँदै आएकामा अहिले चितवनको पश्चिम क्षेत्रमा समेत सफारीको अनुमति दिइएको हो । निकुञ्जको बरन्डाभार उपभोक्ता समितिअन्तर्गत बाटुली मध्यवर्ती सामुदायिक...
पथरी-सिँचाइमन्त्री दीपक गिरीले देशभरका किसानको सिँचाइ सुविधा उपलब्ध गराउन नयाँ कार्यक्रम ल्याउने बताएका छन् । प्रेस युनियनले सोमबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा कुरा गर्दै मन्त्री गिरीले केही हप्तामै सिँचाइका विशेषज्ञको सम्मिलित टोली गठन गरेर सिँचाइसम्बन्धी नयाँ कार्यक्रम कस्तो ल्याउने भन्ने तय गर्ने बताए...
पर्वत– दक्षिण पर्वतको त्रिवेणीमा सञ्चालित श्रीमद्भागवत ज्ञान महायज्ञमा सांसद विकास लम्सालले आइतबार २० लाख रुपैयाँ सहयोग गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत पर्ने त्रिवेणीमा रहेको पैंयु बहुमुखी क्याम्पसमा स्नातकोत्तरतह र प्राविधिक विषयको पठनपाठन सञ्चालन गर्न आर्थिक स्रोत जुटाउने उद्देश्यले एक सातादेखि सञ्चालित शैक्षिक महोत्सव...
काठमाण्डु– सरकारले आर्थिकरुपमा जर्जर भएको साझा प्रकाशन बचाउन ३० करोड रुपैयाँ निकासा दिने भएको छ । शिक्षामन्त्री धनीराम पौडेलका अनुसार मन्त्रिपरिषद्को आइतबारको बैठकले १० करोड अनुदान र २० करोड ऋण गरी ३० करोड प्रदान गर्ने निर्णय गरेको हो । विगतमा सरकारी पाठ्यपुस्तक वितरणको आधिकारिक...
पोखरा-विश्व रामसार सूचीमा सूचीकृत पोखरा उपत्यकाका नौ तालको व्यवस्थापन योजना तयार भएको छ । सिमसारको एकीकृत ताल बेंसी व्यवस्थापन योजना विषयको राष्ट्रिय कार्यशाला गोष्ठीमा संरक्षण विकास फाउन्डेसनका अध्यक्ष शैलेन्द्र पोखरेलले विभिन्न चरणका छलफलपछि योजनाको अन्तिम मस्यौदा तयार गरिएको जानकारी दिए । उनले रामसार सूचीमा...
कलैया-यस वर्ष बारा जिल्लामा तीन अर्ब बराबरको अगहनी धान उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख शिवरत्न साहका अनुसार आर्थिक वर्ष ०७३/७४ मा जिल्लाका कृषकले ४१ हजार १३१ हेक्टर जमिनमा सोना मन्सुली, साविती, राधा ९, राधा ७, राधा ४ र हर्दिनाथ जातको...
काठमाण्डु– नेपाल राजपत्र प्रकाशन भएको २४ घन्टाभित्र वेबसाइटमा राख्ने कामको शुभारम्भ भएको छ । मुद्रण विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले नेपाल राजपत्र वेबसाइटमा राख्दै छपाइ यन्त्र ल्याएर नोट र टिकट नेपालमै छाप्ने व्यवस्था मिलाउने तयारीमा मन्त्रालय लागेको जानकारी...
काठमाण्डु– बंगलादेशले नेपालको ऊर्जा क्षेत्रमा संयुक्त लगानी गर्ने प्रस्ताव गरेको छ । पन्ध्र हजार मेगावाट क्षमताको विद्युत् उत्पादन पु¥याएको अवसरमा बङ्गलादेशको राजधानी ढाकामा आयोजित विशेष समारोहमा सहभागी हुन बङ्गलादेशको भ्रमण गर्नुभएका ऊर्जा मन्त्री जनार्दन शर्मासँगको भेटमा सो प्रस्ताव गरिएको हो । ऊर्जा क्षेत्रमा संयुक्त...