अर्थ

एसियाली पूर्वाधार लगानी बैंकले नेपालका ६ वटा परियोजनामा लगानी गर्ने

२०७४ असार ५ गते १५:५८

काठमाण्डु, ५ असार – एसियाली पूर्वाधार लगानी बैंकले नेपालका विभिन्न छवटा परियोजनामा ठूलो मात्रामा लगानी गर्ने भएको छ । दक्षिण कोरियाको जेजुमा असार २ देखि ४ गतेसम्म आयोजना भएको एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको बैठकमा सहभागी हुन गएको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की नेतृत्वको...

प्रदेश नम्बर २ मा निर्वाचन नभए गरिबी झनै बढ्ने

२०७४ असार ५ गते ९:५४

काठमाण्डु, ५ असार – चरणको स्थानीय तह निर्वाचनका लागि आइतबार प्रदेश १, ५ तथा ७ का ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा मनोनयन भएको छ । यी ३ प्रदेशका १ महानगरपालिका, ७ उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा सरकारको नयाँ निर्वाचन तालिकाअनुसार असार...

दोहोरो अङ्कले घट्यो शेयर

२०७४ असार ४ गते १७:०३

काठमाण्डु, ४ असार – केही दिन अघिदेखि घट्दो क्रममा रहेको सेयर बजार आइतबार पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्चेन्जका अनुसार आइतबार शेयर बजार १३.६१ बिन्दुले घटेर एक हजार ५७५ मा पुगेको छ । कुल १४३ कम्पनीको आठ लाख ४३ हजार...

राष्ट्रिय आविश्कार केन्द्रले ‘मुट्ठीदान अभियान’बाट चार करोड सङ्कलन गर्यो

२०७४ असार ४ गते १३:४३

काठमाण्डु, ४ असार – राष्ट्रिय आविष्कार केन्द्रले ‘मुट्ठीदान अभियान’अन्तर्गत अहिलेसम्म रु चार करोड सङ्कलन गरेको छ । केन्द्रलाई आर्थिक सहयोग जुटाउने उद्देश्यले गत वर्ष साउनदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा अभियान सुरु गरिएको थियो । स्वदेशभित्र वैज्ञानिक क्षेत्रमा खोज, अनुसन्धान तथा आविष्कार गर्न चाहने विद्यार्थीलाई...

सेयर बजारमा यो साता तीन अर्बको कारोबार

२०७४ असार ३ गते १७:२३

काठमाण्डु, ३ असार – धितोपत्र बजारमा यो साता दुई अर्ब ९६ करोड २५ लाख २२ हजार बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार यो साता ४९ हजार ८६० कित्ता सेयर खरिदबिक्री भएको थियो । कारोबार रकम गत साताको भन्दा ११ दशमलव ५९...

नेपाल आयल निगम मासिक ३४ करोड नाफामा

२०७४ असार २ गते १७:३७

काठमाण्डु, २ असार – नेपाल आयाल निगमले मासिक रु ३४ करोड नाफा कमाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा घाटामा गएको निगमले २०७१ सालमा स्वचालित मूल्य प्रणाली लागू गरेदेखि नाफामा गएको हो । नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनको दोस्रो केन्द्रीय महाधिवेशनका...

पाँचथर र ताप्लेजुङका लागि इवा खोला जलविद्युतमा सेयर खुल्यो

२०७४ असार २ गते १५:४०

पाँचथर, २ असार – पाँचथर र ताप्लेजुङ बासिन्दाका लागि निर्माणाधीन इवा खोला जलविद्युत् आयोजनाको सेयर खुला गरिएको छ । ९.९ मेगावाटको सो आयोजनाबाट प्रभावितका लागि लागत पुँजीको १० प्रतिशत सेयर खुला गरिएको हो । १० प्रतिशत अर्थात् १०० रुपैँया प्रतिकित्ताका दरले ५६ लाख कित्ताबाट...

मन्दिरबाट एक महिनामा नौ लाख ३५ हजार भेटी संकलन

२०७४ असार २ गते १२:१६

बागलुङ, २ असार – बागलुङस्थित प्रसिद्ध कालिका भगवती मन्दिरमा गएको जेठ महिनामा नौ लाख ३५ हजार ३ सय ३० रुपैयाँ भेटी सङ्कलन भएको छ । नगद, बोका, राँगो, कुखुराको मुढ, चामल, परेवा बिक्री र आर्थिक सहयोगसहित गरी ९ लाख रकम उठेको हो जसमध्ये चारलाख...

१० महिनामा एक हजार ८१९ उद्योग दर्ता

२०७४ जेठ ३० गते १२:३०

काठमाण्डु, ३० जेठ – घरेलु तथा साना उद्योग कार्यालय काठमाण्डुमा एक हजार ८१९ उद्योग दर्ता भएका छन् । चालु आर्थिक वर्षको १० महिनामा एक हजार आठ सय १९ उद्योग दर्ता भएको हो। उत्पादनमूलक २७५, सेवामूलक ८५९, पर्यटन सम्बन्धी ६१६, कृषिमूलक ६८ र विज्ञान प्रविधिसम्बन्धी...

रकम अभावले कर्णाली र बबई नदीमा तटबन्धको काम अवरुद्ध

२०७४ जेठ २८ गते १३:११

बर्दिया, २८ जेठ – निर्माण कम्पनीले बिलको भुक्तानी नपाएको भन्दै कर्णाली र बबई नदीमा तटबन्धको काम रोकेका छन् । निर्वाचन आचारसंहिता सुरु भएको भन्दै कर्णाली नदी व्यवस्थापन आयोजना र जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयले भुक्तानी रकम नदिँदा ठेकेदार पक्षले काम रोकेका हुन् । रकम अभावले...

प्रदेश महासङ्घ आर्थिक रुपमा सशक्त हुन्छः ढकाल

२०७४ जेठ २७ गते १७:३३

पोखरा, २७ जेठ – नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चण्डिराज ढकालले देशका सातवटै प्रदेशमा स्थापना भएका उद्योग वाणिज्य महासङ्घ आर्थिक रुपमा सशक्त हुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं – ४ को प्रथम सभाको शनिबार पोखरामा उद्घाटन गर्दै पूर्वाध्यक्ष ढकालले केन्द्रको...

पर्वतको विद्यालयलाई कतारका प्रवासी नेपालीको सहयोग

२०७४ जेठ २६ गते ११:१८

पर्वत, २६ जेठ – कुस्मा नगरपालिका–१४ आर्थर डाडाँखर्कस्थित शुभकल्याण आधारभूत विद्यालयलाई कतारका प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गर्न आर्थर डाडाँखर्क समाज कतारले ५० हजार आर्थिक सहयोग गरेको हो । समाजका सचिव लेखनाथ रिमाल र सल्लाहकार हिमलाल शर्मा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us