अर्थ

घरेलु तथा साना उद्योगमा ४५ करोड भन्दा बढी लगानी

२०७४ असार १६ गते १५:४७

लमजुङ, १६ असार – लमजुङमा घरेलु तथा साना उद्योगको लागि मात्रै रु ४५ करोड भन्दा बढी लगानी भएको छ । घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयका अनुसार जिल्लामा सञ्चालित उत्पादनमूलक, सिलाइकटाइ, कृषि औजार, पर्यटन, र अलैँची उद्योगमा सबैभन्दा धेरै लगानी रहेको छ ।...

काठमाण्डु महानगरपालिकाले पूर्ण अपाङ्ग र ज्येष्ठ नागरिकलाई भत्ता वितरण गर्ने

२०७४ असार १६ गते १३:३८

काठमाण्डु, १६ असार – काठमाण्डु महानगरपालिकाको वडा नम्बर – २ मा ज्येष्ठ नागरिक र पूर्ण अपाङ्ग भएका १९ जनालाई भत्ता वितराण र स्वास्थ्य परीक्षण गरिएको छ । यस वडाका चार ज्येष्ठ नागरिक गङ्गादेवी खरेल, हरिमाया महर्जन, हिमकुमारी भण्डारी र मोतीकृष्ण महर्जनलाई महानगरपालिकाले ज्येष्ठ नागरिक...

अख्तियारले चुडामणि शर्मासँग ३ अर्ब धरौटी माग्यो

२०७४ असार १५ गते १७:५२

काठमाण्डु, १५ असार – कर फर्छ्यौंट आयोगमार्फत् जथाभावी राजश्व मिनाहा दिएको आरोपमा पक्राउ परेका चुडामणि शर्मासँग अख्तियारले तीन अर्ब रुपैयाँ धरौटी मागेको छ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले शर्मासँग तीन अर्ब रुपैयाँ धरौटी माग गरेको हो । अनुसन्धानमा खुलेको रकमका आधारमा धरौटी तोकिएको हो...

निर्वाचित जनप्रतिनिधिलाई बजेटबारे प्रशिक्षण

२०७४ असार १४ गते १३:१४

काठमाण्डु, १४ असार – सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले पहिलो चरणमा स्थानीय तहको निर्वाचन भएका ३४ जिल्लाका निर्वाचित जनप्रतिनिधि, प्रमुख कार्यकारी अधिकृत वा प्रशासकीय अधिकृत र लेखा प्रमुखलाई बजेट निर्माण तथा कार्यान्वयनबारे प्रशिक्षण दिएको छ । सरकारले मुलुकको नयाँ संरचनानुसार बजेट विनियोजन गरेपछि...

मूल्य घटाएपछि इन्डक्सन चुलोको बिक्री बढ्यो

२०७४ असार १३ गते १०:१५

काठमाण्डु, १३ असार – मूल्य घटाएपछि चिनियाँ अनुदानको इन्डक्सन चुलोको बिक्री बढेको छ । भारत सरकारले लगाएको अघोषित नाकाबन्दीका बेला चीन सरकारले अनुदान स्वरुप दिएको इन्डक्सन चुलोको मूल्य बढी हुँदा बिक्री हुन नसकेकोमा मूल्य घटाएर बेचेपछि बिक्री बढेको हो । उद्योग वाणिज्य तथा उपभोक्ता...

माथिल्लो कर्णाली आयोजना प्रभावितलाई ‘जुलाई’देखि मुआब्जा वितरण

२०७४ असार १२ गते १२:०६

सुर्खेत, १२ असार – माथिल्लो कर्णालीको प्रवद्र्धक जीएमआरले आगामी जुलाईदेखि जग्गाधनीलाई मुआब्जा वितरण गर्ने तयारी गरेको छ । यसका लागि नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबीएल) सुर्खेत शाखाले आयोजनास्थल दैलेखको डाबमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकका शाखा प्रबन्धक कृष्णराज जोशीले जीएमआरले चुनावलगत्तै मुआब्जा...

तलबी अनुदान कटौती भएपछि विद्यालय समस्यामा

२०७४ असार ११ गते १३:२६

म्याग्दी, ११ असार – तलबी अनुदान (पिसिएप) कटौती भएपछि म्याग्दीका सामुदायिक विद्यालय समस्यामा परेका छन् । प्रतिविद्यार्थी लागतको अनुपातमा विद्यालयलाई उपलब्ध गराइँदै आएको अनुदान कटौती भएपछि दरबन्दी नभएका सामुदायिक विद्यालयका शिक्षकलाई तलब दिन समस्या भएको हो । चालु आवमा अनुदान कटौती भएपछि निजी स्रोतका...

महोत्सवबाट ८० लाख बचत

२०७४ असार १० गते १२:२५

दाङ, १० असार – तुलसीपुरमा बहुआयामिक सुविधासम्पन्न सभाकक्ष निर्माण गर्ने उद्देश्यले गत माघ १३ देखि माघ २४ गतेसम्म तुलसीपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा सम्पन्न मध्यपश्चिमस्तरीय व्यापारिक महोत्सवमा ८० लाख बचत भएको छ । विविध प्राविधिक समस्याका कारण ढिलो गरी शुक्रबार सार्वजनिक गरिएको आयव्यय विवरणमा...

आईएमई डिजिटल बन्यो पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी

२०७४ असार ८ गते १२:०८

काठमाण्डु, ८ असार – आईएमई समूह अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी आईएमई डिजिटल सोलुसन लिमिटेडलाई नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकको कार्य गर्ने अनुमतिपत्र प्रदान गरेको छ । राष्ट्र बैंकको ‘भुक्तानी तथा फर्छ्यौट विनियमावली, २०७२’ बमोजिम आईएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट...

सुन दुई सय रुपैयाँले बढ्यो

२०७४ असार ८ गते १२:०२

काठमाण्डु, ८ असार – नेपाली बजारमा बिहीबार सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा एक सय रुपैयाँ बढेको सुनको भाउ आन पनि २ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलाको ५४ हजार...

त्रिभुवन आर्मी फुटबल क्लव र बजाज पल्सर बीच सम्झौता

२०७४ असार ६ गते १९:०८

काठमाण्डु, ६ असार – त्रिभुवन आर्मी फुटबल क्लव र बजाज पल्सर बिच सम्झौता भएको छ । बजाजको पल्सरले आर्मी फुटवल क्लवलाई खेलकुद सामाग्री प्रायोजन गर्ने भएको हो । मंगलवार राजधानीमा आर्मी अफिसर क्लवमा आयोजित कार्यक्रममा आर्मी र एचएच बजाजकाबीच सो सम्झौता भएको हो ।...

एनआईसी एसियाको शाखा दाङको घोराहीमा

२०७४ असार ६ गते १२:३७

काठमाण्डु, ६ असार – एनआईसी एसिया बैंकको ९२ औं शाखा दाङको घोराहीमा स्थापना गरिएको छ । सोमबार दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष हेमराज बन्जाडेले शाखाको विधिवत् उद्घाटन गरेका छन् । शाखा सञ्जाल, पुँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरूको आधारमा एनआईसी एसिया बैंक निजी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us