भद्रपुर, २१ असार – व्यावसायिक बाख्रा प्रवद्र्धन राष्ट्रिय कार्यक्रमअन्तर्गत व्यावसायिक कृषकले झापामा रु ३० लाख अनुदान रकम प्राप्त गरेका छन् । आव २०७३÷७४ बाट स्वीकृत भएर आएको कार्यक्रम अनुसार २० वटा बाख्रापालक कृषि फार्मलाई जनही रु एक लाख ५० हजारका दरले खोर सुधार, औषधि...
धुलिखेल, २१ असार – प्रधानमन्त्री तथा काठमाण्डु विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको ७६ औँ सभा बैठकले आव २०७३-७४ को लेखापरीक्षण प्रतिवेदन अनुमोदन गर्नाका साथै आगामी आव २०७४÷७५ मा गर्नुपर्ने कार्यक्रम र बजेट पारित गरेको छ । विश्वविद्यालयसभा बैठकले स्वास्थ्य विज्ञान कार्यक्रमको रु...
काठमाण्डु, २० असार – व्यवस्थापिका– संसद्को आजको बैठकमा विनियोजन, विधेयक, २०७४ अन्तर्गत विभिन्न मन्त्रालयको शीर्षकमाथि छलफल सुरु भएको छ । सहरी विकास, गृह, श्रम तथा रोजगार, अर्थ, शिक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका शीर्षकमाथि समूहकृतरुपमा दलीय आधारमा छलफल सुरु भएको हो ।...
पाल्पा, २० असार – रामपुर नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख रमणबहादुर थापाले वृद्धभत्ता वडा कार्यालय भवनबाट तत्काल वितरण गरिने बताएका छन् । नगरपालिकाको पहिलो नगर प्रमुख थापाले पदबहाली गर्दै वृद्धवृद्धालाई ध्यानमा राखी वृद्धभत्ता बुझ्न सहज परोस् भन्ने उद्देश्यले आफूले तत्काल वडा कार्यालय भवनबाट वितरण गर्ने...
काठमाण्डु, १९ असार – काठमाण्डुको चन्द्रागिरी नगरपालिका स्थित मच्छेगाउँमा कोरियन प्रविधिको ईट्टा सञ्चालनमा ल्याएको छ । आधारशिला ब्रिक्स विश्व स्तरीय कोरियाली प्रविधि र कोरियन मेशिनको प्रयोग निमार्ण गरिन्छ । पारम्परिक साँचो, ढलाई वा निर्माण सामग्रीको प्रयोग नगरी उच्च गुणस्तरीय सिमेन्ट र अन्य सामाग्रीको प्रयोग...
काठमाण्डु, १९ असार – अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विद्युत् आपूर्तिमा आएको सुधार र कृषि उत्पादनमा भएको बढोत्तरीका कारण मुलुकको आर्थिक विकास गुणात्मक रुपमा अगाडि बढ्ने बताएका छन् । व्यवस्थापिका–संसद्को आजको बैठकमा ‘आर्थिक वर्ष २०७४÷७५ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने...
डोल्पा, १९ असार – यहाँको त्रिपुरासुन्दरी नगरपालिकास्थित वडा नं २ रसीका बिमला कठायतका दम्पतीले प्रत्येक वर्ष यार्सागुम्बा सङ्कलनबाट रु तीन लाखसम्म कमाई गर्दै आएका छन् । श्रीमान् र आफू गरेर यस वर्ष जेठ पहिलो सातादेखि असार पहिलो सातासम्मको एक महिनाको अवधिमा ५०० वटा यार्सागुम्बा...
काठमाण्डु, १९ असार – बौद्धनाथ क्षेत्र विकास समितिले आव २०७४÷७५ का लागि रु आठ करोड ६१ लाख ८० हजारको बजेट सार्वजनिक गरेको छ । समितिले चालु खर्चतर्फ रु तीन करोड ९५ लाख ८० हजार तथा पुँजीगत खर्चतर्फ रु चार करोड ६६ लाख विनियोजन गरेको...
काठमाण्डु, १८ असार – सेन्चुरी कमर्सियल बैङ्क लिले चाँडै सगरमाथा फाइनान्स लिसँग एकीकृत कारोबार सुरु गर्ने भएको छ । बैङ्कका अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा आज बसेको विशेष साधारणसभाले उक्त फाइनान्सलाई प्राप्ति (एकीकृत) गर्ने प्रस्ताव अनुमोदन गरेको छ । सगरमाथाको १०० कित्ता सेयर सेन्चुरीको ९५...
काठमाण्डु, १७ असार – धितोपत्र बजारमा यस साता रु एक अर्ब ८५ करोड ५४ लाख ५७ हजार बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार बजार खुला रहने बिहीबार धितोपत्र दलाल सङ्घले मूल्य अभिवृद्धि कर तिर्ने वा नतिर्ने विषयमा आपत्ति जनाएपछि बजार बन्द...
सुर्खेत, १७ असार – यहाँका द्वन्द्वपीडितका लागि रु २० करोड ४० लाख ६४ हजार राहत वितरण गरिने भएको छ । शान्ति तथा पुनःनिर्माण मन्त्रालयले द्वन्द्वपीडितलाई पुनःस्थापना गर्ने लक्ष्यअनुसार दोस्रोचरणका लागि उक्त रकम वितरण गर्न लागेको हो । दशवर्षे जनयुद्धमा मृत्यु भएका, बेपत्ता पारिएका, अपहरण...
काठमाण्डु, १६ असार – नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय क्षेत्रले कार्यक्षमता र पारदर्शिता बढाउनुपर्नेमा जोड दिएका छन् । कुमारी बैंक लिमिटेडको एकीकृत कारोबार शुभारम्भ गर्दै उहाँले स्थानीय तहको निर्वाचनपछि ठूलो आर्थिक क्रियाकलाप स्थानीय तहमा हुने र त्यहाँ पुँजी आवश्यक...