अर्थ

पुननिर्माण प्राधिकरणको बजेट एक खर्ब ४५ अर्ब

२०७४ असार २८ गते १७:१०

काठमाण्डु, २८ असार – राष्ट्रिय पुननिर्माण प्राधिकरणको आर्थिक वर्ष २०७४र७५ को बजेट, नीति तथा कार्यक्रम पारित भएको छ । प्राधिकरण निर्देशक समितिको आजको बैठकले भूकम्पले भत्किएका संरचना पुनःनिर्माणका लागि एक खर्ब ४५ अर्बको बजेट र कार्ययोजना पारित गरेको हो । समितिका अध्यक्ष एवम् प्रधानमन्त्री...

आर्थिक कुटनीतिलाई प्राथमिकता दिइने – उपप्रधानमन्त्री महरा

२०७४ असार २८ गते १६:३०

काठमाण्डु, २८ असार – उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले आर्थिक कुटनीतिलाई प्राथमिकताका साथ अगाडि बढाउने बताएका छन् । परराष्ट्र मन्त्रालयमा आज उद्योग व्यवसायीको प्रतिनिधि मण्डलसँग भेटवार्तामा उनले विदेशस्थित नेपाली कुटनीतिक नियोगलाई आर्थिक कुटनीतिका लागि परिचालन गरिने जानकारी दिए । दुई ठूला छिमेकीले हासिल गरेको...

बेरुजु फछर्यौट कार्ययोजना तत्काल बनाउन महालेखालाई समितिको निर्देशन

२०७४ असार २८ गते १६:१५

काठमाण्डु, २८ असार – व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले बेरुजु फछर्यौट कार्ययोजना तत्काल बनाउन महालेखा परीक्षकको कार्यालयलाई निर्देशन दिएको छ । लेखा समितिको बुधबार बसेको बैठकले बेरुजु फछर्यौटको विवरण १५ दिनभित्र पेश गर्ने गरी मन्त्रालय, निकाय, सचिवालय र आयोगलाई निर्देशन दिन पनि महालेखा परीक्षकको...

सप्तरीमा एकाउन्न बिगाहामा माछा पोखरी खनियो

२०७४ असार २८ गते १४:२४

सप्तरी, २८ असार – जिल्लामा यस वर्ष माछापालनको लागि ५१ बिगाहा जमिनमा पोखरी खनिएको छ । जिल्ला कृषि विकास कार्यालयका कार्यालयका प्रमुख भगिरथ यादवका अनुसार प्रति कठ्ठा रु दश हजारका दरले अनुदान उपलब्ध गराएपछि किसानले पोखरी खनेका हुन् । माछापालन पोखरीका लागि दुईसयभन्दा बढी...

अनुदानपछि अघि बढ्यो जलविद्युत् आयोजना

२०७४ असार २८ गते १४:२१

बागलुङ, २८ असार – सरकारी अनुदान पाउने भएपछि बजेट अभावमा रोकिएको ताराखोला गाउँपालिका– ५ स्थित निर्माणाधीन ताराखोला सामुदायिक साना जलविद्युत् आयोजनाको काम अघि बढेको छ । तीन सय ८० किलोवाट क्षमताको उक्त आयोजनालाई वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले रु नौ करोड १२ लाख अनुदान हालै...

सहकारीलाई १९ लाख अनुदान

२०७४ असार २८ गते १३:३८

बनेपा, २८ असार – कृषकलाई प्रतिलिटर दूधको उत्पादनमा एक रुपैयाँ अनुदान दिन काभ्रेपलाञ्चोकका दुई सहकारी संस्थालाई रु १८ लाख ७५ हजार रकम प्रदान गरिएको छ । सेतीदेवी दुग्ध उत्पादक सहकारीलाई रु १२ लाख ३४ हजार र उमादेवी दुग्ध उत्पादक सहकारीलाई रु ६ लाख ४०...

मस्र्याङ्दी गाउँपालिकाको बजेट ३८ करोड ४२ लाख

२०७४ असार २७ गते १३:४१

लमजुङ, २७ असार – मस्र्याङ्दी गाउँपालिकाको सोमबार सम्पन्न पहिलो गाउँ सभाले गाउँ सभाबाट आगामी आर्थिक वर्ष २०७४-७५ का लागि रु ३८ करोड ४२ लाखको बजेटसहितको नीति तथा कार्यक्रम पारित गरेको छ । गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले गाउँ सभामा प्रस्तुत गर्नुभएको उक्त बजेटमा गाउँपालिका वित्तीय...

स्वरोजगारका लागि युवालाई पच्चीस करोड

२०७४ असार २६ गते १३:०३

झापा, २६ असार – सरकारले युवालाई व्यवसायी तथा उद्यमी बनाउने उद्देश्यले सञ्चालनमा ल्याएको स्वरोजगार कोषमार्फत झापामा यो पटक रु २५ करोड लगानी गरिने भएको छ । अर्थ मन्त्रालय अन्तर्गतको युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयमार्फत जिल्लामा उक्त रकम लगानी गर्न लागिएको स्वरोजगार कोष...

अपरमाई ‘सी’बाट विद्युत् उत्पादन सुरू

२०७४ असार २६ गते ९:३६

इलाम, २६ असार– इलामको सन्दकपुर गाउँपालिका–५ जमुना–३ सुलुबुङको बीचमा भर्खरै निर्माण सम्पन्न भएको अपरमाई ‘सी’ हाइड्रोपावर लिमिटेडले विद्युत् उत्पादन सुरू गरेको छ । अढाइ वर्षअघि निर्माण सुरू भएको अपरमाईको क्षमता ६.१ मेगावाट भए पनि पिपीए सम्झौतामा ५.१ मेगावाट रहेको छ । ५।१ मेगावाट विद्युत्...

साउन १ गतेदेखि नेपाल टेलिभिजन मात्रै !

२०७४ असार २५ गते २०:५२

काठमाण्डु, २५ असार– सरकारले एक वर्षअघि ल्याएको विदेशी च्यानलमा विज्ञापन रहित (क्लिन फिड) नीति लागू भए आगामी साउन १ गतेबाट नेपालमा सरकारी लगानीको नेपाल टेलिभजिन मात्र प्रसारण हुने भएको छ ।   डिस होम नेपाल, नेपाल केबल टेलिभिजन व्यवसायी महासंघ र नेपाल केबल व्यवसायी...

मौद्रिक नीतिमा जलविद्युत्, कृषि र पर्यटनलाई विशेष प्राथमिकता

२०७४ असार २५ गते १७:०५

काठमाण्डु, २५ असार – जलविद्युत् कृषि, पर्यटन, निर्यातजन्य उद्योग, औषधि उत्पादन, सिमेन्ट र गार्र्मेन्ट क्षेत्रलाई मौद्रिक नीतिले पनि विशेष प्राथमिकताका क्षेत्रमा राखेको छ । मुलुकको आर्थिक विकासको प्रमुख आधारका रुपमा रहेका ती क्षेत्रलाई आज सार्वजनिक गरिएको नीतिले प्राथमिकता प्राप्त क्षेत्रका रुपमा परिभाषित गर्दै वित्तीय...

अब नेपालीले ५ लाख अमेरिकी डलरसम्म ऋण पाउने

२०७४ असार २५ गते १६:५७

काठमाण्डु, २५ असार – नेपाली नागरिक, फर्म तथा संस्थाहरुले अब ५ लाख अमेरिकी डलरसम्म ऋण लिन पाउने भएका छन् । आर्थिक वर्ष २०७४/७५ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. चिरञ्जीवी नेपालले ऋणको सीमा बढाउने घोषणा गरेका हुन् । यसअघि २ लाख अमेरिकी डलरसम्ममात्र...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us