काठमाण्डु, १ साउन– काठमाण्डु महानगरका लागि १० अर्ब ७८ करोड को बजेट स्वीकृत गरिएको छ । काठमाण्डु महानगरपालिकाको नगरसभाको सर्वसम्मतिबाट आव २०७४\७५ का लागि आर्थिक विधेयकबाट १० अर्ब ७८ करोड बजेट स्वीकृत गरिएको महानगरपालिकाले जनाएको छ । संक्षिप्त विवरण अनुसार आन्तरिक आम्दानी कर आयतर्फ...
काठमाण्डु, ३१ असार– सरकारले भोलि (आइतबार) देखि लागू हुने गरी नेपालमा प्रसारण हुँदै आएका विदेशी च्यानलमा विज्ञापनरहित (क्लिनफिड नीति) लागू गर्ने तयारी गरेको थियो । तर, डिसहोम र केबुल टिभी प्रसारक संघलगायत टेलिभिजन वितरकहरुको संस्थाले उक्त नीति लागू गर्न असमर्थ रहेको तथा सरकारले जबर्जस्ती...
विराटनगर, ३० असार – दक्षिण कोरियास्थित डेउ नेपाली एकता समाज (गजेदो)ले कोरियामा कार्यरत रहेका बेलामा मृत्यु भएका एक नेपालीलाई रु १२ लाख सहयोग प्रदान गरेको छ । दक्षिण कोरियाको डेउ कम्पनीमा कार्यरत विराटनगर – ३ बस्ने उमेशचन्द्र पौडेलको गत वैशाख २३ गते मृत्यु भएको...
काठमाण्डु, ३० असार – फिनल्याण्ड सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयन गर्न दुई अर्ब ३६ करोड अनुदान उपलब्ध गराउने भएको छ । आधारभूत प्राथमिक तथा माध्यमिक शिक्षा सुधार, शिक्षामा सबैको पहुँच वृद्धि र समानता प्रवद्र्धन गर्न आगामी छ वर्षका लागि नेपाल सरकारलाई फिनल्याण्डले उक्त...
नुवाकोट, ३० असार – विदुर नगरपालिकको प्रथम नगरसभाले चालु आर्थिक वर्ष २०७४÷७५ का लागि रु ५७ करोड ८८ लाखको बजेट पारित गरेको छ । चालु खर्चतर्फ रु ३४ करोड ४३ लाख १८ हजार र पुँजीगत खर्चतर्फ रु २३ करोड ४५ लाख ७८ हजार बजेट...
काठमाण्डु, ३० असार – निर्वाचन आयोगले पाँचवटा गाडी खरिदका लागि बोलपत्र आह्वान गरेको छ । गाडी खरिद प्रक्रियामा आयोग पदाधिकारी र सचिवबीचको विवादका कारण चर्चामा रहेको खरिद प्रकरण आयोगले अघि बढाएको हो । तत्कालीन सचिव गोपीनाथ मैनालीले विलासी गाडी खरिद रोक्न खोज्दा आफ्नो सरुवा...
म्याग्दी, ३० असार – म्याग्दीको मङ्गला गाउँपालिकाको बिहीबार भएको प्रथम गाउँसभाले डोजर किन्न बजेट विनियोजन गरेको छ । गाउँपालिका क्षेत्रका सडक निर्माण, विस्तार, स्तरवृद्धि र अन्य पूर्वाधारको कामका लागि आफ्नै डोजर खरिद गर्न रु एक करोड एक लाख ५० हजार बजेट विनियोजन गरेको हो...
झापा, ३० असार – झापाको दमक नगरपालिकाले नगरको समृद्धि अभियानमा सघाउने उद्देश्यले सम्भवतः नेपालमा नै पहिलो पटक ‘नलेज बैंक’को अवधारणा ल्याएको छ । दमकको विकास र यहाँको समृद्धिका लागि आवश्यकीय प्राज्ञिक, विभिन्न पेशागत दखल भएका बौद्धिक व्यक्तित्व र सर्वसाधारणलाई समेटेर नगरपालिकाले ‘नलेज बैंक’ (ज्ञान...
काठमाण्डु, २९ असार – साल्ट ट्रेडिङ कर्पोरेशनले आफ्ना शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र पाँच प्रतिशत नगद लाभांश दिने भएको छ । कर्पोरेशनले आर्थिक वर्ष २०७२-७३ मा रु ६१ करोड २४ लाख मुनाफा आर्जन गरेको थियो । यो आव २०७१-७२ भन्दा रु पाँच करोड...
लमजुङ, २९ असार – हिमालपारीको जिल्ला मनाङमा चालु आवमा अहिलेसम्ममा ट्राफिक कारबाहीबाट रु छ लाख ३३ हजार राजस्व संकलन भएको छ । money अघिल्लो आवमा रु तीन लाख २२ हजार राजस्व संकलन भएको थियो । मनाङमा सवारी साधनमा वृद्धि भएसँगै ट्राफिक कारबाही पनि बढेको...
काठमाण्डु, २९ असार – व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले २ महिनाभित्र एनसेलको पूँजीगत लाभकर असुल गर्न सरकारलाई पुनः सचेत गराएको छ । समितिको बिहीबार बसेको बैठकले एनसेलको पूँजीगत लाभकर असुल गर्न अर्थ मन्त्रालय आन्तरिक राजस्व विभागलाई २ महिनाको समयसीमा दिएको हो । एनसेलले करिव...
बाँके, २९ असार – जिल्ला प्रहरी कार्यालय बाँकेअन्तर्गत रहेको महिला तथा बालबालिका सेवा केन्द्रले खजुरा गाउँपालिका–३ का एक हिंसापीडित महिलालाई आर्थिक सहयोग गरेको छ । पीडित ६५ वर्षीया विष्णुमाया नेपाललाई रु १३ हजार नगद प्रदान गरिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईले बताए...