अर्थ

वीरगञ्ज नाकाको व्यापार घाटा तीन खर्ब २७ अर्ब

२०७४ साउन १३ गते १५:०८

पर्सा, १३ साउन – प्रमुख व्यापारिक नाका वीरगञ्जको व्यापार घाटा २२ गुणा पुगेको छ । आर्थिक वर्ष २०७३÷७४ मा वीरगञ्ज नाका भएर भारत तथा तेस्रो मुलुकबाट रु तीन खर्ब ४२ अर्ब ८३ करोड ६३ लाखको विभिन्न मालसामान नेपाल भित्रिएको थियो । नेपालबाट भारत तथा...

रुकुममा गत आवमा ९५ प्रतिशत रकम खर्च

२०७४ साउन १२ गते ११:२०

रुकुम, १२ साउन – जिल्ला समन्वय समिति, रुकुमले गत आव २०७३÷०७४ मा ९५ प्रतिशत रकम खर्च गरेको बताएको छ । समन्वय समितिमा प्राप्त भएको जम्मा रु ८४ करोड ४२ लाख ९९ हजार मध्ये रु ८० करोड ७९ लाख ६१ हजार खर्च गर्न सफल भएको...

स्थानीय तहमा ५३ करोड ७९ लाख बजेट निकासा

२०७४ साउन ११ गते १४:०७

जुम्ला, ११ साउन – यहाँका आठवटै स्थानीय तहमा एकतिहाई बजेट निकासा भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयले साउन २ र ३ गते बजेट निकासा गरेको हो । कार्यालय प्रमुख विश्वप्रसाद अर्यालका अनुसार चन्दननाथ नगरपालिकामा रु सात करोड ८८ लाख १६ हजार तथा...

झापामा एक करोड ४८ लाख किलो तयारी चिया उत्पादन

२०७४ साउन १० गते १४:१६

झापा, १० साउन – जिल्लामा आर्थिक वर्ष २०७३-७४ मा एक करोड ४८ लाख ६२ हजार ४३२ किलो तयारी चिया उत्पादन भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका कृषि विकास अधिकृत इन्द्रप्रसाद अधिकारीका अनुसार जिल्लामा कुल ११ हजार ४४३ हेक्टर...

तीन करोड लगानीमा होटल सञ्चालनमा

२०७४ साउन ९ गते १३:३७

गोरखा, ९ साउन – सदरमुकामस्थित हरमटारीमा चारजना युवाले रु तीन करोड लगानीमा होटल सञ्चालनमा ल्याएका छन् । दुईवटा ठूला सभाहल, बाल उद्यान, मसाज सुविधासहितको ‘होटल गोरखा प्यालेस’ सञ्चालनमा आएको हो । प्रबन्ध निर्देशक सुरेन्द्र न्यौपानेका अनुसार होटल ६० जना क्षमताको रहेको छ । होटल...

विद्यालयका लागि एक लाख सहयोग

२०७४ साउन ८ गते १०:२०

गुल्मी, ८ साउन – गुल्मीका एक व्यक्तिले दुई विद्यालयलाई रु एक लाख आर्थिक सहयोग गरेका छन् । जिल्लाको मदाने गाउँपालिका वडा नं ३ निवासी हाल कतारमा रोजगारीको सिलसिलामा कार्यरत रहनुभएका समाजसेवी लोकबहादुर केसीले मुसिकोट नगरपालिका वडा नं १ बांगेमा रहेको भगवती निम्न माध्यमिक विद्यालयमा...

सोलुखुम्बुमा २० करोड ७१ लाख राजश्व संकलन

२०७४ साउन ६ गते १६:०३

सोलुखुम्बु, ६ साउन – आर्थिक वर्ष २०७३÷७४ मा रु २० करोड ७१ लाख २५ हजार राजश्व संकलन भएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालयका अनुसार जिल्लास्थित विभिन्न कार्यालयबाट सो राजश्व संकलन भएको हो । सबैभन्दा बढी खुम्बु क्षेत्रबाट राजश्व संकलन भएको छ ।...

वृद्धाश्रममा तीन लाखको अक्षयकोष स्थापना

२०७४ साउन ६ गते १२:३६

पोखरा, ६ साउन – आफ्नो बुबाको चौरासी पूजाको उपलक्ष्यमा यहाँका एक व्यक्तिले पोखरा वृद्धाश्रममा रु तीन लाखको अक्षयकोष स्थापना गरिएको छ । पोखरा लेखनाथ महानगरपालिका– ४ गैरापाटन घर भई हाल काठमाण्डु बस्दै आएका किशोर पराजुलीले बुबा रुद्रमणि पराजुली र आमा स्व कृष्णकुमारी पराजुलीको नाममा...

सुर्खेतमा पाँच सय उद्योग दर्ता

२०७४ साउन ५ गते १६:००

सुर्खेत, ५ साउन – आर्थिक वर्ष २०७३-७४ मा जिल्लामा ५३० वटा साना तथा घरेलु उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग विकास समितिका निमित्त निर्देशक माधवप्रसाद न्यौपानेका अनुसार ती उद्योग दर्ताबाट रु एक करोड एक लाख १९ हजार राजश्व संकलन भएको छ...

एनआईसी एशिया बैंक २० औं वर्षमा प्रवेश

२०७४ साउन ५ गते १३:०२

काठमाण्डु, ५ साउन – एनआईसी एशिया बैंक बिहीबारदेखि २० औं वर्षमा प्रवेश गरेको छ । मोरङको विराटनगरमा १९ वर्षअघि रजिष्टर्ड कार्यालयको स्थापना गरी मिति २०५५ साउन ५ गते क्षेत्रीय बैंकको रुपमा नेपाल ईण्डष्ट्रियल एण्ड कर्मसियल बैंकको रुपमा स्थापना भएको थियो । २०६४ असोज २...

हुलाकी राजमार्ग अन्तरगतका सडक निर्माणका लागि भारतले दियो २३ करोड ७३ लाख करोड

२०७४ साउन ४ गते १३:१७

काठमाण्डु, ४ साउन – भारतले हुलाकी राजमार्ग अन्तरगतको १० वटा सडक निर्माणका लागि नेपाल सरकारलाई झण्डै २४ करोड रुपैयाँ दिएको छ । उसले सडक निर्माणका लागि लाग्ने कूल बजेटको २५ प्रतिशत रकम अग्रिम भुक्तानी गरेको हो । बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका आयोजित...

धनकुटा जिविसको २ करोड ३८ लाख रुपैयाँ फ्रिज

२०७४ साउन ३ गते १४:३४

धनकुटा, ३ साउन – गएको आर्थिक वर्षमा जिल्ला समन्वय समितिको कार्यालयमा आएको विकास निर्माणका योजनामा र क्षमता विकास कार्यक्रमको २ करोड ३८ लाख ४९ हजार ६७१ रुपैयाँ फ्रिज भएको छ । अघिल्लो वर्ष एक करोड ५५ लाख ३९ हजार ७६० रुपैयाँ रकम फ्रिज भएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us