काठमाण्डु, १९ भदौ – लोकसेवा आयोगमा अब दरखास्त फारामको दस्तुर बुझाउन लाइन लाग्नु नपर्ने भएको छ । यसै आर्थिक वर्षदेखि बैंकिङ प्रणालीबाट परीक्षार्थीको दरखास्त फारामको दस्तुर लिने व्यवस्था गरेको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए । आयोगले ग्लोवल आइएमई बैंकमार्फत अनलाइन फाराम भरेका...
झापा, १९ भदौ – झापाको मेचीनगर नगरपालिका–९ मागुरमाडीका डिल्लीराम उप्रती कागती बेचेरै करोडपति बनेका छन् । नौ वर्षसम्म विदेशमा श्रम र पसिना बगाएर नेपाल फर्केका उप्रेतीले आफ्नो डेढ बिगाह जमिनमध्ये एक बिगाहमा लगाएको कागती बेचेरै करोडपति बनेका हुन् । उनले अहिले वार्षिक २० लाख...
काठमाण्डु, १९ भदौ– यही २८ गतेदेखि दसैँका लागि नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय थापाथली, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका शाखाहरुबाट नोट साट्न पाइने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ । एकजनाले २० हजारसम्म...
मोरङ, १८ भदौ – विश्व बैंकले उर्लाबारी नगरपालिकामा करीब २ सय करोड रुपैयाँ लगानी गर्ने भएको छ । शहरी विकास मन्त्रालयमार्फत विश्व बैंकले नगरपालिकाको दीर्घकालीन विकास तथा रणनीतिक योजनामा २ सय करोड रुपैयाँ सम्मको लगानी गर्न लागेको हो । मन्त्रालयले पूर्वका चार शहरलाई नमूना...
पाल्पा, १७ भदौ – रैनादेवी गाउँपालिका–५ मुझुङ्गका सन्तोष बम्रेलले भाडाको जग्गामा गरेको गोलभेँडा खेतीबाट वार्षिक रु १० लाख आम्दानी गर्दै आएका छन् । ‘गोलभेँडा खेती गर्न भाडामा लिएको झण्डै १५ रोपनी जग्गाका लागि वार्षिक रु पचास हजार तिर्नुपर्छ,’ बम्रेलले भने, ‘गोलभेँडा खेतीमा श्रम र...
काठमाण्डु, १६ भदौ – सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिले नेपालीहरूको महान चाड दशैं, तिहार र छठलाई लक्षित गरेर आफ्ना उपभोक्ताहरूसँग पर्वको खुशी साट्न लगातार ९० दिनसम्म चल्ने ‘उत्सव एक्सप्रेस’ उपहार योजना घोषणा गरेको छ । शुक्रबार काठमाण्डुमा आयोजित पत्रकार सम्मेलन गरेर प्रालिले उक्त उपहार...
काठमाण्डु, १६ भदौ – साहसिक पर्यटन प्रवद्र्धनमा योगदान पु¥याएबापत नेपालका दुई रिसोर्टले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका छन् । त्रिशूली नदी किनार कुरिनटारमा अवस्थित रिभरफनबीच रिसोर्ट र कास्कीको बेगनाथ लेक रिसोर्टले एसियन लाइफस्टाइल टुरिजम अवार्ड प्राप्त गरेका हुन् । सिंगापुरको एसिया लिडिङ रिसोर्ट इकले सातौँं...
काठमाण्डु, १६ भदौ – अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्रमा सकारात्मक सूचक देखिन थालेकाले सबै क्षेत्रबाट सहयोग एवं लगानीका क्षेत्रमा क्रियाशील हुन आग्रह गरेका छन् । उनले भने, ‘अर्थतन्त्र चुनौती र अवसरको दोसाँधमा छ। त्यसलाई कसरी सबल बनाउन सकिन्छ भन्नेमा हामी चिन्तनशील छौं । उद्योग...
झापा, १५ भदौ – जिल्लाका विभिन्न सहकारी संस्थाले करिब रु २४ अर्बको कारोबार गरेका छन् । वर्षेनी सहकारी थपिने क्रम बढेसँगै कारोबारमा पनि वृद्धि हुँदै गएको छ । सहकारी डिभिजन कार्यालयका डिभिजन अधिकृत दुर्गाप्रसाद न्यौपानेका अनुसार आव २०७२÷७३ मा लेखा परीक्षण प्रतिवेदन बुझाएका सहकारी...
दाङ, १४ भदौ – दाङका बाढीपीडितलाई राहत वितरण सुरू गरिएको छ । घर पूर्ण रूपमा घर भत्किएकालाई प्रतिघर १० हजार रुपैयाँ र विस्थापित परिवारमा प्रतिव्यक्ति दुई हजार १ सय रुपैयाँका दरले १०९ घरपरिवारलाई पहिलो दिन २१ लाख ४२ हजार १ सय रुपैयाँ वितरण गरिएको...
काठमाण्डु, १४ भदौ – काठमाण्डुमा सुरु भएको नाडा अटो शोमा सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई एनआईसी एशिया बैंकले तुरुन्तै कर्जा स्वीकृत गर्ने कार्यक्रम ल्याएको छ । नेपाल अटो डीलर्स एशोसिएन (नाडा) को आयोजनामा मंगलबारदेखि देशकै ठूलो सवारी साधन मेला लागेको छ, जसमा आफ्नो...
पर्वत, १३ भदौ – पर्वतको फलेवास नगरपालिकाले तेइस प्रकारका कृषिजन्य वस्तुमा कर लगाउने भएको छ । नगरसभाले नगरपालिकाभित्र पर्ने ११ वटै वडामा उत्पादन हुने कृषिसम्बन्धी उत्पादन तथा सेवामा कर लगाउने निर्णय गरेको हो । नगरभित्रका साविकका ११ वटा गाविसमा हुने विभिन्न प्रकृतिका उत्पादनलाई बाहिर...