काठमाण्डु, ३ असोज – राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको भौतिक प्रगति ९० प्रतिशत भन्दामाथि पुगेको छ । सरकारले आयोजनाका लागि हरप्रकारको सहयोग उपलब्ध गराउँदै तोकिएको समयभन्दा पहिले पूरा गरे पुरस्कारको समेत व्यवस्था गरेपछि निर्माणले गति लिएको हो । कुल ४५६ मेगावाट क्षमताको...
उदयपुर, १ असोज – जिल्लाको कटारी नगरपालिको महत्पूर्ण व्यापरिक केन्द्र कटारी बजारमा रहेका सरकारी वाणिज्य बैंकसहित केही निजी बैंकले दशैँको समयमा समेत एटिएम सेवा दिन नसक्दा सेवाग्राही मारमा परेका छन् । कटारी बजारमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकको शाखाका रुपमा रहेको वाणिज्य बैंकलेसमेत अहिलेसम्म...
दार्चुला, १ असोज – चालू आवका लागि महाकाली नगरपालिकाले करीब ४४ करोड रुपैयाँ बराबरको आयव्यय विवरण प्रस्तुत गरेको छ । नगर प्रमुख हंसराज भट्टको अध्यक्षतामा आज बसेको नगरसभामा उपप्रमुख सुना बोहराले विभिन्न ५२ वटा शीर्षकका लागि ४३ करोड ७१ लाख १९ हजार ९ सय...
काठमाण्डु, ३० भदौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाण्डुकोे भौतिक पूर्वाधार विकासमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापानले सघाउने भएको छ । नयाँ कार्यसमिति बनेसँगैं बसेको सङ्घको पहिलो बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधारको विकास अन्तर्गत तत्कालका लागि सार्वजनिक शौचालय निर्माणमा सघाउने भएको हो । सन्...
काठमाण्डु, ३० भदौ – शुक्रबार सुनचाँदीको भाउ बढेको छ । सुन शुक्रबार तोलाको ५७ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार तोलाको ५६ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार तोलामा ३ सय रुपैयाँ बढेको छ...
कञ्चनपुर, २९ भदौ – राँगा पालेर खेत जोत्ने हो, धेरै भए गाडा तान्ने हो । कमाइ भनेको खेतमा फलाएको अन्नबाली र गाडामा ढुवानी गरेर आउने आम्दानी होला भनेर अनुमान गर्दै हुनुहुन्छ भने तपाई गलत अनुमान गरिरहनुभएको छ । शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका नारायण रानाले पालेको...
काठमाण्डु, २९ भदौ – सुनको भाउ आज तोलामा ४ सय रुपैयाँ घटेको छ । सुन आज तोलाको ५६ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन तोलामा २ सय रुपैयाँ घटेर तोलाको ५७ हजार १ सय रुपैयाँमा करोबार...
काठमाण्डु, २९ भदौ – अमेरिकाले नेपाललाई सहयोग स्वरुप प्रदान गर्ने ५० करोड डलरअर्थात् करिब रु ५० अर्ब बराबरको रकमसम्बन्धी सम्झौतामा आज वासिङ्गटन डिसीमा हस्ताक्षर हुँदैछ । नेपाल सरकारका तर्फबाट अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र अमेरिकी सरकारका तर्फबाट उपविदेशमन्त्री जोन जे सुलीभानले हस्ताक्षर गर्दैछन् । यो...
स्याङ्जा, २८ भदौ – आर्थिक वर्ष २०७३/७४ मा जिल्लामा २७ मेट्रिक टन मह उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी तिलक डिसीकाअनुसार हरेक वर्ष मौरीका घार (गोलासहित) वितरण र मौरीपालन सम्बन्धी तालिम दिएका कारण कृषक मौरीपालनतर्फ आकर्षित भएका हुन् । कार्यालयले...
काठमाण्डु, २७ भदौ – सरकारले चालू आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ताको रकम ७५३ वटै स्थानीय तहबाट वितरण गर्ने भएको छ । यसअघि जिल्ला विकास समितिमार्फत स्थानीय तहमा जाने भएता पनि यस आवबाट सिधै स्थानीय तहमा सुरक्षा भत्ता पठाइने केन्द्रीय पञ्जीकरण विभागका महानिर्देशक अनिलकुमार ठाकुरले...
ललितपुर, २७ भदौ – अरुलाई नियमन गर्ने निकाय आफैंँले नियमको पालना नगरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणको ६० दिनभित्र महसुल तिर्नुपर्ने नियम भए पनि विभिन्न सरकारी निकायले लाखौँं रुपैयाँ महसुल तिर्न बाँकी राख्दै आएका छन् । गएको आवको असारसम्ममा ललितपुरका सबै सरकारी कार्यालयको...
म्याग्दी, २६ भदौ – अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङको धरापमा रहेको तातोपानी साना जलविद्युत् आयोजना बेवास्ता र लापर्बाहीको शिकार बनेको छ । नेपाल विद्युत् प्राधिकरण तथा जिल्लाका सरोकारवालाको बेवास्ता र कर्मचारीको लापर्बाहीका कारण जिल्लाकै एक मात्र आयोजना लथालिङ्ग बनेको हो । मर्मत अभावमा वर्षौंदेखि पूर्ण...