इलाम, २३ असोज – इलामका सात वटा स्थानीय तहमा बैंक तथा वित्तीय संस्था नहुँदा गाउँपालिका तथा नगरपालिकालाई आर्थिक कारोबार गर्न कठिनाइ भएको छ । जिल्लाका १० वटा स्थानीय तहमध्ये फाकफोकथुम, रोङ, माङ्सेबुङ, माईजोगमाई, सन्दकपुर, चुलाचुली गाउँपालिका र माई नगरपालिकामा अझै पनि बैंक स्थापना भएका...
काठमाण्डु, २३ असोज – नेपाल स्टक एक्सचेन्जको महाप्रबन्धकमा चन्द्रसिंह साउद नियुक्त भएका छन् । साउदको कार्यकाल चार वर्षको लागि हुनेछ । सोमवार विहान बसेको मन्त्रिपरिषदको बैठकले साउदलाई नेप्सेको महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो । अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन विभागका अधिकारी सम्मिलित समितिले...
कञ्चनपुर, २२ असोज – कञ्चनपुर शुक्लाफाँटा नगरपालिका– १० का अर्जुन खत्रीले कुखुरा फार्मबाट मासिक रु एक लाख ५० हजार आम्दानी गर्दै आएका छन् । वैदेशिक रोजगारीबाट फर्केर उनले रु ३५ लाखको लगानीमा कुखुरा फार्म सञ्चालन गरेका छन् । स्थानीय बासिन्दाको दुई बिगाहा १० कठ्ठा...
काठमाण्डु, २१ असोज – पर्वतीय पर्यटनको छाता संगठन नेपाल पर्वतारोहण संघ (एनएमए) ले १५ वर्षदेखि उठाउँदै आएको पिकको राजश्व अबदेखि सरकारले नै उठाउने भएको छ । सन् २००२ देखि एनएमएले १५ वटा पिकको पर्मिट (आरोहण अनुमतिपत्र) दिँदै आएको थियो । पछि १२ वटामा सीमित...
काठमाण्डु, ११ असोज– राष्ट्र बैंकले दसैँको बिदाका दिनमा पनि बैंक तथा वित्तीय संस्था खुला गर्न निर्देशन दिएपछि दसैँको बिदामा पनि बैंक तथा वित्तीय संस्था खुल्ने भएका छन् । बैंकहरु ११, १२, १५ र १६ गते खुल्नेछन् । विजया दशमीको दिनमात्र बैंक बन्द हुनेछन् ।...
कपिलवस्तु, ९ असोज – चाडपर्व भित्रिएसँगै कपिलवस्तुबाट दैनिक दुई करोड रुपैयाँभन्दा बढी मूल्यका खसीबोका बिक्री भइरहेको छ । यहाँबाट बिक्रीका लागि खसीबोका काठमाण्डु पठाउने गरिएको छ । घटस्थापनादेखि खसीबोकाको मागमा अत्यधिक वृद्धि भएको छ । व्यापारीले दैनिक १० देखि १५ ट्रक खसीबोका काठमाण्डु पठाउने...
विराटनगर, ९ असोज – मुलुकको सबैभन्दा पुरानो र राजनीतिक इतिहास बोकेको विराटनगर जुटमिल सञ्चालन गर्न आर्थिक समस्या भएको छ । मिल सञ्चालन गर्न १० करोड रुपैयाँ बजेट आवश्यक पर्ने भएपनि अहिलेसम्म सरकारले बजेट पठाएको छैन । मिल सञ्चालनका लागि कच्चा पदार्थ खरीद गर्नुपर्ने भएकाले...
काठमाण्डु, ८ असोज– पिपुल्स इनर्जी लिमिटेडले निर्माण गर्न लागेको ४८. ८० मेगावाटको खिम्ती–२ आयोजना निर्माणका लागि लगानी जुटेको छ । राजधानीको होटल हिमालयमा आइतबार आयोजित कार्यक्रममा वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएपछि आयोजना निर्माणका लागि लगानी जुटेको हो । नदीको बहाव (रन अफ रिभर) मा...
बागलुङ, ८ असोज – पछिल्लो एघार वर्षको अवधिमा धवलागिरि अञ्चलका ५२ वटा सहकारी संस्था खारेजीमा परेका छन् । खारेज हुने सहकारीमा २४ वटा बागलुङका छन् । कारोबार नगरी निष्क्रिय रहेका सहकारी खारेज गरिएको डिभिजन सहकारी कार्यालयले जनाएको छ । सहकारी ऐन २०४८ मा कारोबार...
इलाम, ७ असोज – इलाम र पाँचथरको सिमानामा पर्ने राँके बजारबाट मासिक ६० क्विन्टल छुर्पी अमेरिकातर्फ निकासी हुने गरेको छ । स्थानीय व्यापारी वाङ्देल तामाङले विभिन्न स्थानमा रहेका डेरी उद्योगबाट उत्पादित छुर्पी राँके बजारमा संकलन गरेर अमेरिकातर्फ निकासी गर्दै आएएका छन् । छुर्पी संकलन...
काठमाण्डु, ५ असोज – नेपाल खाद्य संस्थानले दशैँका लागि खसी, बोका तथा च्याङ्ग्राको मूल्य निर्धारण गरेको छ । संस्थानले प्रतिकिलो बोका ४५०, खसी ४५५ र च्याङ्ग्रा ६७५ मूल्य निर्धारण गरी आजदेखि बिक्री वितरण गर्दैछ । दशैँका बेलामा मासुको मूल्यलाई नियन्त्रण गर्न संस्थानले काठमाण्डु उपत्यकाका...
काठमाण्डु, ४ असोज – नेपाल टेलिकमले विजया दशमीको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि छुट योजना ल्याएको छ। रिचार्ज बोनसदेखि डाटाहरुमा उसले छुटको घोषणा गरेको छ । कम्पनीका सेवाहरुमा निम्नानुसार छुट उपलब्ध गराएको छ : १ रिचार्जमा बोनस – जिएसएम तथा सिडिएमए प्रिपेड...