अर्थ

सुनको भाउ घट्यो

२०७४ कार्तिक ५ गते ११:३२

काठमाण्डु, ५ कात्तिक – तिहारपछि बजार खुलेको पहिलो दिन आइतबार सुनचाँदीको भाउ घटेको छ । आइतबार सुन तोलामा ३ सय तथा चाँदी ५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सुन आइतबार तोलाको ५६ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।...

झापामा फूलको अभाव, एक करोडको फूल आयात गरियो

२०७४ कार्तिक २ गते १२:२६

झापा, २ कात्तिक – पूर्वी नाका काँकडभिट्टा हुँदै झापामा यस वर्ष तिहारका लागि एक करोडको फूल आयात हुने भएको छ । तिहारका लागि अत्यावश्यक सयपत्री र मखमली फूलको जिल्लामा व्यावसायिक खेती नहुँदा भारतबाट वर्षेनी फूलको आयात बढ्दै गएको छ । उद्योग वाणिज्य संघका केन्द्रीय...

कामना सेवा विकास बैंकले ल्यायो १५ प्रतिशत हकप्रद शेयर

२०७४ कार्तिक १ गते १७:३०

पोखरा, १ कात्तिक – कामना सेवा विकास बैंकले चुक्तापूंजीको १५ प्रतिशतका दरले हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ । बुधबार सम्पन्न विशेष साधारणसभाले बैंकका गतिविधीको बारेमा प्रकाश पार्दै बैंकका संचालक समिति अध्यक्ष सुदिप आचार्यले बैंक प्रगति उन्मुख रहेकोले ढुक्क भई लगानी गर्न शेयरधनीहरुलाई...

नेपाल टेलिकम र एनसेलले बुझाए ७ अर्ब ७६ करोड राजस्व

२०७४ कार्तिक १ गते १६:३९

काठमाण्डु, १ कात्तिक – नेपाल टेलिकम र एनसेलले सरकारलाई रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोष र अग्रिम फ्रिक्वेन्सी लगायतका शीर्षकमा ७ अर्ब ७६ करोड १ लाख रुपैयाँ राजस्व बुझाएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको कानुनी प्रावधान अनुसार सेवा प्रदायकहरूले आफ्नो वार्षिक आम्दानीको ४ प्रतिशत रोयल्टी...

तिहारका लागि एउटै गाउँबाट ३ करोडको फूल विक्री

२०७४ असोज ३१ गते १४:३६

भक्तपुर, ३१ असोज – तिहार नजिकिएसँगै भक्तपुरका ताथलीको वनमाला समुदायलाई मखमली फूलको माला उन्न भ्याइनभ्याई भएको छ । तिहारको भाइटीकाका लागि मखमलीको माला उन्न र बजार लान केटाकेटी, महिला र पुरुषलार्इ भ्याइनभ्याई भएको हो । आयआर्जनको प्रमुख स्रोत फूलखेती बनाउँदै आएको ताथलीको वनमाला समुदायको...

सेयर बजार झण्डै ४७ अंकले बढ्यो

२०७४ असोज ३० गते १७:२१

काठमाण्डु, ३० असोज – धितोपत्र बजार सोमबार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सेयर बजार परिसूचक (नेप्से) बजार ४६.६२ अंकले बढेको छ । दसैंपछि उच्च बिन्दुले बजार बढेको सोमबार पहिलो पटक हो । दोहोरो अंकले बजार बढ्दा नेप्से परिसूचक एक हजार...

पाल्पाबाट २ करोड रुपैयाँको तरकारी निर्यात

२०७४ असोज ३० गते १०:५७

पाल्पा, ३० असोज – परम्परागत अन्नबाली उत्पादन गर्न छोडेर व्यावसायिक तरकारीखेती गर्न थालेपछि पाल्पाका किसानको आम्दानी बढेको छ । मकै, धान जस्ता खेती छोडेर व्यावसायिक रुपमा तरकारीखेती गर्न थालेपछि यहाँका किसानको आर्थिक अबस्था सुध्रिएको छ । पाल्पामा उत्पादित तरकारीको बाहिरी जिल्लामा निर्यात पनि बढेको...

सुनको भाउ बढ्यो

२०७४ असोज २९ गते ११:३२

काठमाण्डु, २९ असोज – हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ । सुन आज तोलाको ५६ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार तोलाको ५६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको...

यसै साता एक अर्ब बढीको कारोबार

२०७४ असोज २८ गते १६:१४

काठमाण्डु, २८ असोज – धितोपत्र बजारमा यस साता एक अर्ब ७६ करोड ५९ लाख ८५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ हजार ८१० कित्ता शेयर कारोबार भएर नेप्से परिसूचक पहिलो दिनको तुलनामा ०.०१ अंकले बढेर...

मठ मन्दिर पुनर्निर्माण गर्न १४ अर्ब खर्च लाग्ने

२०७४ असोज २८ गते १२:०७

काठमाण्डु, २८ असोज – विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक धरोहरका रुपमा रहेका राजधानीका मन्दिर, पाटीपौवा तथा चैत्यको पुनःनिर्माण तथा मर्मत सम्भारको कार्य अझै सन्तोषजनकरुपमा अघि बढेको छैन । राजधानीको मुटुमा रहेको काष्ठमण्डप, हनुमानढोका क्षेत्र तथा धरहराजस्ता महत्वपूर्ण सम्पदा अझै लथालिङ्ग अवस्थामा रहेका छन्...

तिहारका लागि भारतबाट मोरङका व्यवसायीले ल्याए पाँच करोडको स्याउ

२०७४ असोज २६ गते १५:०७

मोरङ, २६ असोज – तिहार र छठ पर्वलाई लक्षित गरेर मोरङका व्यापारीले भारतबाट पाँच करोड रुपैयाँको स्याउ आयात गरेका छन् । फलफूल व्यवसायी सङ्घका केन्द्रीय सदस्य नागेन्द्र दासका अनुसार ७५ ट्रक अर्थात् एक करोड ५० लाख कार्टुन स्याउ आयात गरिएको छ । पूर्वाञ्चलमा ५०...

शेयर बजार उकालो लाग्यो

२०७४ असोज २४ गते १६:५०

काठमाण्डु, २४ असोज – लगातार ओरालो लागेको धितोपत्र बजार मंगलबार भने झिनो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बजार आज ०.७४ बिन्दुले उकालो लागेको हो । झिनो अंकले सुधार भएर बजार बढ्दा नेप्से परिसूचक एक हजार ५०२ बिन्दुमा पुगेको छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us